१० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026

प्रधानमन्त्री ओलीको दाबी : ‘मेरो नेतृत्वमा सरकार बनेयता अर्थतन्त्र ४ खर्बले वृद्धि’


२७ असार २०८२, शुक्रबार  


प्रधानमन्त्री केपी ओलीले सरकारको एक वर्षे कार्यकालमा अर्थतन्त्रमा प्रष्ट सुधार देखिएको दाबी गरेका छन् । उनका अनुसार, हाल अर्थतन्त्रको आकार ६१ खर्ब पुगेको छ।

\जुन अघिल्लो गएको वर्षको भन्दा ४ खर्बले बढी हो । यस्तै, राजस्व एक खर्ब आठ अर्बले बढेको छ भने पूँजीगत खर्च पनि ३६ अर्बले बढेको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल मार्फत दाबी गरेका छन् ।

उनले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने प्रक्षेपण गरिएको जानकारी पनि दिएका छन् । अघिल्लो वर्ष यो दर ३.८७ प्रतिशत थियो । प्रधानमन्त्री ओलीले यो उपलब्धिलाई सरकारको प्रभावकारी कार्यसम्पादनको परिणामका रूपमा प्रस्तुत गरेका छन् ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ४ : ०७ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित