काठमाडौंको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी बागमतीमा मिसाउने लक्ष्यसहित दैनिक डेढ करोड लिटर क्षमता भएको ढल प्रशोधन केन्द्र निर्माण भइरहेको छ।
त्रिपुरेश्वर–कुपण्डोल क्षेत्रको २.५३ हेक्टर जग्गामा फैलिएको यस केन्द्रबाट ८०० किलोवाट विद्युतसमेत उत्पादन हुनेछ।
हाल त्रिपुरेश्वरतर्फ संरचना निर्माण अघि बढेको छ भने ललितपुरतर्फ स्थानीय अवरोधका कारण काम सुरु हुन सकेको छैन। आयोजनाको समग्र भौतिक प्रगति २० प्रतिशत पुगेको छ।
ऊर्जा, जलस्रोत तथा शहरी विकास मन्त्री कुलमान घिसिङले स्थलगत निरीक्षण गर्दै ढिलाइ नगरी निर्माणलाई तीव्रताका साथ अघि बढाउन निर्देशन दिनुभएको छ। एशियाली विकास बैंकको सहयोगमा ३ अर्ब १८ करोड लागतमा निर्माण भइरहेको यो आयोजना २०८३ मंसिरभित्र सम्पन्न हुने लक्ष्य राखिएको छ








