२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

महावृष्टिले देश जलमग्न ,प्राकृतिक प्रलयकाे संकेत,९० स्थानमा भीषण वर्षा


१२ आश्विन २०८१, शनिबार  


गएको २४ घण्टादेखि देशका अधिकांश स्थानमा अविरल वर्षा भइरहेको छ। बिहीबारदेखि जारी अविरल महावृष्टिले देेश जलाम्य भएको छ।

जल तथा माैसम विज्ञान विभागका अनुसार देशका ९० भन्दा बढी स्थानहरूमा पछिल्लो चौबिस घन्टामा भारीदेखि अति धेरै भारी वर्षा भएको छ।

मौसमको शब्दावलीमा भारी वर्षा ५० मिलिमिटरभन्दा माथि र धेरै भारी वर्षा १०० मिलिमिटरमाथिको वर्षालाई भनिन्छ। २०० मिलिमिटरमाथिको वर्षालाई अति धेरै भारी भनिन्छ।

विभागका अनुसार पछिल्लो चौबीस घन्टामा ललितपुरमा ३४० मिलिमिटर वर्षा भएको छ, यस्तै पाल्पाको कुमालगाउँमा अति धेरै भारी वर्षा भएको छ।

त्यहाँ चौबीस घन्टामा २२० मिलिमिटर वर्षा मापन भएको छ। तनहुँको बिमलनगरमा २३९ मिलिमलिटर, चितवनमा देवघाटमा २२४.६ मिलिमिटर, मकवानपुरको रजैयामा १९६.८ मिलिमिटर, काभ्रेपलान्चोकको रोशीमा २३०.२ मिलिमिटर, दम्कौलीमा २८२.४ मिलमिटर, रूपन्देहीको तिलोत्तमामा ३२३ मिलिमिटर वर्षा मापन भएको छ।

त्यस्तै अर्घाखाँची खाँचीकोटमा २३४.८, पाल्पाको अर्चलेमा ३६५ मिलिमिटर, ललितपुरको लेलमा ३०० मिलिमिटर, टिकाथलीमा २०१ मिलमिटर, झापाको चन्द्रगढिमा ३२५ मिलिमिटर वर्षा पछिल्लो चौबीस घन्टामा मापन भएको छ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ६ : ५८ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित