२९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026

स्वर्णिमसंग बेखुश बालेन ! किन चिढिए प्रधानमन्त्री ?


८ श्रावण २०८३, शुक्रबार  




गएको जेठ १५ गतेको मिति हुन्छ। सरकारले संसदमा बजेट पेश गर्दछ । बजेट आउनु अगावैको समय हुन्छ । कोरला नाकाबाट बीवाइडीका गाडी ह्वारहर्ती भित्रिन्छन् । अर्थमन्त्रीमाथि प्रश्न उठ्छ । संसदमा विपक्षीले छानविन गर्न माग गर्दछन् । माग जायज पनि हुन्छ । तर,विपक्षी दलको कच्चा खेल हुन्छ । उल्टै अर्थमन्त्री स्वर्णिमले विगतको फाइलको हतियार सोझ्याउँछन् । विपक्षी थुरथुर हुन्छन् । दुबै सदनबाट बजेट पारित हुन्छ । बजेटसंगै प्रधानमन्त्री र अर्थमन्त्रीबीच शित युद्ध चल्छ ।

प्रधानमन्त्री पारदर्शीता र परिणाम खोज्छन् । अर्थमन्त्री स्मार्टनेसको परफरमेन्स गर्छन् । बजेटप्रति प्रधानमन्त्री पनि बेखुश हुन्छन् । बजेट विगतै झै देखिन्छ । बजेट परिणाममुखी भन्दा प्रचारमुखी बन्छ । बीवाइडीले प्रधानमन्त्री अर्थमन्त्रीसंग चिढिएाका हुन्छन् बजेटले थप उनी असन्तुष्ट हुन्छन् । प्रधानमन्त्रीको राडारमा अर्थमन्त्री स्वर्णिम हुन्छन् । प्रधानमन्त्री बालेन आफ्नै अडानमा अडिग हुन्छन् । तीन वर्ष मेयरको अनुभव प्रधानमन्त्रीसंग हुन्छ । स्वर्णिमसंग हावर्डको सर्टिफिकेट हुन्छ । देश दुनियाँको अर्थतन्त्र बुझेको स्कृप्ट हुन्छ । प्रधानमन्त्री र मन्त्रीबीच दरार झन फराकिलो हुन्छ । प्रधानमन्त्री अर्थतन्त्रका सरोकारवालासंग संवादमा जुट्छन् । निजी क्षेत्रसंग संवाद प्रधानमन्त्री एक्लै गर्छन् । स्वर्णिम संवादमा गयल हुन्छन् ।

सरकार सय दिनको हुँदै जान्छ ।बालेन स्वर्णिमबीच विवाद पनि उत्तिकै तन्किन्छ । प्रधानमन्त्री अर्थमन्त्रीको विवादकै बीचमा रवि र स्वर्णिमबीच रिसोर्टमा पुग्छन् । दुई नेता आवाससहित घण्टौ सम्वाद हुन्छन् । सन्जाल र सडकमा हल्ला चल्छ। रवि र बालेनबीच वारपारको कथाको हुरी चल्छ । अर्थमन्त्रीलाई नै नराखी प्रधानमन्त्री बालेन शाह सिंहदरबारमा आर्थिक बहस चलाउँछन् । उद्योगी व्यापारीसँग धामधम छलफल हुन्छ । अर्थतन्त्र सुधारका लागि सुझाव र योजना माग्छन् । चरण–चरणमा भइरहेका कुनै पनि छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्ले अनुपस्थित हुन्छन् ।

प्रधानमन्त्रीले राष्ट्र बैंकका गभर्नर बोलाउँछन् उनीसंसँग पनि छलफल चलाउँछन् । तर, यहाँ पनि अर्थमन्त्री वाग्ले अनुपस्थित हुन्छन् । जब मन्त्रिपरिषद बैठक हुन्छ । तब मात्रै प्रधानमन्त्री र अर्थमन्त्रीबीच भेटिन्छन् । दूरी बढ्छ । सम्बन्ध नदीको दुई किनारा झै हुन्छ । काभ्रेको दुसित थानी रिसोर्टमा रवि र स्वर्णिम पुग्छन्। रबि लामिछानेले मध्यस्थताको बैठक राख्छन्। तर प्रधानमन्त्री अनुपस्थित हुन्छन् । यी घटना क्रमहरुले पुष्टि गर्छन् । यहाँ बालेन अर्थमन्त्रीसँग बेखुश छन् ।

बौद्धिक जगतमा रास्वपालाई विश्वसनीय बनाउने मूल पात्र हुन्, स्वर्णिम वाग्ले । अमेरिकाबाट विद्यावारिधि गरेका हुन्छन् । विश्व बैंकमा अर्थशास्त्रीका रुपमा जागिर खाएका हुन्छन् । स्वरर्णीमले राष्ट्रिय योजना आयोग हाकिँसकेका अनुभव बटुलेका हुन्छन् । स्वर्णिमले नै रास्वपाको चुनावी घोषणापत्र लेख्छन् । चुनावी अभियानकै क्रममा रास्वपा सभापति रवि लामिछानेले उपसभापति स्वर्णिम वाग्लेलाई अर्थमन्त्रीका रुपमा प्रस्तुत गरिसकेका हुन्छन् । रविले बजेट लख्न थालिहाल्नुस डाक्टर साब भनिसकेका हुन्छन् । चुनावमा रास्वपाको झण्डै दुई तिहाइको जनमतको पार्टी बन्छ ।
गएको चैत १३ गतेको समय हुन्छ । रास्वपा बरिष्ठ नेता बालेन प्रधानमन्त्री बन्छन् । बालेनले पनि स्वर्णिमलाई सहजै अर्थमन्त्रीका रुपमा स्वीकारेका हुन्छन् । स्वर्णिम अर्थतन्त्रको ज्ञाताको रुपमा रास्वपाभित्र निर्विकल्प हुन्छन् । अर्थमन्त्रीका रुपमा स्वर्णिमले गएको जेठ १५ मा बजेट ल्याउँछन् । त्यहीँबाट प्रधानमन्त्री अर्थमन्त्रीसंग असन्तुष्ट हुन्छन् ।

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  २ : ५८ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित