विगत १८ वर्षदेखि सर्वसुलभ र सुरक्षित बैंकिंङ्ग सेवा पु¥याँउदैै आइरहेकोे सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड विश्वको प्रतिष्ठित ‘बैंक अफ द ईयर २०२४ ‘को अवार्डबाट सम्मानित भएको छ ।
संयुक्त अधिराज्य (युके) मा रहेको द फाइनान्सियल टाईम्सले आयोजना गरेको एक कार्यक्रमका बीच सिटिजन्स बैंकलाई बैंक अफ द ईयर २०२४ को अवार्ड प्रदान गरिएको हो । बैंक संचालक समितिका अध्यक्ष प्रवलजङ्ग पाण्डे र बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकको प्रतिनिधित्व गर्दे बैंक अफ द ईयर २०२४ को सम्मान ग्रहण गरेका हुन् ।
अध्यक्ष पाण्डेले बैकिङ्ग क्षेत्रको ओस्कार पुरस्कार मानिने विश्वको प्रतिष्ठित बैंक अफ द ईयर २०२४ को अवार्ड बैंकले प्राप्त गर्न सफल भएकोमा अत्यन्त गौरबान्वित महसुश गरेको बताए । यसबाट आगामी दिनमा अझ उत्कृष्ट प्रविधिमैत्रि आधुनिक बैंकिंङ्ग सेवा सुविधा ग्राहकहरुमाझ ल्याउन हौंसला मिलेको उनको भनाइ थियो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले यस अवार्डको प्राप्ति संम्पूर्ण सरोकारवाला निकायहरुको सहयोग एवं कर्मचारीहरुको अहोरात्र मेहनत बाट सम्भव भएको बताउँदै आगामी दिनमा अझ उत्कृष्ट कार्य सहित सुशासन र प्रुडेन्टबैंकिंङ्ग र हरित बैंकिंङ्गका सेवा सुविधाहरुमा थप बल गर्ने प्रतिवद्दता व्यक्त गरे ।
द फाइनान्सियल टाईम्सले वार्षिक रुपमा विभिन्न देशका बैंकहरुले गर्ने कार्यसम्पादन एवं गतिविधिहरुलाई मध्यनजर गर्दै बैंक अफ द ईयरबाट सम्मानित गर्ने गरेको छ । यसै अनुरुप वर्ष २०२४ को अवार्ड सिटिजन्स बैंकले प्राप्त गरेको हो । यस अवार्डबाट सम्मानित हुने बैंकहरुको बार्षिक सूचीद फाइनान्सियल टाईम्सको म्यागजिन द बैंकर मार्फत प्रकाशित हुने गरेको छ ।