राहदानीसम्बन्धी कसुर तथा शरणार्थीलाई गैरकानुनी रूपमा तेस्रो मुलुक जान सहजीकरण गरेको आरोपमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।
उनीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोमबार काठमाडौंको कागेश्वरी मनहराबाट पक्राउ गरेको हो।
सीआईबीका प्रवक्ता एसएसपी अनुपमसमशेर जबरा का अनुसार नेपालबाट शरणार्थीलाई तेस्रो मुलुक जान अनुमति दिलाउने कार्यमा भट्टराईको प्रत्यक्ष संलग्नता देखिएपछि उनलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको हो।
प्रहरीले राहदानीसम्बन्धी कसुर, कागजातको दुरुपयोग तथा शरणार्थीलाई गैरकानुनी रूपमा विदेश पठाउने सञ्जालसँग जोडिएको आशंकामा थप अनुसन्धान गरिरहेको जनाएको छ। पक्राउसँगै यस प्रकरणमा अन्य व्यक्ति र सम्भावित संलग्नतामाथि पनि अनुसन्धानको दायरा विस्तार गरिएको सीआईबीले जनाएको छ।








