१७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026

हामी सरजु नदीको उद्गम स्थललाई अयोध्यासंग जोड्न चाहान्छौ: वडाध्यक्ष पाण्डे


८ आश्विन २०८१, मंगलबार  



राजनीतिक इमान्दारिता र उच्च नैतिकताका पर्याय जनप्रतिनिधि हुन्,राममणी पाण्डे । श्रमजीवी वर्गको न्याय र मुक्तिको खातिर राजनीतिमा उदाएका उनको राजनीतिक योगदान र संघर्षको यात्रा लामो छ। विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा जमेका उनी घोराही उपमहानगरपालिका वडा नम्बर १ दाङका वडाध्यक्ष हुन्। स्थानीय विकासको क्षेत्रमा क्रियाशील उनलाई यस क्षेत्रका जनताले धेरै पटक मतबाट विश्वास प्रकट गरेका छन्। स्थानीय तहको दुबै निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित भएका राममणी पाण्डे यतिबेला यस क्षेत्रको धार्मिक पर्यटनको प्रवद्र्धनमा सक्रिय छन्।

भगवान रामचन्द्रको जन्मभूमि अयोध्यासंग सरजु नदीको उद्गम स्थललाई जोडेर यस क्षेत्रको पर्यटनमा नयाँ आयामको विकास गर्न उनी सक्रिय छन्। दाङ विकासको महत्वपूर्ण पर्यटनको पूर्वाधार र प्रवद्धानात्मक कार्य गर्दै आएका उनकै सक्रियतामा यस क्षेत्रमा राम मन्दिरसंगै रामभक्त हनुमानको मूर्ति स्थापना गरेका छन्। संसारकै अग्लो दाबी गरिएको हनुमानको मूर्ति निर्माणमा स्थानीयले ठूलो योगदान गरेका छन्।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  १ : ०४ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित