१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

पशुपतिको शवदाह मेशीन खरिदमा भष्टाचार, सदस्य सचिव थापा सहित १४ जना विरूद्ध मुद्दा


९ असार २०८२, सोमबार  


पशुपति आ र्यघाटमा शव जलाउने मेशिन खरिदमा पनि भ्रष्टाचार भएको छ। शव दाह खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डाक्टर मिलन थापासहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

पशुपति क्षेत्र विकास कोषको सम्पत्ति हिनामिना र हानी नोक्सानी पुर्‍याएर भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले कोषका सदस्य सचिव डा मिलन कुमार थापा, तत्कालनि सदस्य सचिव हाल परिषद सदस्य राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक डा घनश्याम खतिवडा समेत १४ जना र २ कम्निी उपर भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनीहरूले आपसी मिलेमतोमा १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ ३१ पैसा हिनामिना गरेको आरोप लगाउँदै अख्तियारले विशेषमा मुद्दा दायर गरेको हो ।

पशुपतिमा विद्युतीय शवदाह गृहको मेसिन खरिद तथा जडान प्रक्रियामा मिलेमतो गरी कोषको सम्पत्ति हिनामिना र हानी नोक्सानी पुर्‍याएर भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ५ : ३७ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित