अब वैदेशिक रोजगारीमा गएकालाई पनि मतदानको अधिकार दिइने भएको छ। सरकारले जेनजी समूह र वैदेशिक रोजगारीमा गएकाहरुलाई पनि मतदानको अधिकार सुनिश्चत गर्ने गरी नयाँ व्यवस्था गर्न लागेको हो ।
सर्वाेच्च अदालतले पनि विदेशमा रहेका नेपालीलाई समानुपातिक तर्फ मतदान गर्न पाउनुपर्ने पक्षमा फैसला एक वर्ष अघि गरको थियो । निर्वाचनसम्पबन्धिक केही कानुनहरु अध्यादेशमार्फत संशोधन गरेर भएपनि वैदेशिक रोजगारीमा गएका नेपालीलाई मतदानको अधिकार दिने गृहमन्त्री ओमप्रकाश अर्याल बताउँछन् ।
वैदेशिक रोजगारीमा गएकाहरुको संख्या करिब ४० लाख हुन सक्ने आँकलन गरिएको छ। यद्यपि राष्ट्रिय जनगणना २०७८ अनुसार २२ लाख मतदाता विदेशमा रहेको तथ्याँक छ । चार वर्ष अघिको यो तथ्यांक हो । त्यसयता विदेश जानेहरुको संख्या २५ प्रतिशतका दरले बढेको अुनमान छ। अहिलेसम्म उनीहरुलाई मतदानबाट बन्चित गरिएपनि आउँदो फागुन २१ मा हुने प्रतिनिधि सभको निर्वाचनमा उनीहरुले मतदान गर्न पाउने भएका छन् । बिहीबार गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगसंगको छलफलमा वैदेशिक रोजगारीमा गएकाहरुलाई पनि मतदानको अधिकार दिने व्यवस्था गर्ने गरी सरकार अघि बढेको बताएका छन् । वैदेशिक रोजगारीमा गएका युवाहरुले पनि मतदान गर्न पाएमा आउँदो फागुन २१ को निर्वाचनको नतिजामा पनि ठूलो फेरबदल आउने छ । एकातिर नयाँ पुस्ता परम्परवादी दलप्रति चरम असन्तुष्ट छन् भने अर्काेतिर विदेशमा भएका युवाहरु पनि जेनजी पुस्ताप्रति रुझान छ । निर्वाचन आयोगका अनुसार करिब दुई करोड मतदाता रहेका छन् । सरकारले आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा गरेपछि आयोग निर्वाचन सम्पन्न गर्न तयार भएको निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी बताउँछन् ।
बिहीबार गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगसंगको छलफलमा जेनजी समूहदेखि विदेशमा कामको शिलशिलामा गएका सबै मतदातालाई मतदान गर्ने गरी अध्यादेश ल्याउने सरकारी तयारी छ । जेनजीको माग अनुसार निर्वाचन सम्बन्धि कानुनहरु अध्यादेश मार्फत संशोधन गरेर भएपनि मतदानको अधिकार दिन सरकार लागेको हो । विदेशमा रहेका नेपालीहरुलाई पनि मतदानको अधिकार हुनुपर्ने भन्दै धेरै वर्ष अघिदेखि चर्चा हुँदै आएको थियो । २०७९ माघमा जापानको भ्रमणमा पुगेका माओवादी अध्यक्ष प्रचण्डले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकारको सुनिश्चितता गरिने यस्तो उधारा आश्वासन दिएका थिए ।
जहाँ पुग्यो, त्यही बोलिदिने प्रचण्ड जापानबाट फर्किएपछि यस विषयमा कही कतै कुनै पहल गरेनन् । बरु, त्यस यता यो देशको १८ महिना प्रधानमन्त्री भए । तर,उनले जापानमा दिएको उधारो आश्वासन पूरा गरेनन् नगरको मात्रै होइन। उनी जुन ठाउँमा जे बोलेका थिए, त्यही ठाँउमै थन्काएर नेपाल फर्किएका थिए । प्रवासी नेपालीहरूले विदेशमा हाँसिल गरेका ज्ञान, सीप र पुँजी नेपालको विकासका लागि प्रयोग हुँदै आएको भन्दै खुबै तारिफ पनि गर्न भ्याएका थिए । उधारो आश्वासन र तारिफ गरेर कहिल्यै नथाक्ने प्रचण्डले आउँदो फागुन २१ मा हुने प्रतिनिधि सभाको तयारीमा उत्रने आफ्ना वफादार कार्यकर्तालाई आदेश पनि दिइसकेका छन् । प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्दै आएका उनी र उनको पार्टी पनि अब चुनावमै भिड्ने भएको छ । तीन वर्ष उनले बोलेको कुरा सुशीला नेतृत्वको सरकारले पूरा गर्दैछ । विदेशमा बस्ने नेपालीको करिब ४० लाख भोटले ठूलो उथलपुथल ल्याउनेछ । अहिलको निर्वाचन प्रणाली अनुसार प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिको व्यवस्था छ । २७५ सीटको प्रतिनिधि सभाको समानुपातिक कोटा नेताले आफ्नो श्रीमतीदेखि आफन्तलाई बाँड्दै आएका थिए । स्वदेश तथा विदेशमा रहेको नयाँ पुस्ता निर्णायक छ । यही फागुन २१ मा ३५ वर्षदेखि लुटदै आएका दल पाँच वर्षका लागि किनाराकृत हुने पक्का छ। ०००








