समाज र राजनीतिमा जमेका त्यस्ता एक क्रियाशील,विनयशील र सिर्जनशील जनप्रतिनिधि हुन्, मोहन न्यौपाने । उनी पूर्वी नेपालको ताप्लेजुङ जिल्लाको फूङलिङ नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष हुन्। पूर्वबाट घामको उषा झै राजनीतिमा उदाएका उनी स्थानीय तहका एक आशालाग्दो चम्किला उज्याला नक्षेत्र पनि हुन् ।

उनी बुबा कुलप्रसाद न्यौपाने र आमा हिमादेवी न्यौपानेको कोखबाट विक्रम २०४५ साल फाल्गुन ३ गते आइतबारका दिन जन्मिएका थिए। तीन दाजुभाइ र तीन दिदीबहिनी मध्येका माइला छोरा मोहन न्यौपानले विक्रम सम्वत २०६२ सालमा प्रवेशिका(एसएलसी) परीक्षा उत्तीर्ण गरेका थिए। वीरेन्द्र माध्यमिक विद्यालय फुङलिङ नगरपालिका –२ ताप्लेजङबाट उनले प्रवेशिका परीक्षा उत्तीर्ण गरेका हुन् ।त्यसैगरी वडाध्यक्ष न्यौपानले मानविकी संकायमा प्रविणता तह पाथीभरा बहुमुखी क्याम्पस फुङलिङबाट २०६८सालमा गरेका थिए। हाल उनी स्नातक तहको मानवीय संकायमा अध्ययनरत छन्। आधारभूत कम्युटर ज्ञान हासिल गरेका उनी सामाजिक सञ्जालमा पनि सक्रिय छन्। वडाबासीका हरेक गुनासा सुन्न र वडाका सूचना संप्रेषणका लागि उनी सञ्जालमा सक्रिय रहन्छन्। विशेष गरी उनी फेसबुक, मेसेन्जर र ट्वीटर चलाउछन्। समसामयीक विषयको अध्ययन गर्ने गर्दछन्।

योजना तर्जुमाको विषयमा उनले कार्यशालाको अनुभव गरेका छन्। जिल्ला समन्वय समिति ताप्लेजुङको आयोजनामा पहिलो चरणमा र दोश्रो चरणमा गरीउनले जिल्ला समन्वय समिति र प्रदेश सरकारको प्रशिक्षण केन्द्रबाट तालिम तथा प्रशिक्षण लिएका थिए ।
राजनीतिक जीवन
वडाध्यक्ष न्यौपाने औपचारिकरुपले राजनीतिमा २०६२÷६३ को जनआन्दोलनपछि संलग्न भए। दोश्रो जनआन्दोलनमा समाहित हुँदा उनी एमाले निकट विद्यार्थी संगठन अखिलको जिल्ला कमिटी सदस्य थिए । त्यस लगत्तै उनी सचिव भए, अनि अध्यक्षको नेतृत्व पनि लिए । विक्रम समवत २०७१मा नेकपा एमालेको जिल्ला लेखा परीक्षण आयोगको अध्यक्ष भए, आयोगको अध्यक्षसंगै सचिवालय सदस्यको जिम्मेवारीमा पुगेका थिए ।
उनी २०७४ स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा विजयी भए। नेकपा एमालेको सूर्य चिन्ह लिएर चुनावी मैदानमा पुगेका उनलाई जनताले भारी मतका साथ विजयी गराए । खसेको १ हजार ३ मतमा उनले ४५९ मत अर्थात ५१ प्रतिशत मत प्राप्त गरे । उनका निकटम् प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवार जंगबहादुर बस्नेतले जम्मा २ सय २६मत प्राप्त गरेका थिए । २०७५ जेष्ठ ३ मा एमाले र माओवादीबीच पार्टी एकीकरणबाट बनेको नेकपा ताप्लेजुङको जिल्ला कमिटी सदस्य भए । २०७७ पुस ५ मा तत्कालीन ओली सरकारले संसद विघटन गरेपछि एमाले पनि विभाजित भयो ।विभाजित एमालेपछि उनी २०७८ भदौ २६ गतेको जिल्ला भेलाबाट नेकपा एकीकृत समाजवादीको जिल्ला सचिव भए ।

त्यसैगरी उनी फेरी , २०७९ बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तरगत फुङलिङ नगर पालिका वडा नम्बर २ को वडाध्यक्षका लागि चुनावी मैदानमा उत्रिए । दोश्रो पटक कलम चिन्हबाट पनि विजयी भएका उनले ३७१ मत प्राप्त गरे। उनका निकटतम् प्रतिद्धन्द्धी एमालेका तुलसीराम पौडेललाई १०९ मतान्तरले पराजित गरेका थिए ।

सामाजिक जीवन:
राजनीति र कृषि पेशालाई एकैसाथ अघि बढाएका वडाध्यक्ष मोहन न्यौपाने, माध्यमिक तहमा अध्ययन गर्दा विक्रम सम्वत २०५८ सालमामा इको क्लबको अध्यक्ष बने। त्यसैगरी उनी जुनियर युवा रेडक्रस सर्कलमा आवद्धता भए । विक्रम सम्वत २०५९ मा ताप्लेजुङमा ठूलो पहिरो गएको थियो। त्यत्तिबेला ३५ मुरी मकै संकलन उनको नेतृत्वमा गरिएको थियो। त्यो संकलित अन्न ताप्लेजङुको रेडक्रसलाई बुझाइएको थियो ।
त्यसपछि विक्रम सम्वत २०६३ सालमा क्याम्पस तहमा युवा रेडक्रस सर्कलमा आवद्धता हुँदै , विक्रम सम्वत २०६६ देखि फुङलिङ उपशाखाको उपसचिव, विक्रम सम्वत २०७० साल जिल्ला शाखामा मनोनित सदस्य देखि निरन्तर विक्रम सम्वत २०७६ जिल्ला शाखा सदस्य,त्यसपछि उपकोषाध्यक्ष र विक्रम सम्वत २०७६ देखि कार्यबहाक कोषाध्यक्ष भएका थिए, रेडक्रसको जिल्ला शाखाको सदस्य भए। साथै ग्रामीण विकास सहयोग केन्द्र संस्था हुँदै गैर सरकारी संस्था महासंघको विक्रम सम्वत २०६५ देखि जिल्ला शाखा सदस्य, विक्रम सम्वत २०६८ मा जिल्ला शाखाको सचिव र विक्रम सम्वत २०७२ मा जिल्ला शाखाको अध्यक्ष भए, जतिबेला ताप्लेजुङ उत्कृष्ट जिल्ला शाखा भएको थियो । विक्रम सम्वत २०७४ को स्थानीय निर्वाचनमा विजयी भएपछि उनी फुङलिङ नगरपालिका प्रवक्ता भए,पछिल्लो पटकको निर्वाचनमा पनि उनी विजयी भएपछि नगरकार्यपालिका प्रवक्ताको जिम्मेवारीमा छन्। साथै पालिकाको वन वातावरण विपद् व्यवस्थापन समितिको संयोजक, सामाजिक विकास समितिको सदस्य र विभिन्न काल खण्डमा विभिन्न उपसमितिमा रहेर काम गरेको अनुभव छ, वडाध्यक्ष मोहन न्यौपानेसंग ।
विद्यालय र विजुलीमा उपलब्धि:
यतिबेला यस वडा नम्बर २ मा सत प्रतिशत विजुली विस्तार भएको छ। सबैक्ँ घर घरमा उज्यालो छ। वडाको साझेदारीमा मिनी मिटर वितरण गरिएको छ।यस वडामा ३ वटा सरकारी विद्यालय रहेका छन्। माध्यमिक एउटा र आधारभूत विद्यालय २ वटा रहेका छन् । निजी विद्यालय तीनवटा रहेका छन्। सरकारी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको संख्या ६ सयको हाराहारीमा रहेको छ। यस्तै एउटा निजी विद्यालय रहेको छ, जसमा अध्ययन गर्ने विद्यार्थी २५०को हाराहारीमा छन्। यहाँका सरकारी विद्यालयमा शिक्षक दरबन्दी २८ जनाको रहेको छ। यी सबै स्थायी दरबन्दी हो । २० जना शिक्षक निजी विद्यालयमा कार्यरत छन्।
जनसेवामा वडाध्यक्ष: सामाजिक सुरक्षा भत्तालाई व्यस्थित गरिएको छ। वडाध्यक्ष न्यौपाने हरेक दिन १० बजे पुगेर काम गर्दछन्। पन्जीकरण बाहेक सबै वडाध्यक्षले सेवा दिन्छन्। यस अघि आफ्नै वडा कार्यालय थिएन, उनले तीन महिना आफै कार्यालय खोलेर सन्चालन गरेका थिए । अहिले वडा सचिव र प्राविधिक र एक जना कार्यालय सहयोगी कार्यरत छन्। वडाले बाल श्रम मुक्त अभियानमा सञ्चालन गरेको छ। । यस्ता कार्यक्रम सामुदायिक विद्यालयमा अभियानको रुपमा संचालनगरिएको छ। विद्यालय छोड्ने दर घटाउने, बचत गर्ने बानीको विकास। बाल बचतको अभियान चलाइएको छ। । चालू आर्थिक वर्षदेखि यस्तो अभियान जारी छन्। घर घरमै गएर सामाजिक सुरक्षाको लागि खाता खोलिएको छ। भवन अपांग मैत्री बनेको छ। अपंगतालाई हेरेर सीप विकासको कार्यक्रम सन्चालन गरिएको छ। वडाबासीको अािर्थक उत्थानका लागि विभिन्न कार्यक्रह पनि संचालनमा छन्।