१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

अति भारी वर्षाको सम्भावना, ३४ जिल्ला उच्च जोखिममा


२२ श्रावण २०८१, मंगलबार  


घरबाट यात्रामा निस्किदै हुनुहुन्छ, भने सावधान !

वर्षातको समय त छदैछ, त्यसैमा पनि वर्षातको यो बेला भिषण वर्षाको सम्भावना भएको जल तथा मौसम विज्ञान विभागले सचेत गराएको छ। विभागका अनुसार आज र भोलि देशका विभिन्न स्थानमा भारी र अति भारी वर्षा हुनसक्ने देखिएको छ। अति भारी वर्षाका कारण प्राकृतिक विपदका घटना हुनसक्ने भन्दै राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कताका लागि सूचना जारी गरेको हो । यति मात्रै होइन, प्राधिकरणले रातको समयमा बाढी पहिरोको आकलन गर्न कठिन हुने भएकाले जोखिममा रहेको जिल्लामा रात्रिकालीन बस समेत नचलाउन अनुरोध गरेको छ ।

भारी वर्षाको समयमा जरुरी काम बाहेक यात्रा नगर्न, नदी किनाराका बासिन्दा चनाखो रहन र समस्या परे सुरक्षा निकायमा तुरुन्त खबर गर्न प्राधिकरणले अनुरोध गरेको छ ।बाढीको समयमा दाउरा निकाल्न तथा माछा मार्नको लागि नदीमा नजान पनि प्राधिकरणले भनेको छ।जल तथा मौसम विज्ञान विभागले अति भारी वर्षा हुने सम्भावना रहेका र उच्च जोखिममा ३४ जिल्ला रहेको बताएको छ।

विभागका अनुसार ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, रसुवा, सिन्धुपाल्चोक, चितवन, दोलखा, धादिङ, नुवाकोटलाई उच्च जोखमको सूचीमा राखेको छ ।त्यस्तै म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, पूर्वी नवलपरासी, लमजुङ र गोखरामा पनि उच्च जोखममा रहेको विभागले जनाएको छ ।कपिलवुस्त, रुपन्देही, पाल्पा, गुल्मी, दाङ, बाँके, बर्दिया, प्युठान, अर्घाखाँची, रुकुम पश्चिम, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र बैतडी उच्च जोखिममा छन् ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ६ : ०२ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित