सभ्यता पाठशाला दाङले रसुवा बाढी पीडितका लागि आ र्थिक सहयोग गरेको छ।
पाठशालाले रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीबाट पीडितहरूका लागि १ लाख एघार हजार एक सय ११ रूपैयाँ ११ पैसा सहयोग गरेको छ।
घोराहीमा स्थापित सभ्यता पाठशालाले शैक्षिक क्षेत्रमा मात्रै होईन, सामाजिक क्षेत्रमा पनि योगदान गर्दै आएको छ। सामाजिक उत्तरदायित्वलाई सधैं महत्त्व दिदै आ एको पाठशालाले मानवीय राहतमा मलहम लगाउन सहयोग गरेको हो।
साथ जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सभ्यता पाठशाला, घोराही, दाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु। १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसा सहयोग गर्ने निर्णय गरेको छ।
साथै, सभ्यता पाठशालाका प्रचार्य केशरमा बुढाथोकीले भदौ १० को महाविध्वंसकारी बाढीबाट मृत्यु भएकाहरू श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।
साथै देश शोकमा रहेको यस दुःखद् घडीमा विपत्तिमा परेका नागरिकप्रति ऐक्यबद्धता जनाउँदै भदौ २७ गतेका लागि पूर्वनिर्धारित तीज मिलन कार्यक्रम नगर्ने निर्णय गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइएको छ।








