११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026

बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेर फर्किए,प्रधानमन्त्री बालेन्द्र शाह


११ भाद्र २०८३, बिहिबार  


प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।

बिहीबार बिहान ९ः३० बजे सडकमार्ग हुँदै पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित नुवाकोट प्रस्थान पुगेका प्रधानमन्त्रीले प्रभावित बस्तीहरूको भौतिक अवस्था र क्षतिको अवलोकन गरेर राजधानी फर्केका हुन् ।


गएको बुधबार रसुवाको भोटेकोशी हुँदै आएको बाढीले नदी तटीय क्षेत्रहरूमा ठूलो क्षति पुर्‍याउनासाथ सम्माननीय प्रधानमन्त्री बालेन उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन निरन्तर सक्रिय छन् । बाढीलगत्तै उच्चस्तरीय बैठकहरू आह्वान गरी मातहतका निकायहरूलाई आवश्यक निर्देशन दिएका उनले समयको सीमाबीच बिहीबार मुख्य रूपमा विदुर र त्यस आसपासका बाढी प्रभावित क्षेत्रको प्रत्यक्ष जानकारी लिएका हुन् ।


​भ्रमणका क्रममा प्रधानमन्त्री र मन्त्रीसहितको टोलीले बाढीबाट पुगेको भौतिक क्षतिको स्थलगत अनुगमन गर्नुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग विस्तृत छलफल गरेको थियो। यही क्रममा प्रधानमन्त्रीले विस्थापित परिवारका लागि तत्काल राहत उपलब्ध गराउन, अवरुद्ध सडक तथा पूर्वाधारहरू शीघ्र सञ्चालनमा ल्याउन र दीर्घकालीन पुनर्स्थापनाको कामलाई तीव्रता दिन स्थानीय प्रशासन र सम्बद्ध निकायहरूलाई निर्देशन दिएका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहिबार  ३ : २७ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित