१७ असार २०८३, बुधबार | Wed Jul 1 2026

चिनियाँ राजदूत झाङ माओमिङले भने, ‘नेपाल र चीन दुवै देशको भविष्य युवाको हातमा’


१६ असार २०८३, मंगलबार  


नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले नेपाल र चीन दुवै देशको भविष्य तथा द्विपक्षीय सम्बन्धको साँचो युवाकै हातमा रहेको बताएका छन् ।

चाइना–नेपाल युथ फोरम २०२६ को भर्चुअल सत्रलाई सम्बोधन गर्दै उनले दुवै देशका युवासँग यसरी जोडिन पाउँदा आफूलाई निकै खुसी लागेको धारणा राखेका हुन् ।

नयाँ युगमा दुई देशबीच बलियो रणनीतिक साझेदारी निर्माण गर्न युवा पुस्तालाई सशक्त बनाउनु आवश्यक रहेको कुरामा जोड दिँदै राजदूत झाङले युवाहरू नै चीन–नेपाल सम्बन्धको मुख्य आधार भएको स्पष्ट पारे । राजदूत झाङले आपसी समझदारीलाई अझ बलियो र प्रगाढ बनाउन नेपाल र चीनका युवाले विभिन्न क्षेत्रमा आपसी सहकार्य गर्न सक्ने बताए ।

नवप्रवर्तन र सबल नेतृत्वको विकासका लागि राष्ट्रिय सुशासनका क्षेत्रमा एकअर्काको अनुभव र सिकाइबाट सिक्नुपर्ने उल्लेख गर्दै उनले विभिन्न क्षेत्रमा दुवै देशलाई फाइदा हुने गरी आपसी हितका सहकार्यहरूमा सक्रिय रूपमा सहभागी हुन युवाहरूलाई आग्रहसमेत गरे ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  ४ : ३६ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित