२६ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

के हाे, एल्गाेरिदम ?


२१ श्रावण २०८१, सोमबार  


तपाईँ हामीमध्ये धेरैले एल्गोरिदम भन्ने शब्द सुनिरहेका हुन्छौँ । तर पनि यसको जानकारी कमैलाई मात्र थाहा हुन्छ । कहीँ कतै हामी फेसबुक अल्गोरिदम, टिकटक एल्गोरिदम वा युट्युब एल्गोरिदम भन्ने शब्द बेलाबखत सुनिरहेका हुन्छौँ । आज हामी एल्गोरिदम के हो ? यो कहाँ प्रयोग हुन्छ ? र यसले कसरी काम गर्छ भन्ने विषयमा चर्चा गर्दैछौँ ।

सबैभन्दा पहिले एल्गाेरिदम भनेको के हो भन्ने बुझौँ । एल्गोरिदमलाई प्रोग्रामिङ ल्याङग्वाइजमा प्रोग्रामिङ गर्नपूर्व बनाइन्छ । जसबाट एउटा उत्कृष्ट प्रोग्राम, बन्न सकोस् । एल्गोरिदम कुनै पनि समस्यालाई समाधान गर्नका लागि बनाइएको हुन्छ । र यसले कुनै पनि समस्यालाई चरणबद्ध रूपमा समाधान गर्ने गर्छ ।

उदाहरणका लागि मान्नुस्, तपाईंले कसैलाई फोन गर्नु पर्ने भयो । फोन गर्नपूर्व पनि हामीले निकै धेरै कामहरू गर्नु परिरहेको हुन्छ । जस्तो सबैभन्दा पहिले फोन अफ छ वा अन छ भनेर हेर्नु पर्ने हुन्छ । यदि ‘अन’ छ भने केही गर्नु परेन । तर, तपाईंको फोन अफ छ, भने त्यसलाई अन गर्नु पर्नेहुन्छ ।

फोन अन भइसकेपछि तपाईंले कस-कसलाई कल गर्नु पर्ने हो,त्यो व्यक्तिको नम्बर डायल गर्नु पर्ने हुन्छ । फोन नम्बर डायल गरिसकेपछि फोनको रिङको प्रतिक्षा गर्नु पर्ने हुन्छ । यदि फोन गरेको व्यक्तिले फोन उठायो,भने तपाईं हामी अवस्य पनि ही कुरा गरेर फोन राख्छौँ । फोन गर्ने यी जुन प्रक्रियाका लागि पनि एक प्रकारको झन्झट झेल्नु पर्छ ।

त्यसैले हामीले त्यसको लागि कुनै पनि एउटा क्रम बिर्स्यौँ भने फोन गर्ने कामले पूर्णता पाउन सक्दैन । हामीले फोन गर्ने यी क्रमहरूलाई आफ्नो तरिकाले परिवर्तन गर्न पनि सक्दैनौँ । त्यही कुराको समाधानका लागि हामीले सबै प्रक्रिया क्रमबद्ध रूपमा पालना गर्नुपर्ने हुन्छ । हामीले पालना गर्नु पर्ने यही क्रमबद्ध प्रक्रियाको समूहगत काेशीलाई एल्गोरिदम भन्ने गरिन्छ ।

लाै अब चर्चा गराै, एल्गोरिदमको लक्षणका बारेमा । एल्गोरिदममा यसका सम्पूर्ण आवश्यक विशेषताहरू समावेश हुन्छन् । त्यसका केही आवश्यक विशेषताहरू निम्नानुसार चर्चा गर्न खाेजिएकाे छ।

१)सीमितता हुनु

एउटा एल्गोरिदमले जति कम समयमा आफ्नो पूरा काम सम्पन्न गर्छ त्यो उत्तिकै उत्कृष्ट मानिन्छ । त्यसमा जहिले पनि क्रमहरू जोडिएका हुन्छन् । त्यसैले सीमितताले एल्गोरिदममा निकै ठूलो भूमिका खेलेको हुन्छ ।

२)निश्चित रूपमा परिभाषित गरिनु

एल्गोरिदमका हरेक क्रमहरू निश्चित रुपमा परिभाषित गरिएका हुन्छन् । जसलाई सहजै पढ्न सकिन्छ । त्यसैले सम्पूर्ण क्रमहरू निश्चित रूपमा परिभाषित गरिनु पनि एल्गोरिदमको एक विशेषता हो ।

३)इनपुट

एउटा विशिष्ट एल्गोरिदम सधैँ विशिष्ट इनपुट लिने गर्छ । जति उत्कृष्ट इनइपुट एल्गोरिदमले लिन सक्यो, परिणाम उत्तिकै उत्कृष्ट आउँछ ।

४)आउटपुट

एल्गोरिदम इन्पुट लिएजस्तै सधैँ उत्कृष्ट आउटपुट लिने गर्दछ । जति उत्कृष्ट आउटपुट एल्गोरिदमले लिन सक्यो, परिणाम पनि उत्तिकै उत्कृष्ट आउँछ ।

५)प्रभावकारिता

एल्गोरिदमको माध्यमबाट सधैँ समस्या समाधान नै हुनु पर्ने हुन्छ । त्यसले एल्गोरिदमको प्रभावकारिता उचाइमा हुने गर्छ ।

६)स्पष्टता

एल्गोरिदम सधैँ सही र स्पष्ट हुन निकै आवश्यक हुन्छ । जसबाट त्यहाँ भएका लाइन र नम्बरको केही अर्थ निक्लिन सकोस् ।

यो त भयो,एल्गोरिदमको विशेषता । अब चर्चा गराै,यसकाे कहाँ र कसरी उपयोग हुन्छ, भन्ने बारेमा। तपाईंहरूलाई थाहा नै होला, अहिले एल्गोरिदम जहाँकही जुनसुकै समस्याको समाधान क्रमबद्ध रूपमा निकाल्न उपयोग भइरहेको हुन्छ ।

एल्गाेरिदम जुनसुकै क्षेत्रमा प्रयोग गर्न सकिने भए पनि प्रायः उद्योग, कम्पनी, प्रोग्रामिङ आदिमा धेरै प्रयोगमा आएको देखिन्छ । यसलाई धेरै जसो गणितिय समस्या समाधान गर्नका लागि प्रयोग गरिन्छ ।

त्यसका लागि पनि एउटा राम्रो एलगोरिदम प्रयोग गरिएको हुन्छ । जस्तै फेसबुक, सर्च इन्जिन, गुगल म्याप्स पनि एल्गोरिदमकै माध्यमबाट काम गरिरहेका हुन्छन् ।

त्यस्तै कम्प्युटर वैज्ञानिक, सफ्टवेयर इन्जिनियर पनि यसको प्रयोग गरिरहेका हुन्छन् । यसले गर्दा काम सहज त हुन्छ नै साथैसाथै कम समयमा सबै काम सम्पन्न गर्न सकिन्छ । गल्तीहरू नहुन् भन्नका लागि फ्लो चार्टमा पनि एउटा उचित एल्गोरिदमको प्रयोग गरिन्छ ।

केही विशेष क्षेत्र जस्तै स्पेस रिसर्च, रोबोर्ट, आर्टिफिसयल इन्टेलिजेन्समा पनि यसको उपयोग मुख्य रुपमा गरिएको हुन्छ । प्रोग्राम लेख्नुभन्दा पहिले कम्प्युटर प्रोग्रामिङमा पनि एल्गोरिदम प्रयोग गरिन्छ ।

यदि तपाईं कम्प्युर वा आईटी क्षेत्रको विद्यार्थी हुनुहुन्छ भने र तपाईंलाई प्रोग्रामिङ लेख्न पर्‍यो भने धेरै गल्तीहरू देखा पर्न सक्छन् । त्यस्ता सानादेखि ठूला गल्तीका समस्या समाधान गर्न एल्गोरिदम प्रयोग गर्नुपर्ने हुन्छ ।

अब जानौँ, एल्गोरिदमका फाइदाहरू के के छन् भन्ने कुरा।

एल्गोरिदमको माध्यमबाट कुनै पनि समस्या सहजै समाधान गर्न सकिन्छ ।एल्गोरिदम एउटा निश्चित प्रक्रियाको उपयोग गर्छ ।

यो कुनै पनि प्रोग्रामिङ ल्याङ्गोइजमा निर्भर पनि हुँदैन । त्यसैले प्रोग्रामको ज्ञान नहुँदा पनि एल्गोरिदमबारे बुझ्न निकै सहज हुने गर्छ ।एल्गोरिदममा प्रत्यक चरणका आफ्नै अनुक्रम हुन्छन् । त्यसैले यसलाई डिकोड गर्न निकै सहज हुन्छ ।एल्गोरिदमलाई फ्लो चार्टमा रुपान्तरण गर्न सकिन्छ । यसपछि एल्गोरिदमलाई कुनै पनि प्रोग्रामिङ ल्याङ्ग्वाइजमा बदल्न सकिन्छ ।एल्गोरिदम वास्तवमा आर्टिफिसियल इन्टेलिजेन्स जस्तो सम्भावित शक्तिशाली प्रविधिको मुटु हो, एल्गोरिदम पहिलेदेखि नै मसिन लर्निङ जस्ता प्रविधिको आधार पक्ष हो ।

यसकारण हामीले हरेक दिन नयाँ -नयाँ प्रविधिका फिचर बढाउँदै गइरहेका छौँ । आज एल्गोरिदम भर्चुअल असिसटेन्स वा अटोनोमस गाडी जस्ता प्रविधिमा पनि प्रयोग गरिन्छ ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ७ : ०१ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित