१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

म जनताको सेवक हुँ : वडाध्यक्ष पुरी


६ आश्विन २०८१, आइतबार  


लामो राजनीतिक विरासत भएका पाका जनप्रतिनिधि हुन्, थलराज पुरी। सधै जनताका सेवामा सर्मपित उनी उमेरले पाका भएपनि निकै सक्रिय छन्।वडाका जेष्ठ, अशक्त र महिलाका लागि उनी सधै प्राथमिकतामा राखेर काम र्गर्दछन्। राजनीतिलाई सेवा भाव राखेर क्रियाशील पुरी तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर १७ का जनप्रतिनिधि हुन्। कांग्रेसको राजनीतिमा संलग्न रहेर राजनीति गर्दै आएका वडाध्यक्ष थलराज पुरी एक इमान्दार, लगनशील र कर्तव्यनिष्ठ जनप्रतिनिधि हुन्। सामाजिक जीवन र राजनीतिक जीवनको संयोजनबाट समाजमा स्थापित स्थानीय नेता हुन्।


जब २०५८ सालमा देशभर संकटकाल लाग्यो ।तब माओवादी इतरका नेता कार्यकर्ता गाउँमा बस्न नसक्ने अवस्था भयो। सबैको भागाभागको अवस्था रह्यो। त्यसमा उनी पनि परे । तत्कालीन पञ्चायत कालमा सल्यान जिल्लाको सभापति भएका उनका बाबुको मृत्यपछि उनका दाजु भरत पुरी सल्यानको सभापति भएका थिए । पछि उनकै काकाका छोरा धुव्र पुरी पनि सल्यानका सभापति भएका थिए ।


लामो राजनीतिक पृष्ठभूमि भएका थलराज पुरी द्धन्द्धकालीन अवस्थामा पनि कांग्रेसकै छातामुनि रहेर काम गरे। उनी २०४० सालतिर नेपाल विद्यार्थी संघमा रहेर काम गरे। उनी माउ पार्टि नेपाली कांग्रेसको २०५० मा क्षेत्रीय प्रतिनिधिमा चुनिए । उनी अहिले पनि क्षेत्रीय प्रतिनिधि रहेको रुपमा छन्।

२०५१ देखि २०६८ मानपुरे सिचाइ कुलो जल उपभोक्ता समूहको नेतृत्व गरे। २०६८ उपभोक्ता समिति बनेपछि २०७४ सम्म उनी अध्यक्ष मै रहे । २०७४ पहिलो स्थानीय निर्वाचनमा उनी तुल्सीपर उपमहानगरपालिकाको वडा नम्बर १७को वडाध्यक्ष निर्वाचित भए,उनले २०७४ को स्थानीय निर्वाचनमा ११ सय ८९ मत प्राप्त गरेका थिए, भने उनका निकटतम् प्रतिद्धन्द्धी नेकपा एमालेका बामदेव खनालले १०७२ प्राप्त गरे। पुरीले १ सय ९ को मतान्तरले विजय हासिल गरेका थिए ।२०७९ बैशाख ३० गतेको निर्वाचनमा उनी १४८९ पाएर पाएर विजयी भए। उनले आफ्नो निकटतम् प्रतिद्धन्द्धी नेकपा एमालेका प्रदीप चौधरी भन्दा ३७ मत बढी लिएर जितेका थिए।फेरि विजयी भए। स्थानीय जनताले उनलाई पुनः अनुमोदन गरे। कांग्रेसभित्रका एक इमान्दार र स्वच्छ छवि भएका बेदागी स्थानीय नेता उनी जनताको नजरमा पटक- पटक रुचाइएका हुन्।

सामाजिक संलग्नता : समाजमा रहेका दुःखी,गरिब, असाहय, विपन्न, दलित, महिला तथा बालबालिकाहरुको क्षेत्रमा आफ्नो क्षमता र दक्षता अनुसार मानवीय सेवा गर्दै आएका छन्। उनीहरुका लागि भौतिक, आर्थिक तथा सामाजिक सेवा गर्दै आएका वडाध्यक्ष भएका पुरी राप्ती बबई क्याम्पसको संचालक समिति सदस्य , बेलझुण्डी खानेपानी उपभोक्ता समितिको सदस्य पनि भए । उनले मानपुरे सिचाइ जल उपभोक्ता संस्थाको संस्थापक अध्यक्ष रहेर काम गरे ।

राजनीतिलाई सेवा भावको रुपमा अप्नाउँदै आएका पुरीको आफ्नो व्यवसाय छ। उनको कमला राइस मिल आयल मिल र अजम्बर ट्रेडर्स पनि छ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  २ : ०६ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित