१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

विनयी खोलाको पुल खुलेपनि दाउन्नेको सास्ती उस्तै !


१९ असार २०८२, बिहिबार  



मुलुककै लाइफलाइनको रुप्मा रहेको पूर्व पश्चिम राजमार्ग अन्तरगतको नारायणगढ(बुटवल सडकखण्डमा पर्ने विनयी खोलाको पुलमा सञ्चालनमा आएको छ।

६ महिनादेखि सास्तीको कारण बनेको दुम्किबासस्थित विनयी खोलामा नयाँ पुल निर्माण भइ सञ्चालनमा आएपछि सहजै सवारी तथा ढुवानीका साधन आवतजावत गर्न थालेका छन् ।

नारायणगढ– बुटवल सडक आयोजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार २१ करोड लागतमा सम्पन्न भएको यस पुलमा बिहीबारदेखि गाडी गुड्न थालेका छन्। छ । विनयी खोला पुल करिब ६ महिनापछि बल्ल सञ्चालनमा आएको उनले जानकारी दिए ।

सूचना अधिकारी खनालनका अनुसार ‘नयाँ पुल सञ्चालनमा आएको छ । अब यो ठाउँमा तत्काल ठूलो समस्या हुँदैन । गएको पुसमा पुरानो पुल भाँचिएपछि डाइभर्सनको भरमा चलेको यो खण्डमा नयाँ पुल बनेसँगै यात्रुले ठूलो राहत महसुस गरेका छन् । तर,दाउन्नेखण्डको सकस भने कायमै छ ।

गएको साल २०८१ पुस महिनाको २६ गते भारतीय हेभी ट्रकले किच्दा पुरानो फलामे पुल भाँचिएपछि यो मार्गमा यातायात अस्तव्यस्त बनेको थियो । पटक(पटक खोलाले डाइभर्सन बगाउँदा यात्रुहरूले निकै सास्ती भोग्दै आएका थिए । असार ७ गते खोलाले बस नै बगाएपछि डाइभर्सन पूर्ण रूपमा बन्द गरिएको थियो, जसले गर्दा सवारी साधन वैकल्पिक र घुमाउरो मार्ग प्रयोग गर्न बाध्य थिए ।

प्रकाशित मिति : १९ असार २०८२, बिहिबार  ५ : ३१ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित