१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

दानवीर अभियन्ता घनश्याम भट्ट ! आपतविपतका खास सारथि !


१२ जेष्ठ २०८३, मंगलबार  


हुन त आर्थिकरुपले विपन्नहरुको उद्दार एक जना व्यक्ति वा संस्थाले गरेर मात्रै पूर्ण हुने होइन । तर, सत्य के हो भने सहयोगी दानवीरहरुको सानो –सानो सहयोगले पनि धेरैको भविष्य उज्यालो बन्न सक्छ ।

अध्याँरो र अभावले तड्पिरहेको बेलामा सानो सहयोगले उज्यालो र शितलता अवस्य दिन्छ। हो, यही उज्यालो र शिलता दिन डोटीको जोरयालमा रहेको रघुनाथ माविमा पुग्यो, खान पुगोस्, दिन पुगोस अभियान ।


गएको बैशाख २० गते आएको हावाहुरीसहितको वर्षाले विद्यालयको छात्रावास तथा पठनपाठनमा क्षति पु¥यायो । विद्यालयको आफ्नै आर्थिक श्रोत छैन । भौतिक पूर्वाधारको समस्या झेलिरहका रघुनाथ मावि जस्ता शैक्षिक संस्थाका लागि निकै चुनौति छ । प्राकृतिक विपत्तिपछि आइलागेको समस्यामा मलहम लगाउन खान पुगोस् दिन पुगोस अभियान नेपाल डोटी पुगेको थियो । अभियानले विद्यालयको शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गरेर फर्कियो ।

त्यस्तै गरी अभियानसंगै धनगढीको निसर्ग हस्पिटलले यस विद्यालयका विद्यालयलाई निशुल्क औषधि सहयोग ग¥यो । सहयोग अभियानमार्फत संकलित रकमबाट करिब एक लाख रुपैयाँ बराबरका कार्पेट, टी–फोम, शैक्षिक सामग्री तथा खेलकुद सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको अभियानका संयोजक घनश्याम भट्ट बताउँछन् ।


लामो समयदेखि सामाजिक सेवा सर्मपित यस अभियानको सहयोग पहिलो भने होइन। विगतमा दिनमा पनि अप्ठ्यारोमा परेका नागरिकहरुको उद्दार तथा सहयोग गर्दै आएको यस आगामी दिनमा पनि यस्ता सहयोगी कर्मलाई अघि बढाउने भएको छ। अभियानको सहयोगपछि रघुनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक धन बहादुर पुनले हावाहुरीका कारण छात्रावासमा क्षति पुगेपछि विद्यार्थीको बसाइ र पठनपाठन प्रभावित भएको अवस्थामा प्राप्त सहयोगले ठूलो राहत भएको अनुभव सुनाउँछन् ।

विद्यालयको तथ्यांक अनुसार यस विद्यालयमा हाल करिब २५० जना विद्यार्थी अध्ययनरत रहेका छन्। तीमध्ये अधिकांश विद्यार्थी छात्रावासमै बसेर अध्ययन गर्ने गर्दछन् । धेरै विद्यार्थीहरुको भाग्य र भविष्य बोकेको यस विद्यालयलाई समाजसेवीहरुको सहयोगले राहत मात्रै दिएको छैन । समाजमा अशक्त, अभावग्रस्त र विपन्नहरुको अभाव र पीडामा सानो सहयोगबाट मलहम लगाउन सके पनि पूण्यप्राप्त हुन्छ भन्ने सन्देश समेत दिएको छ । ०००

प्रकाशित मिति : १२ जेष्ठ २०८३, मंगलबार  ५ : ४९ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित