लामो सरकारी जागिरे जिन्दगीपछि राजनीतिमा उदाएका पाका जनप्रतिनिधि हुन्, मैते पुन मगर। बंगलाचुली गाउँपालिका वडा नम्बर २ दाङको वडाध्यक्ष पदमा रहेर जनताका सेवा गरिरहेका मानिस हुन् उनी । विक्रम सम्वत २०३१ साल बैशाख १ गते नयाँ वर्षको पहिलो दिनमा जन्मिएका उनी निकै सरल, सहज र सक्रिय छन्। बाबु मानबहादुर पुन मगर र आमा काली पुनमगरका छोरा हुन् उनी । वडाध्यक्ष पुनका तीन दाजुभाइ र एक बहिनी रहेकी छिन्।

राजनीतिक संलग्नताः
२०५३ बैशाखमा नेपाल प्रहरीमा भर्नाका थिए, वडाध्यक्ष पुन । लामो सरकारी सुरक्षा निकायमा रहेर राष्ट्र सेवा गरेका पुन २०६९ माघ ८मा निवृत्त भएका हुन्। जागिरको निवृत्तपछि उनी नेपाली कांग्रेसमा आवद्ध भए,बंगलाचुली गाउँपालिकाको रहेको यस साविकको वडाको उपसभापति २०७१ सालमा ।

उनी पहिलो पटक २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा बंगलाचुली गाउँपालिकाको वडा नम्बर २ को वडा निर्वाचनमा उम्मेदवार बने। तर, उनी ४ मतले पराजित भए । नेकपा माओवादी मेघबहादुर रानामगरबाट उनी पराजित भएका थिए । २०७६ को १४ औ महाधिवेशनबाट पार्टीको वडा सभापतिमा निर्वाचित भए वडाध्यक्ष पुन । २०७९ बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनका लागि फेरी उनी वडा नम्बर २ का लागि उम्मेदवा बने । वडाध्यक्षमा ७६२ मत प्राप्त गरी विजयी भए। उनका निकटतम् प्रतिद्धन्द्धी मेघबहादुर राना मगर भन्दा ६२ मत बढीले विजयी भएका हुन्।
वडाको अवस्थिति:
यो दाङ जिल्लाको बंगलाचुली गाउँपालिकामा रहेको एक वडा हो । राष्ट्रिय जनगणना २०७८ अनुसार यहाँको जनसंख्या २ हजार बढी रहेको छ। स्थानीय निर्वाचन २०७९ अनुसार यहाँको मतदता संख्या १६ सय ७२ रहेको छ। यस क्षत्र साविकको स्यूजा गाविकासको २ नम्बर हो यस वडाको पश्चिमतिर घोराही १८ पर्दछ। दक्षिणमा घोराही ४ र १ वडा, उत्तरमा घोराही उपमहानगर १९, पूर्वमा बंगलाचुलीको १ वडा पर्दछ।
दुई वर्षको कार्यकालका उपलब्धि:


