देशकै नमुना वडा बनाउने हुटहुटी, स्वप्निल सपना र नुतन योजना छ, माण्डवी गाउँपालिका वडा नम्बर ३ प्यूठानका वडाध्यक्ष धनेन्द्र कार्कीको।राजनीतिलाई सेवा भाव सम्झिने कार्की, यस क्षेत्रका शालीन, नम्र, विनयशील र क्रियाशील जनप्रतिनिधि हुन्। बुबा शोभबहादुर कार्की र आमा दानमाया कार्कीको कोखबाट विक्रम सम्वत २०३६ साल कार्तिक महिना ५ गते जन्मिएका थिए। उनी घरका सबै भन्दा जेठा छोरा हुन्। उनका पाँच भाइ र २ बहिनीहरु छन्।

उनको श्रीमती अजिता कार्की र छोरी स्मृति कार्की छिन्। वडाध्यक्ष कार्की, प्यूठान जिल्लाको हालको माण्डवी गाउँपालिका वडा नम्बर ३ मा व्यवसायीक तथा उद्यमी परिवारमा जन्मिएका थिए । २०५३ सालमा प्रवेशिका (एसएलसी) परीक्षा माण्डवी माध्यमिक विद्यालय नयाँगाउँ , प्यूठानबाट उत्तीर्ण गरेका थिए ।
बाबु शोभबहादुर कार्की र आमा दानमाया कार्कीको काखमै हुर्किएका उनी स्वास्थ्य सेवा तर्फ आकर्षित भए। कम्युटर ज्ञान हासिल गरेका उनले व्यवस्थापन संकायमा प्रविणता तह र स्वास्थ्य क्षेत्रमा ल्याब असिस्टेन्टको रुपमा अध्ययन गरेका छन्। सामाजिक सञ्जालमा सक्रिय छन् उनी । वडाबासीका हरेक गुनासा सुन्न र वडाका सूचना संप्रेषणका लागि उनी सञ्जालमा जोडिएका हुन्। वडाको सूचना अध्यवधिक गर्नेदेखि वडालाई कसरी व्यवस्थित बनाउन सकिन्छ, भनेर उनी स्वअध्ययनलाई पनि उत्तिकै प्राथमिकता दिन्छन्। वडाध्यक्ष भएर आएपछि उनले वडामा योजना तर्जुमा र छनौटको विषयमा पनि अध्ययन गर्ने गरेका छन्।
राजनीतिक जीवन:
जब, धनेन्द्र कार्की आफ्नो व्यवसायमा सक्रिय रहेका थिए, त्यत्तिबेला उनीमा आफ्नो गाउँ आफै बनाउन अघि सर्नुपर्दछ, भन्ने भावना जागृत भयो । गाउँको नेतृत्व गर्ने उदेश्यले उनी विक्रम सम्वत २०७० सालमा नेकपा एमालेमा आवद्ध भए । एमालेमा आवद्धता भएसंगै उनले आफ्नो राजनीतिक सक्रियतालाई अघि बढाए । पार्टी आवद्धतापछि उनी गाउँ बनाउने योजना र सपना लिएर विक्रम सम्वत २०७९ बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनको लागि माण्डवी गाउँपालिका वडा नम्बर ३ को वडाध्यक्षका लागि उम्मेदवार बने । पार्टीले उनलाई माण्डवी गाउँपालिका ३ को वडाध्यक्षको उम्मेदवारमा अघि सारेको थियो । उनले वडाध्यक्ष निर्वाचनमा शानदारले विजयी हासिल गरे।

आफ्नो निकट्तम प्रतिद्धन्द्धी भन्दा करिब तीन सय बढी मतको मतान्तरले उनी विजयी भए। ठूलो मतान्तरले विजयी हासिल गरेका उनै वडाध्यक्ष कार्कीले रााजनीतिलाई सेवा भावले अघि बढाएका छन् भने उनी आफ्नो व्यापार व्यवासायको पेशालाई पनि उत्तिकै सक्रियताका संगसैगै अघि बढाएका छन्।


सामाजिक जीवन :
राजनीतिलाई सेवाभाव र व्यापार व्यवसायलाई जीवन निर्वाहको रुपमा एकैसाथ अघि बढाएका वडाध्यक्ष धनेन्द्र कार्की धेरै वर्ष अघि गाउँका विभिन्न सामाजिक संगठनहरुमा संलग्न रहदै आएका थिए । गाउँको शिक्षा सुधार गर्ने उदेश्यका साथ उनी नयाँ गाउँको माण्डवी माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष भए।
आफैले अध्ययन गरेको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुँदा उलने विद्यालयको शैक्षिक गुणस्तर उकास्नुको साथै भौतिक संरचना निर्माणमा पनि उनी उत्तिकै दत्तचित्त भएर खटिए । विभिन्न सामाजिक संघ संगठनमा आवद्ध भइ अनुभव प्राप्त गरेका कार्की यस क्षेत्रका लोकपृय सामाजिक अभियान्ता पनि हुन् ।
वडाको परिचय र अवस्थिति: संघीय संरचना अनुसार साविकको नयाँगाउँको १देखि ९ वडालाई समेटेर माण्डवी गाउँपालिकाको वडा नम्बर ३ कायम गरिएको हो । समुद्री सतहबाट करिब ६ सय मीटरदेखि १२ सय मिटरको उचाइमा यो वडा फैलिएको छ। करिब २० वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यस वडाको हावापानी उष्ण र न्यानो प्रकारको छ। माडी९अर्थात माण्डवी नदीको छेउ किनारमा फैलिएको यस वडा भौगलिक हिसाबले पनि सुगम रहेको छ। यस वडाको उत्तरमा स्वर्गद्धारी नगरपालिका,पूर्वमा प्यूठान नगरपालिका, पश्चिममा माण्डवी गाउँपालिकाको वडा नम्बर ४ र दक्षिणमा १ नम्बर वडा पर्दछन्।

वडामा सरकारी अड्डाहरु :यस वडा नम्बर ३ मा माण्डवी गाउँपालिकाको प्रशासनिक कार्यालय जसपुर,ट्राफिक कार्यालय,प्रहरी बीट, बैक,आयल स्टोर्स रहेका छन्।१२ मेगावाटको राष्ट्रिय प्रशारण लाइनमा जडित झिम्रुक जलविद्युत आयोजना यसै वडाको दारिमचौरमा रहेको छ। सडक डिभिजन कार्यालय प्यूठान,इलाका प्रशासन कार्यालय,करदाता सेवा कार्यालय,नापी कार्यालय, मालपोत कार्यालय रहेका छन्।यसै वडाको माण्डवी गाउँपालिकाको गौरवको आयोजना अन्तरगतको खेलकुद मैदान छ।
जनसंख्या र जातिगत संरचना र रोजगारीः
संघीय संरचनना अनुसार यस माण्डवी गाउँपालिका वडा नम्बर ३ साविकको नयाँगाउ गाउँ विकास समितिको १ देखि ९ वडासम्मलाई समेटेर बनाइएको हो । करिब २० वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यस वडामा जनगणना २०७८ अनुसार १०४३ घरधुरीमा ३८ सय ९८ जनसंख्या रहेको छ। जसमा १७०४ पुरुष र २१९४ महिला रहेका छन्। यस वडामा अधिकांश कृषि पेशामा आवद्ध छन्।

व्यापार तथा होटेल क्षेत्रमा रोजगार र स्वरोजगार रहेका छन्। यहाँ विशेष गरी ब्राम्हण, क्षेत्री, जनजाति र दलित समुदायको मिश्रित बस्ती रहेको छ। अधिकांश जातजातिले हिन्दू धर्म मान्दछन्, थोरै प्रतिशतमा अन्य धर्ममा आस्था राख्नेहरु पनि रहेका छन्।
कृषिको अवस्था : यस वडामा बाहुन क्षेत्री, सन्यासी, जनजाति र दलितहरुको बसोबास रहेको छ । यस वडाका नागरिकको मुख्य पेशा कृषि हो, उर्वर भूमि भएको कारणले पनि यस क्षेत्र कृषिका लागि निकै उपयुक्त छ। कुल क्षेत्रफलको करिब ५० प्रतिशत क्षेत्रफलमा खेतीपाति गरिन्छ।यस वडाको धान,मकै गहुँ लगायतका मुख्य बाली हुन्।

वडा तथा पालिकाबाट कृषिमा आयमूलक खेतीलाई प्रोत्साहन गरिएको छ। धान खेती यहाँको मुख्य बाली भएपनि यस वडालाई च्याउको पकेट क्षेत्र घोषणा गरिएको छ। वडाले च्याउ खेतीलाई प्रवद्र्धन गर्न हालसम्म १८ लाख लगानी गरेको छ।

नगदे बालीलाई प्रोत्साहन गरी तरकारीमा आत्मनिर्भर बनाउन थालिएको छ। वडा तथा पालिकाबाट कृषि यन्त्र तथा लिफ्ट सिचाइलाई प्राथमिकतामा राखी धेरै क्षेत्रफलमा सिचाइको प्रबन्ध गरिएको छ।

त्यसैगरी यस वडामा पशु बीमा कार्यक्रम सञ्चालनमा छ। खोर सुधार तथा बोका खरिद गरी कृषकलाई उपलब्ध गराइएको छ। पशु सेवाका प्राविधिकलाई वडाका सबै टोलमा परिचालन गरी लम्पी स्किृन र रेबिज जस्ता रोग विरुद्ध खोप उपपलब्ध गराइएको छ। जसको नियमित सेवा प्रदान गरिएको छ। यसको साथै वडामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत दुई हजार मिटर पककी कुलो निर्माण,गोरेटो बाटो र सार्वजनिक धारा निर्माण गरिएको छ।
वडामा स्वास्थ्य कार्यक्रमः नागरिकको स्वास्थ्य सेवालाई विशेष महत्व दिइएको छ। हरेक पटक वडाले सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बेला टोल टोलमा स्वास्थ्य जाँच गरिन्छ। वडाबासीको स्वास्थ्य अवस्थाको जानकारी लिनुको साथै पूर्ण संस्थागत सुरक्षित मातृत्व घोषणा गरी शून्य होम डेलिभरी लागू गरिएको छ।

यसको साथै हरेक विद्यालयहरुमा स्वास्थ्य चेकजाँच तथा औषधि वितरण गरिदै आइएकोछ। विद्यालयमा स्वास्थ्य शिक्षा सम्बन्धि विभिन्न जानकारीमूलक कार्यक्रमको आयोजना हुने गरेको छ।जेष्ठ नागरिक अपांग तथा सुत्केरीका लागि निशुल्क एम्बुलेन्स सेवा सञ्चालन हुँदै आएको छ। उनीहरुको उपचारपछि घरमै पुगेर भेटघाटमा स्वास्थ्य अवस्थाको विषयमा वडाले जानकारी लिने गरेको छ। वडामा १ वटा स्वास्थ्यचौकी, १ वटा प्रयोगशाला ल्याब रहेका छन्।

आर्थिक श्रोतः वार्षिक आम्दानी १० लाख, सिफारिस दस्तुरबाट प्राप्त हुने गर्दछ। प्रदेश र संघीय सरकारबाट प्राप्त पालिका अनुदानबाट भौतिक तथा मानवीय विकासका काम भइरहेका छन्। खोलाको गिट्टी बालुवाबाट आम्दानी हुने गर्दंछ।
७०वडा भवन तथा सडक पहुँचः वडा भवन छ। पुरानै यथावत छ। १२ वटा टोलमा सडक पहुँच, कच्ची सडक । विजुली, खानेपानी ८० प्रतिशत । आउने वर्षमा सतप्रतिशत पुराउने लक्ष्य छ।वडा कार्यालयको आफ्नै पुरानो भवन रहेको छ। सबै टोलहरुलाई जोडिएको छ। सडकलाई पक्की बनाउँदै सहजै टोलमा पुग्न सकिने गरी काम भइरहेको छ।
मानवीय सेवा तथा निर्माणमा वडाध्यक्ष:
घरदैलोमा व्यक्तिगत घटना दर्ता अभियान ।
सामाजिक सुरक्षा भत्ता टोल टोलमा वितरण ।
वडाध्यक्षको नेतृत्वमा चुल्हो चौको कार्यक्रमको अभियान ।
वडाका हरेक टोलहरुमा उज्यालो अभियान कार्यक्रम सञ्चालन ।
शोकमा सम्वेदना र भेटघाट कार्यक्रम ।




माण्डवी माध्यमिक विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)उत्तीर्ण गरेका विद्याथीलाई सम्मान कार्यक्रम ।
दलित र गैर दलितबीचको विवाहित जोडीको सम्मान कार्यक्रम सञ्चालन ।


प्रधानमन्त्री रोजगार कार्यक्रममा जनप्रनिनिधिबाट कम्तीमा एक दिन श्रमदान।
वडाध्यक्षको जन्मदिन गरिब विपन्न विद्यार्थी र जनसमुदायसंगै मनाउने संस्कृतिको अभ्यास।
वडाको जनप्रतिनिधिबाट विभिन्न समयमा बजार तथा सार्वजनिक स्थलहरुको सरसफाइ कार्यक्रम।
जनतासंग प्रत्यक्ष भेटेर निर्वाचित भएको एक वर्ष भित्रमा भए गरेका कामको समीक्षा।




आफ्नै सुविधाबाट सामाजिक सेवा: वडाध्यक्ष धनेन्द्र कार्कीले आफूले कानूनसम्मत राज्यबाट पाउने सेवा सुविधा वापतको रकम सामाजिक क्षेत्रमा खर्चिने गरेका छन्। सामाजिक विकास तथा भौतिक निर्माण र मर्मतका लागि उनले यस्तो सहयोग गर्ने गरेका हुन्। आर्थिक वर्ष २०७९÷८० मा ५ हजार माथिका १६ वटा सहयोग गरेको देखिन्छ। त्यसको विवरण यस प्रकार छ।

पानीको प्रबन्ध :यस वडामा एक घर एक धारा अभियान जारी छ। ८० प्रतिशत घरधुरीमा शुद्ध पिउने पानीको उपलब्धता छ। यसै चालू आर्थिक वर्ष २०८१÷८२ भित्र थप २० प्रतिशत घरधुरीमा शुद्ध पिउने पानीको प्रबन्ध गर्ने गरी एक घर एक धारा अभियानलाई अघि बढाइएको छ।

विद्यालय र विजुली : यस वडामा माण्डवी नमुना माध्यमिक विद्यालय १, आधारभूत तहका विद्यालय २ र प्राथमिक तहका विद्यालय ३ गरी ६वटा सरकारी विद्यालय रहेका छन्, भने यस वडामा २ वटा निजी विद्यालयहरु सञ्चालनमा छन्। सार्वजनिक र निजी गरी यस वडाका विद्यालयमा विद्यार्थीले अध्ययन गर्दछन् ।



वडाले शैक्षिण गुणस्तरका लागि विद्यालयको अनुगमन तथा नयाँ योजनाहरु ल्याउने गरेको छ। विद्यालयमा करिब ३३ प्रतिशत बजेट विद्यालयको भौतिक तथा शैक्षिक सुधारमा विनियोजन गर्ने गरेको छ, साथै यस कक्षा ८ सम्मको विद्यालय शिक्षालाई पूर्ण निशुल्क बनाइएको छ। गरिब विपन्न र उपेक्षित समुदायका बालबालिकाको अध्ययनका लागि विभिन्न कार्यक्रमहरु सञ्चालनमा छन्।


हरेक घरधुरीमा विजुलीको उपलब्ध गराइएको छ। आर्थिक अवस्था कमजोर भएकाहरुका लागि मिटर जडान गर्न र कालो तारको लागि अनुदान दिइएको छ।बजारका चोक र गल्लीमा सेट लाइट जडान गरी उज्यालो वडा घोषणा गरिएको छ।

चालू आयोजनाहरु :माण्डवी गाउँपालिका वडा नम्बर ३ मा आर्थिक वर्ष २०८१÷८२ का लागि सञ्चािलत आयोजनाहरु । सडकदेखि सिचाइका लागि डीप बोरिङसम्मका कार्यक्रमहरु सञ्चालनमा रहेका छन्।

वडाको भावि योजना:


क्रमश ……….








