राष्ट्रिय स्वतन्त्र पार्टीको घोराही नगर अधिवेशनमा मुनाल घिमिरे र खुशल सुवेदीबीच प्रतिस्पर्धा हुँदैछ । दुबै प्रतिस्पर्धी एमालेमा थुप्रै अवसर लिएका अनुहारहरू हुन्।
एमाले छोडेर रास्वपा प्रवेश गरेका उनीहरूको रास्वपा निर्माणमा कुनै ठूलो योगदान नभएको पार्टी सदस्यहरू बताउँछन् । पार्टी पिच्छे अवसरका लागि मरिहत्ते गर्ने प्रवित्ति रास्वपामा पनि देखिएको ती सदस्यहरूले सरजु अनलाइनलाई बताए ।
नयाँ शक्तिको रूपमा उदाएको रास्वपालाई पनि पुराना पार्टीबाट आएकाहरूले कमजोर बनाउने खतरा देखिएको रास्वपा शुभचिन्तक बताउँछन् ।
नयाँ पार्टीले जनताको लागि नयाँ काम गर्ला भन्ने अपेक्षा थियोे ।तर,पार्टीको नगर नेतृत्वमा उनै एमाले छोडेका अवसरवादीहरू हाबी भएकोमा उनीहरू चिन्ता व्यक्त गरे।
मुनाल घिमिरे एमालेबाट गएको २०७९ को स्थानीय निर्वाचनमा घोराही उपमहानगरपालिका वडा ४को वडाध्यक्षमा निर्वाचित भएका थिए। उनलाई एमालेले पार्टी नीति विपरीत काम गरेको भन्दै कारबाही पनि गरेको थियोे ।
खुसल सुवेदी नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको लुम्बिनी प्रदेशको दुई कार्यकाल अध्यक्ष , केन्द्रीय सदस्य र पेशागत महासंघ दाङको उपाध्यक्ष भएका थिए ।विगतमा एमाले महासचिव शंकर पोखरेललाई रिझाएर अवसर लिएकाहरू अहिले नयाँ शक्ति रास्वपामा पनि पद ओगट्ने प्रतिस्पर्धामा छन् ।
रास्वपा स्थापना गर्न संघर्ष गरेका अन्य व्यक्तिहरू हुँदा हुँदै सुवेदी र मुनाल घोराही नगर सभापतिका लागि प्रतिस्पर्धा गर्न लागेका हन्। पुरानो पार्टीमन अवसर लिएर फेरि नयाँ पार्टी पनि अवसर लिने प्रवृत्तिले रास्वपा पनि कमजोर हुने विश्लेषकहरूको भनाइ छ।








