२९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026

रविको भारतमा भव्य सम्मान ! सकारात्मकसंगै शंका पनि उत्तिकै !


१९ जेष्ठ २०८३, मंगलबार  


रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा छन् । उनको भारतमा भव्य स्वागत गरियो । सम्भवतः नेपालको इतिहासमा भारतको सत्तारूढ दलले नेपालको सत्तारूढ दललाई यो तहको सम्मान गरेको पहिलो हुन सक्छ। यद्यपि यो राजनीतिक भ्रमण हो, राजकीय भने होइन।

आखिर जे होस्, भ्रमण र स्वागतमा भारतीय सत्तारूढ दल भाजपाले गरेको यो उचाइको स्वागत पक्कै पनि अर्थपूर्ण छ। यो सम्मानको ओज शक्तिशाली पार्टीहरूबीचको सम्बन्धको परिणाम पनि हो। सत्तारूढ भारतीय जनता पार्टीले नेपालको शक्तिशाली दल रास्वपा सभापति रवि लामिछानेलाई यो उचाइको सम्मान गरेको हो। यो उचाइको सम्मान स्वभाविक पनि हो। रास्वपा सभापति रवि लामिछाने सम्मानको हकदार पनि हुन्। भारतीय जनता पार्टीबाट उचाइको कद अनुसारको रास्वपा सभापतिले दिल्लीमा सम्मान पाउनु स्वभाविक हो, यो कदापि अनौठो र आश्चार्यको विषय भने होइन।

तर,जसबाट धेरै उत्तेजित र हौसिन जरुरी पनि छैन। किनकि विश्वको सबैभन्दा ठूलो लोकतन्त्र भएको देश भारतले लोकतान्त्रिक नेपालको करिब दुई तिहाइ बहुमत प्राप्त शक्तिशाली पार्टीका सभापति रवि लामिछानेलाई यो कदको सम्मान हुनुपर्द्थ्यो र भयो पनि। जुन स्वभाविक हो।

रास्वपा नेपालको करिब दुई तिहाइ बहुमत प्राप्त शक्तिशाली पार्टी हो,भने भाजपा भारतको प्रमुख सत्तारूढ दल हो। यो राजकीय सम्बन्ध त होइन । तर, दुई देशका शक्तिशाली राजनीतिक दलहरूबीचको सुमधुर सम्बन्धको नयाँ उचाइ र आयाम अवश्य हो।

यति मात्रै होइन, भारत पनि अहिले नेहरूकै डक्ट्रिनको लाइनमा छैन । नेहरूको परम्परागत डक्ट्रिनबाट भारत धेरै माथि पुगिसकेको छ। बदलिँदो वैश्विक दुनियाँमा भारतले आफूलाई फरक ढंगले उभ्याइरहेको छ। तीब्र आर्थिक विकासको महादौडममा रहेको भारतका लागि नेपालको स्थायित्व पनि जरूर खाँचो छ। छिमेकीहरूसंग सम्बन्ध सुधारेर आफूलाई वैश्विक जगतमा नयाँ ढंगले उभ्याउनु पर्ने उसलाई दबाब छ।

त्यसको लागि उसले नेपालको बलियो शक्तिको साथ खोजेको देखिन्छ । बलियो जनमत प्राप्त शक्ति भनेको नै रास्वपा हो। जुन कुरा भारतीय सत्ताले बुझेको पनि छ । रास्वपा उत्तर र पश्चिम पनि नफर्कि मोदी डक्ट्रिनको युगमा छ। भारतले इण्डिया होइन,विशाल भारत भएको आफूलाई ठान्छ । यही भाजपाले रास्वपा सभापति रवि लामिछानेलाई जे ढंगले सम्मान गरेको छ, यो आफैमा सकारात्मक पनि छ। संगसंगै शंका पनि उत्तिकै छ ।

दुई शक्तिशाली दलबीचको विश्वास र शंकाबीचको यो सम्मान भने पक्कै पनि ऐतिहासिक हो। विगतमा प्रधानमन्त्रीहरूलाई गरिएको सम्मान भन्दा उच्च तहको सम्मानले फरक अर्थ अवस्य राख्छ। यसमा शंका र सन्देश दुबै छ। यसमा रास्वपा स्वयंले मूल्यांकन गरेकै होला। सम्मानको अन्तर्य स्वार्थ पनि हुन सक्छ । तर, अर्को कुरा पनि के हो भने अब भारतलाई पनि नेपाल सम्बन्ध विगार्नु छैन । किनकि महाशक्ति बन्ने होडमा रहेको उदयीमान राष्ट्र हो,भारत।

विश्व अर्थ राजनीतिको केन्द्र एशियामा सरिरहेको छ। यस्तो बेलमा भारतलाई पनि क्षेत्रीय सन्तुलन मिलाउनु पर्ने बाध्यता र दबाब छ। उसको अधिकांश छिमेकीसंग खटपट मात्रै होइन। धेरैसंग सम्बन्ध नै विग्रिएको छ। यस्तो बेलामा उसलाई नेपाल सम्बन्ध सुधार्नु पर्ने बाध्यता छ। एकातिर पश्चिमासहित चीनको प्रभुत्व विस्तार र अर्कोतिर विग्रिरहेको छिमेक सम्बन्धले भारत दबाबमा छ। यससँग ३५ वर्षको अस्थिर राजनीतिले भारत पनि स्थायित्व होस् भन्ने चाहान्छ।

भूराजनीतिकसंगै सीमा सुरक्षाका प्रश्नहरू पनि छन् ।योसंगै दुई तिहाइको जनमत प्राप्त पार्टी र उसको नेतृत्वको सरकारसंग सम्बन्ध नयाँ ढंगले सुधार गर्नुपर्ने अवस्था देखिन्छ भारत । नागरिक तहमा भारतप्रतिको बुझाइमा सुधार्नु छ,उसलाई । विश्व जगतको ध्यान जेनजी विद्रोहपछि नेपालतिर अलि ज्यादा छ। विगतमा विश्वका स्थापित मिडिया नेपाल सन्दर्भको विषयमा बेखबर हुन्थे। तर, अहिले नेपाल सन्दर्भ हेडलाइन बन्छन्। यतिधेरै प्राथमिकताको भित्री कारण पनि हन सक्लान् । सामरिक तथा रणनीतिक स्वार्थ पनि होलान्। तर, सत्य के हो भने यसले हाम्रो वैश्विक सम्बन्ध र चासो बढेको भने पक्कै हो। प्रश्नहरू पनि भारतसंग छन् ।

६ दशक बढी लामो समयदेखि बल्झिएको सीमा र अतिक्रमित भूमिको मुद्दा छ। अर्कोतिर घरेलुु समस्याहरू छन् । पछिल्लो समय डिजिटल विद्रोहदेखि अन्य समस्याहरू उसका गम्भीर चुनौति हुन्। यी तमाम दबाबमा रहेको भारतले दुई तिहाइको जनमत प्राप्त पार्टी र उसको नेतृत्वको सरकारसंग सम्बन्ध नयाँ ढंगले सुधार गर्नुपर्ने बाध्यता छ ।

नागरिक तहमा पनि भारतप्रतिको बुझाइमा सुधार्नु छ,उसलाई । विश्व जगतको ध्यान जेनजी विद्रोहपछि नेपालतिर अलि ज्यादा छ। विगतमा विश्वका स्थापित मिडिया पनि नेपाल सन्दर्भको विषयमा बेखबर हुन्थे। तर, अहिले नेपाल सन्दर्भका हेडलाइन बन्छन्। यतिधेरै प्राथमिकताको भित्री कारण पनि धेरै हुन सक्लान् । तर, नेपाल चासो हुनु हाम्रा लागि सकारात्मक पनि हो। योसंग शक्ति राष्ट्रहरूका सामरिक तथा रणनीतिक स्वार्थ पनि होलान्। तर, सत्य के हो भने यसले हाम्रो वैश्विक सम्बन्ध र चासो बढेको भने पक्कै हो।०००

प्रकाशित मिति : १९ जेष्ठ २०८३, मंगलबार  ५ : १२ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित