प्रधानमन्त्री ज्यू नमस्कार, आराम हुनुहुन्छ भन्ने विश्वास गरेको छु, तपाईको सुस्वास्थ्यसंगै बिरामी देशको चाँडै उपचार होस् भन्ने कामनासहित प्रसंग शुरु गर्न चाहान्छु। प्रधानमन्त्री ज्यू यहाँ पनि अवगतै हुनुहुन्छ, पक्कै पनि , एक दुई दिन यता एक जना मानिसको विषय निकै भाइरल भइरहेको छ।
सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका एक जना मानिस हुन्, प्रकाश तामाङ। उनका पछाडि ठूलो जमात निकै कुदेको छ। उनले कुनै कीर्तिमान राखेका पनि होइनन्। न उनी देशका लागि त्यस्तो ठूलो योगदान नै गरेका मानिस हुन्। उनी पनि हामी जस्तै आम नेपाली नागरिक नै हुन्। असाधारण होइनन्, साधारण नै हुन्।
फरक यत्ति हो, की उनको कथा अलि पृथक छ। त्यो हो, उनी ३५ वर्षपछि परिवारको सम्पर्कमा आएको प्रसंग । हेर्ने कथा नामको एक युट्युब च्यानलले सामाजिक सञ्जाल युट्युबमा प्रशारण गरेपछि यी मानिसको कथा भने निकै भाइरल बन्यो । त्यसअघि उनी कहाँ छन्? के गर्दैछन्, भन्ने विषयमा न परिवारलाई चासो थियो, न अहिले चर्चा कमाउन सञ्जालदेखि सडकसम्म कुदिरहेका मानिसहरुलाई नै ।
यस्तो हावाबाट आम मानिस र केही नक्कली समाजसेवीहरु प्रभावित हुनु या भएको जस्तो गर्नु अलग कुरा हो। तर, सरकारका कार्यकारी प्रधानमन्त्री तपाईं स्वयं नै भावुक भए, भन्दै सञ्जालमै लेखेकाे देँखे।प्रकाश तामाङलाई भेट्नेसम्मका चर्चा गरिएकाे पाइयाे। प्रधानमन्त्री आफ्ना नागरिकको कथा व्यथाले प्रभावित नहुने भन्ने पनि हुदैन। उसको पनि भावना हुन्छ नै । तर, भावनाको उचाइ भन्दा जिम्मेवारी र दायित्वको अग्लाइ धेरै हुन्छ, त्यो कुरा एक जिम्मेवार प्रधानमन्त्रीले मात्रै बोध गर्न सक्छ। हैन र, प्रधानमन्त्री ज्यू?
तर, सञ्जालकै हावामा कुदेको सरकार र त्यसका प्रधानमन्त्री केपी ओली ज्यू हजुरले निकै भावुकता प्रकट गर्ने अनि तपाईंका वफादार कार्यकर्ताले सञ्जालभरी फिजाँउने, तपाईं र तपाईंको दलबाट संरक्षित अनलाइन पोट्रलहरुले पनि बेस्सरी खबर सम्प्रेशण गर्ने गरेको देखियाे। त्यो पनि ठिकै छ। सरकारको चासो बढ्नु स्वभाविक पनि हो। फरक यत्ति हो कि याे तपाईंको स्टन्टबाजी कि जिम्मेवारीबोध ?स्टन्टबाजी गर्न रास्वपाका सभापति रवि लामिछाने थिए,तर,उनलाई माथ खुवाउने गरि र तपाईंको पार्टी पक्ति निकै लाग्यो ,के यति स्टन्ट गर्न जरुरी छ त ?
यदि सरकार प्रकाश तामाङ जस्ता हजारौ युवाको कथा र व्यथाले स्तब्ध छ, र जिम्मेवारी बोध गरेकै हो ,भने हजारौ प्रकाशहरु घर कहिले फर्कछन् प्रधानमन्त्री ज्यू? पंक्तिकार यही विषय उधिन्ने यहाँ कोशीसका साथ उभिएको छ। पक्तिकारलाई कसैको निन्दा र आलोचना गर्न समय पनि छैन, उदेश्य पनि होइन, व्यवसायीक धर्म पनि होइन। तर, पेशगात जिम्मेवारीको तलाउमा उभिएर समाजको यथार्थता पस्किने कोशीस भने पक्का हो । भावना र उत्तेजनाबाट मुक्त हुँदै विवेकको तराजुमा राखेर कथाको वास्तविकता देखाउने प्रयत्न हो ।
पंक्तिकारलाई यो थाहा छकी, हरेक विषयमा राज्यको ध्यानआकर्षित गर्नु नै एक जिम्मेवारी र दायित्व हो । तर, यहाँ कसैको जयजयकार र कसैको सत्यनाश भन्नु पनि छैन, भन्नुपनि हुदैन,यस विषयमा हामी प्रस्ट छौ ।
विषय प्रारम्भ गरौ, मरभूमिको अध्याँरा गल्लीमा हराइरहेका हजारौ प्रकाशहरु कहिले स्वदेश फर्किन्छन् त ,प्रधानमन्त्री ज्यू ? यहीँबाट चर्चा गराै।आज एउटा युट्यूब च्यानलले पस्केको प्रकाशको कथाले यहाँ जति भावूक र स्तबध हुनुु भएको छ। त्यो प्रति पंक्तिकारको कुनै विपती र निन्दा पनि होइन। तर, पक्का कुरा यो होकी, मरभूमिमा रगत पसिना बगाउने प्रकाशहरु कहिले मातृभूमि फर्किन्छन्, अनि उनीहरुलाई तपाईले कहिले भेट्नुहुन्छ? प्रकाश तामाङलाई जस्तै । प्रकाश जस्तै आम नागरिक हुन्, उनीहरु पनि । तपाई उनीहरुको पनि प्रधानमन्त्री हो, अभिाभावक हो । यहाँ पक्तिकारले प्रकाश तामाङलाई प्रधानमन्त्रीले भेट्ने विषयमा सधै समर्थन गर्दछ, आफ्ना नागरिकलाई भेट्नुपर्छ,जिम्मेवार सरकार प्रमुखले ।
तर, प्रकाश भन्दा हजारौ गुणा पीडा र दुःखसंग मरुभूमिमा जवानी खरानी बनाइरहेका लाखौ प्रकाशहरु सरकारको नजर र हृदयमा कहिले पर्छन् त भन्ने मुल प्रश्न हो । घर परिवार सबै -सबै त्यागेर उनीहरु खाडीमा जलिरहेका छन्, जावनीको सत्यनाश गरिरहेका छन्। नारकीय दैनिकी छ, उनीहरुको । राहदानी समेत खोसिएर उनीहरु सम्पर्कविहीन जस्तै भएर एक प्रकारले खुला जेलको झै जीवन जिइरहेका छन्।
त्यो पनि उनीहरुको निजी खुशीका लागि मात्रै होइन, देशका शासन चलाउन विप्रेषण (रेमिटान्स)पठाउन र घरमा चुल्हो जलाउन उनीहरु जिन्दगीलाई दाउमा राखेका छन्। अपमान, घृणा, हेला र शोषणका त कथै कथा भोगेका छन्, उनीहरु । स्वदेशमै अवसर यदि हुन्थ्यो, भने कसैका नोकर भएर मरभूमिमा रगत र पसिना बगाउने रहर पक्कै छैन,उनीहरुको। तर, स्वदेशमा एकछिन उभिने वातावरण छैन, जताततै चरम भ्रष्टाचार बेथिति र विकृतिले आजित युवा आफ्नै मातृभूमिमा एकछिन अड्न किन सकेन ? विदेशै जानु भन्दा अरु विकल्प किन देखिरहेको छ, युवाले ?
यस विषयमा तपाईले के चिन्तन मनन् गर्नु भएको छ ? जिम्मेवार प्रधानमन्त्रीको जिम्मेवारी होइन र प्रधानमन्त्री ज्यू ? हामीले व्यवस्था त गणतन्त्र ल्यायौ,तर, हामीले सोचेको गणतन्त्र यस्तो हो र ? राजतन्त्र खराब भो, जनताको अधिकार र अवसर खोस्यो भनेर त्यत्रो आन्दोलन गरेर ल्याएको गणतन्त्रको उपलब्धि तपाई शेरबहादुर र प्रचण्ड पालै-पालो प्रधानमन्त्री बन्नका लागि मात्रै थियो र प्रधानमन्त्री ज्यू ?
तपाई चौथो पटक सत्तामा उक्लिनु भयो, सरकार गठन भएको दुइ महिना पुग्न लाग्यो । उपलब्धि के के भए त सरकारका ? कि फोटो झुण्ड्याउन र सामाजिक सञ्जालमा आएका खबरले भावुक हुँदै स्टाटस लेख्न मात्रै हो ? यसको प्रस्ट जवाफ व्यवहारबाट जनताले कहिले अनुभव गर्न पाउने प्रधानमन्त्री ज्यू ? गोरखामा३५ वर्ष हराएको प्रकाशको भाइरल खबरपछि कुद्नेकी ,अन्धकार भविष्यमा हराइरहेका प्रकाशहरुको भविष्य उज्यालो बनाउने ? तपाई जिम्मेवार प्रधानमन्त्री हो , भने जनताले अनुभुति गर्ने गरी स्वदेश तथा विदेशका अध्याँरा गल्लीमा हराइरहेका प्रकाशहरुको विषयमा पनि उत्तिकै घोत्लिएर योजना र कायक्रम बनेको चाँडै देख्न नागरिकले पाउन युट्युबको हेर्नै कथा हेरेर होइन,प्रधानमन्त्री ज्यू ।
मरुभमिका अध्याँरा छिडीमा हराइरहेका प्रकाशहरुलाई पनि तपाइले भेटेको खबर चाँडै लेख्न पाउँ, प्रधानन्त्री केपी ओली ज्यू तपाईको चौथो पटकको सत्ता यात्राले मुलुकमा गरिखाने र खाडाीमा नजाने वातावरण बनोस्।