१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

नेपाली महिला फुटबल टिम फाइनलमा म्यानमारसंग स्तब्ध, उपाधिको सपना अधुरै


१४ फाल्गुन २०८१, बुधबार  


नेपाली महिला फुटबल टिमको उपाधि हासिल गर्ने सपना फेरि पनि अधुरै भएको छ। खेलिरहेको नेपाली महिला फुटबल यसपटक पनि अभागी पराजित भएको छ ।

राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेलमा नेपालले म्यानमारसँग पराजित भएपछि सपना अधुरै भएको हाे नेपालले म्यानमारसंग २–० गोलको हार बेहोरेकाे
हाे।
खेलमा प्रभावशाली प्रदर्शन गरिरहेको नेपाल ६२ औँ मिनेटमा गोल खाँदै पछि परेको थियो । दोस्रो मिनेटमै अर्को गोल बेहोरेपछि नेपाल उपाधिको खडेरी तोडेर उपाधिको इतिहास रच्ने मौका गुमाउन बाध्य भयो ।

नेपालको यो १३औं फाइनल खेल थियो । नेपाली महिला टिमको नेतृत्व गरेका कोच राजेन्द्र तामाङले पनि लगातार तेस्रो फाइनलमा हारको सामना गरे । उनको नेतृत्वमा नेपाली राष्ट्रिय महिला टिमले आज तेस्रो फाइनल खेलेको थियो ।

म्यानमारले अग्रता लिनुपूर्व नेपालले उसको गोलपोष्टमा करिब दर्जनपटक आक्रमण गरेको थियो । गोलका केही निश्चित अवसरमा ट्राइकरहरू चुक्दा नेपाल निराश बन्न पुग्यो ।

अन्तर्राष्ट्रिय महिला फुटबल खेल्न थालेमो ३९ वर्ष करिब ४ दशकमा नेपालले अहिलेसा्म जित्न सकेको छैन। नेपाल १३ पटक फाइनल पुगेको भने पछिल्लो डेढ दशकमा हो ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ८ : ५७ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित