९ भाद्र २०८३, मंगलबार | Wed Aug 26 2026

बाहिरी चक्रपथ निर्माणको नाममा साढे १५ करोड खर्च ,चक्रपथ निर्माण अनिश्चित !


१ जेष्ठ २०८२, बुधबार  


विक्रम सम्वत २०५८ सालमा काठमाडौ उपत्यकाको बाहिरी चक्रपथको अवधारणा ल्याइएको थियोे । अवधारणा आएको २२ वर्षसम्म पनि बाहिरी चक्रपथ बन्न सकेको छैन।

तर,बाहिरी चक्रपथ निर्माणको नाममा साढे १५ करोड खर्च भएको महालेखा परीक्षकको औल्याएको छ ।महालेखा परीक्षकको कार्यालय अनुसार आयोजना सुरु नै नभई आयोजनाको प्रशासनिक काममा हालसम्म १५ करोड ४३ लाख ४६ हजार रुपैयाँ खर्च भएको हो।

बुधबार सार्वजनिक महालेखापरीक्षकको प्रतिवेदनमा आयोजना कार्यान्वयन सम्बन्धमा सहरी विकास मन्त्रालयले नीतिगत स्पष्टता ल्याउनुपर्नेमा जोड दिइएको छ ।

सरकारले २०६०/६१ मा प्रतिआना पाँच लाख रुपैयाँ दरले ५० मिटर फराकिलो ७१.९६ किलोमिटर सडक निर्माणका लागि जग्गा अधिग्रहण गर्न ५६ अर्ब खर्च लाग्ने अनुमान गरेको थियो ।

प्रकाशित मिति : १ जेष्ठ २०८२, बुधबार  ५ : ०२ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित