३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

सार्वजनिक ऋण करिब पौने २७ खर्ब , एक वर्षमा थपियो २ खर्ब ३१ अर्ब


५ श्रावण २०८२, आइतबार  


गएको आर्थिक वर्ष २०८१र८२ मा सरकारको सार्वजनिक ऋण दायित्व दुई खर्ब ३१ अर्ब ५४ करोड रुपैयाँ थपिएको छ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्ष २०८०र८१ को असार मसान्तसम्म कुल सार्वजनिक ऋण दायित्व २४ खर्ब ३४ अर्ब नौ करोड रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०८१र८२ को असार मसान्तमा आइपुग्दा २६ खर्ब ६५ अर्ब ६३ करोड रुपैयाँ पुगेको हो।

राजस्व कम उठ्दा सरकारले विकास निर्माणका परियोजना, पूँजीगत खर्च तथा अन्य नियमित आवश्यकताहरू पूरा गर्न आन्तरिक र वैदेशिक ऋण लिनुपर्ने अवस्था आएको हो।

पछिल्ला वर्षहरूमा राजस्व स्रोत विविधीकरण र वृद्धि हुन नसक्दा सरकार ऋणकै भरमा बजेट निर्माण गर्न बाध्य भएको छ। खासगरी चालु खर्च धान्न कठिन हुँदा विकास खर्चका लागि ऋण लिनुपर्ने बाध्यता झनै गहिरिँदो छ।

सार्वजनिक ऋणमा कुल आन्तरिक ऋण दायित्व १२ खर्ब ६६ अर्ब ९८ करोड रुपैयाँ र बाह्य ऋण १३ खर्ब ९८ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ।

पछिल्लो आर्थिक वर्ष मात्रै सरकारले २ खर्ब ८१ अर्ब ६३ करोड रुपैयाँ ऋणको सावाँ र ७० अर्ब ११ करोड रुपैयाँ ब्याज मात्र तिरेको छ। यसले सरकारको ऋणभारसँगै सेवा ९सावाँ(ब्याज भुक्तानी० खर्च पनि तीव्र रूपमा बढिरहेको देखाउँछ।

गएको ७ वर्षमा ऋणको अवस्था

राजस्व नबढ्दा ऋण लिनुपर्ने बाध्यता पछिल्ला पाँच वर्षमा तीव्र गतिमा बढेको छ। आर्थिक वर्ष २०७५र७६ मा सार्वजनिक ऋण १० खर्ब ४८ अर्ब रुपैयाँ मात्र थियो। त्यसको तीन वर्षभित्रै यो ऋण झन्डै तीन गुणाले बढेर २० खर्ब नाघ्यो।

आर्थिक वर्ष २०७६्७७ मा ऋण १४ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको सार्वजनिक ऋण आर्थिक वर्ष २०७७्७८ मा यो बढेर १७ खर्ब ३७ अर्ब पुगेको हो।

यस्तै आर्थिक वर्ष २०७८्७९ मा २० खर्ब ११ अर्ब ५८ करोड पुगेको सार्वजनिक ऋण आर्थिक वर्ष २०७९्८० मा २२ खर्ब ९९ अर्ब रुपैयाँ नाघ्यो। आर्थिक वर्ष २०८०्८१ मा २४ खर्ब ३४ अर्बमा पुगेको सार्वजनिक ऋण, अहिले २६ खर्ब ६५ अर्ब पुगेको छ ।

यश आर्थिक वर्षमा ६ खर्ब ऋण थप्दै सरकार

सरकारले आगामी आर्थिक वर्ष २०८२्८३ का लागि १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट ल्याएको छ। त्यसमा १३ खर्ब १५ अर्ब रुपैयाँ राजस्वबाट संकलन गर्ने लक्ष्य राखिएको छ। बाँकी रकम वैदेशिक अनुदान, वैदेशिक ऋण र आन्तरिक ऋणबाट जुटाउने सरकारको योजना छ।

अर्थमन्त्री विष्णु पौडेलले पेस गरेको बजेट अनुसार आगामी वर्ष सरकारले कुल ५ खर्ब ९५ अर्ब रुपैयाँ ऋण लिनेछ। यसमध्ये २ खर्ब ३३ अर्ब वैदेशिक र ३ खर्ब ६२ अर्ब आन्तरिक ऋण हुनेछ।

प्रकाशित मिति : ५ श्रावण २०८२, आइतबार  ६ : ०३ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित