१ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026

त्रिभुवन विश्वविद्यालयमा ८ संकायका डीन नियुक्त !


३० मंसिर २०८१, आइतबार  


त्रिभुवन विश्वविद्यालयले विभिन्न ८ संकायका डीन नियुक्त गरेको छ ।शनिबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकले ८ वटा संकायका डीन र ३ वटा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक नियुक्त गरेको हो।

त्रिवि प्रवक्ता एमन सिंह बोहराका अनुसार मानविकी तथा सामाजिकशास्त्र संकायको डीनमा प्राडा द्विविनन्द ढकाल नियुक्त भएका छन। त्यस्तै इन्स्टिट्युट अफ मेडिसिनको डीनमा प्राडा मोहनराज शर्मा, त्यस्तै कृषि र पशुविज्ञान अध्ययन संस्थानको डीनमा डाक्टर किशोरचन्द्र दाहाल, शिक्षाशास्त्र संकायको डीनमा प्राडा बेदराज आचार्य, वन विज्ञान अध्ययन संस्थानको डीनमा डाक्टर ठाकुर सिलवाल, व्यवस्थापन संकायको डीनमा प्राडा महानन्द चालिसे, इन्जिनियरिङ अध्ययन संस्थानको डीनमा सुशिल बहादुर ब्रर्जाचार्य, विज्ञान तथा प्रविधि अध्ययन संस्थानको डीनमा प्राडा शंकर खनाल नियुक्त भएका हुन् ।

त्यस्तै योजना निर्देशनालयका निर्देशकमा डाक्टर लंक्ष्मीकान्त शर्मा, शिक्षा विकास तथा अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा डाक्टर राजेन्द्र कुँवर र व्यवहारिक विद्दान तथा प्रविधि अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा प्राडा मिनाराज भण्डारी नियुक्त भएको प्रवक्ता बोहराले बताए ।

त्रिविले मेरिटोक्रेसीका आधारमा छनोट समितिले गरेको सिफारिसका आधारमा नियुक्त गरिएको प्रवक्ता बोहराले बताए ।

त्रिविका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ७ गतेभित्र डीन नियुक्त गर्न निर्देशन दिएका थिए । भागबण्डा नमिलेपछि त्रिविले डीन नियुक्त गर्न सकेको थिएन।  चौतर्फी विरोध सुरु भएपछि त्रिवि कार्यकारी परिषद्ले सिफारिमा परेका तीन जनामध्ये १÷१ जनालाई नियुक्त गरिएको प्रवक्ता बोहराले बताए ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ७ : ५८ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित