एमालेको गोदावरीमा जारी विधान महाधिवेशन पुग्न हतारिएका प्रदेश मन्त्री सवार गाडीले एकजना बालिकालाई ठक्कर दियो ।
शनिबार बिहान ती प्रदेश मन्त्री रामबहादुर मगरको गाडीले ललितपुरको हरिसिद्धीमा ठक्कर दिएको हो। सडकमा जेब्राक्रसको बेला ती मन्त्री रामबहादुर मगरको सवार गाडी ठक्कर दिएपछि उद्दार र उपचार भन्दा भाग्न हतार गर्यो।प्रदेशको मन्त्रीको यो पूर्णरूपमा गैरजिम्मेवार देखिन्छ ।
मानवीय नाताले पनि मानवीयता देखाउनु पर्ने मन्त्री दुर्घटना गराएर कुलेलाम ठोके।मन्त्रीको यस्तो अमानवीय व्यवहारले फेरि एकपटक नेपालमा शक्तिमा भएकाहरूले तत्कालीन पारस शाहको ज्यादतीलाई विर्साइदिएका छन् । एमाले नामको दलभित्र रहेका कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले देखाएको अमानवीय व्यवहारले तत्कालीन पारस शाहको ज्यादतीलाई विर्साइदिएको हो।
सत्ताको उन्माद , अहंकार र गुण्डागर्दी शैलीले तानाशाही प्रवृत्तिलाई स्मरण गराइदिएको छ। सडक दुर्घटना भवितव्यतामा हुने विषय हो। अप्रत्याशित हुने यस्तो घटना प्रति भन्दा पनि ११ वर्षिय बालिकालाई हानेर मन्त्रीले टाप कसे। दुर्घटना भइसकेपछि मन्त्रीले सवार गाडी रोकेर मानवीयता देखाउन सक्थे ।तर, उनले पूरै बेवास्ता गरे।गाडी बरु हुँइकिँदै अघि बढ्यो। यही व्यवहार नै आज आलोचनाको मूल कारण हो।
यदि यो घटना भवितव्य थियो भने त्यसपछि तत्काल गाडी रोक्नु, पीडितलाई अस्पताल पुर्याउनु र घटना प्रति मानवीय संवेदना देखाउनु मन्त्रीको नैतिकता, जिम्मेवारी र कानुनी दायित्व हो। तर, मन्त्रीको गाडीले त्यो गर्न सकेन। बरु एक महिलाले सडकमै लडिरहेकी बालिकालाई उठाइन्, जसले हाम्रो समाजमा ूमानवता साधारण नागरिकबाट मात्रै सम्भव हुन्छू भन्ने तीतो यथार्थ फेरि उजागर गरिदियो।
घटनाको अर्को गम्भीर सवाल के हो भने—ठक्कर जेब्रा क्रसिङ नजिकै भयो। सामान्य नागरिकलाई दिनहुँ ट्राफिक प्रहरीले जेब्रा क्रसिङ पालना गर्न भनिरहन्छ। तर मन्त्रीकै गाडीले त्यसको अवहेलना गर्छ भने त्यो जतिको अटेरी र अराजकता अरू हुन सक्दैन । जो जान्ने उहि भन्या नमान्ने भएपछि आ म जनताले पनि किन पालना गर्ने ?
जब कानून बनाउने र नीति निर्धारण गर्ने स्वयं व्यक्ति वा संस्थाले नै नियम तोड्छन् भने त्यतिबेला आम नागरिकले पनि पालना नगरे के हुन्छ रुमन्त्रीले जानेर या नजानेर जे गल्ती गरे,त्यसको विषयमा प्राश्चित गर्न आँट गरून्।
यश विषयमा प्रधानमन्त्री केपी ओलीले घटनालाई राजनीतिकरण नगर्न आग्रह गरेका छन् । ११ वर्षीया बालिकालाई ठक्कर दिने घटना सामान्य हो त प्रधानमन्त्री ज्यू ? के सत्तामा भएकाले दुर्घटनापछि भाग्नु सामान्य हो ? जब नेतृत्व नै पीडितको पक्षमा नभइ पीडको पक्षमा उभिन्छ भने सरकारसँगै जनता के आशा गर्ने प्रधानमन्त्री ज्यू ?








