माओवादी जनयुद्धको राप र तापको पृष्ठभूमिबाट राजनीतिमा उदाएका एक आशालाग्दा युवा जनप्रतिनिधि हुन्, पहलमान चौधरी । अत्यन्तै विपन्न र दमित परिवारमा जन्मिएका उनी समाजको विभेद र शोषणको विरुद्ध विद्रोहको मसाल बालेर आएका एक योद्धा हुन्। जमिनदार र ठालुहरुको चरम शोषण, अत्याचार, दमन र ज्यादतीको विरुद्ध न्यायपूर्ण आवाज उठाउँदै र संघर्ष गर्दै अघि बढेका शालीन,भद्र, सरल र सहज जनप्रतिनिधि पहलमान चौधरी राप्ती गाउँपालिका वडा नम्बर २ दाङका वडाध्यक्ष हुन्। बाबु रामबहादुर चौधरी र आमा छटानी चौधरीको कोखबाट विक्रम सम्वत २०४८ साल कार्तिक १५ गते उनको जन्म भएको थियो । हालको राप्ती गाउँपालिका वडा नम्बर २ कठाह दाङमा जन्मिएका उनले औपचारिक शिक्षा प्रविणता तहसम्म हासिल गरेका छन्। परिवारमा २ बहिनी २ भाइ भएका उनी सबै भन्दा जेठा सुपुत्र हुन्।

राजनीतिक संलग्नताः
पहमान चौधरी अत्यन्तै विपन्न किसान परिवारमा जन्मिएका व्यक्तित्व हुन्। बुबा रामबहादुर र आमा छटानी चौधरी जमिनदारको घरमा कमैया बस्दथे । मालिकहरुबाट निकै थिचोमिचो थियो । घरमा कमैया बनाएर श्रम शोषण गर्दथे। थिचोमिचो थियो । शोषण दमन, विभेद र उत्पीडनको अचानोमा थिचिएको थियो पहलमानको परिवार । थारु समुदायमाथि भएको यो ज्यादती , अन्याय र अत्याचारको विरुद्ध उनी २०६१ सालदेखि विद्यार्थी राजनीतिमा जोडिए । माओवादी निकट अखिल क्रान्तिकारीको लालमटियाको सचिव हुँदै उनी जनमिलिसियामा संगठित भए। नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा उनी मुक्ति या मृत्युको कफन बाँधेर होमिए । उनी २०६२ साल कार्तिक २५ गते तत्कालीन माओवादी जनमुक्ति सेनामा आवद्ध भए । तर, तत्काली सरकार र तत्कालीन विद्रोही माओवादीबीच २०६३ मंसिर ५ गतेको बृहत शान्ति सम्झौतापछि उनी स्वेच्छिक अवकाशबाट शान्तिपूर्ण राजनीतिमा फर्कने योजना बनाए । सरकारले समायोजन या स्वेच्छिक अवकाशको अवसर दिएको थियो। उनी २०६९ साल चैत २१ गते स्वेच्छिक अवकाश लिइ घर फर्किए । जनयुद्धकालीन समयमा विद्रोही सेनाको रुपमा रहेका उनी शान्तिपूर्ण राजनीतिक अवतरणपछि नेकपा माओवादी केन्द्रमै रहेर राजनीतिक सक्रियता बढाए । उनलाई माओवादी केन्द्रले २०७९ बैशाख ३० गतेको स्थानीय निर्वाचनमा राप्ती गाउँपालिका वडा नम्बर २ का लागि उम्मेदवार बनायो।उनै चौधरी हँसिया हथौडा अंकित चुनाव चिन्ह लिएर चुनावी मैदानमा होमिए । उनले आफ्ना निकटतम् प्रतिद्धन्द्धी एमालेका हिमानन्द पाण्डे भन्दा १ सय ४७ मतान्तरले विजयी हासिल गरे। उनले खसेको मतमा १ हजार ६ मत प्राप्त गरी राप्ती गाउँपालिका वडा नम्बर २ का वडाध्यक्षमा शानदारले विजयी हासिल गरेका थिए ।उनी नेकपा माओवादी केन्द्रको जनसंगठन थारु राष्ट्रिय मुक्तिमोर्चाको राप्ती गाउँपालिका दाङका अध्यक्ष समेत हुन्।

सामाजिक जीवनः वडाध्यक्ष चौधरी राजनीतिक जीवनमा मात्रै सक्रिय छैनन्, उनी शान्तिपूर्ण राजनीतिमा फर्किएपछि विभिन्न सामाजिक संघ÷संस्थाहरुमा पनि आवद्ध हुँदै आएका छन्। उनी २०७२ सालमा कालिका सामुदायिक वन उपभोक्ता समूहको उपाध्यक्ष भए। त्यसैगरी वडाध्यक्ष चौधरी २०७३ सालदेखि २०७९ सालसम्म लालमटिया बृहत खानेपानी उपभोक्ता समितिको सचिवमा रहेर काम गरे । फेरी उनी २०७८ मंसिर १८गतेदेखि २०८० साल माघ २८ गतेसम्म कालिका सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष पदमा रही वन तथा वातावरणको क्षेत्रमा उल्लेख्य काम गरे । वडाध्यक्ष चौधरी २०७९सालदेखि हालसम्म आदर्श नमुना माध्यमिक विद्यालय लालमटियाको व्यवस्थापन समितिको अध्यक्षको रुपम पनि कार्यरत रहेका छन्।
वडाको अवस्थिति:
यस राप्ती गाउँपालिका वडा नम्बर २ को पूर्वमा यसै पालिकाको वडा नम्बर १ परिश्चममा वडा नम्बर २ उत्तरमा वडा नम्बर ९ र दक्षिणमा राप्ती नदी रहेका छन्। संघीय संरचना अनुसार २०७३ मा यस वडा साविकको लालमटिया गाउँ विकास समिति वडा नम्बर ४ र ७ जोडेर हालको राप्ती गाउँपालिका वडा नम्बर २ बनाइएको हो । यस वडामा १५ वटा टोलहरु रहेका छन्।

वडाको जनसंख्या :
राष्ट्रिय जनगणना २०७८ अनुसार यस राप्ती गाउँपालिका वडा नम्बर २ को जनसंख्या ७ हजार २३८रहेको छ। महिला ३७ सय ७५ र पुरुष ३४ सय ६३ रहेका छन्। यस वडामा १७४४ घरधुरी रहेका छन्।यहाँ थारु,बाहुन क्षेत्री,तामाङ, गुरुङ, मगर,दलित कुमाल र मुस्लिमहरुको बसोबास रहेको छ।

विभिन्न जातजातिको मिश्रित बस्ती रहेको यस वडाको मुख्य पेशा कृषि तथा पशुपालन हो यहाँको मुख्य बाली धान हो । यहाँ धान, मकै, गहुँ,तोरीको उत्पादन हुने गर्दछ। यहाँ फलफूल खेती तथा मौरी पालन पनि गरिन्छ। त्यस्तै यहाँका मानिसहरुले पशुपालन तथा कुखुरा पालनबाट आफ्नो आयआर्जन गर्ने गर्दछन्। यहाँका मानिसहरु स्वदेश तथा विदेशमा पनि रोजगारी गर्दछन्। यसको साथै व्यापार तथा सेवामूलक व्यवसायमा पनि संलग्न भएका छन्।
प्राकृतिक तथा सांस्कृतिक सम्पदा:
यस वडा अधिकतम भूभाग चुरे क्षेत्रले ओगटेको छ जहाँ चुरेका घना जंगल रहेको छ। यस वडामा दुृई वटा सामूदायिक वन र एक वटा सार्वजनिक वन रहेको छ। राप्ती नदी, करम्दी खोला र स–साना खहरेहरु रहेका छन्। यस क्षेत्रको सिचाइको प्रबन्ध यीनै पानीका श्रोतबाट हुने गरेको छ। यसै गरी यस वडामा मठ मन्दिर, मरुवा थान, मण्डली लगायतका आ आफ्नो जाति तथा समुदायका धर्म र संस्कारहरु रहेका छन्।
स्वास्थ्यको अवस्थाः यस वडामा एउटा आधारभूत स्वास्थ्य सेवा केन्द्र रहेको छ, भने एक वटा आधारभूत इकाइ केन्द्र र २ वटा गाउँघर क्लिनिक रहेका छन्।यस वडामा ८ जना स्वास्थ्य स्वयं सेविकाले सेवा दिदै आएका छन्। वडाले हरेक जेष्ठ नागरिकको घरमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। वडाले त्यसका लागि बजेट विनियोजन गरे। जेष्ठ नागरिकको घर घरमै पुगेर स्वास्थ्य सेवा दिदै आएको छ।
वडाध्यक्ष पहलमान चौधरीका मानवीय कार्यंहरु:




राप्ती गाउँपालिका वडा नम्बर २ मा भएका भौतिक विकासका पूर्वांधारहरु:


