३ बैशाख २०८३, बिहिबार | Fri Apr 17 2026

युनाइटेड अजोड ईन्स्योरेन्सको चार लाख कित्ता शेयर बिक्रीमा


१३ पुस २०८१, शनिबार  



युनाइटेड अजोड इन्स्योरेन्सले ४ लाखभन्दा बढी कित्ता सेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीले विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको ४ लाख ७ हजार १८२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

संस्थापक सेयरधनी आईजे ग्रुपको नाममा रहेको ३ लाख ७४ हजार ४५ कित्ता र राधेश्याम अग्रवालको नाममा रहेको ३३ हजार १३७ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । आईजे ग्रुपको नाममा रहेको सेयरको न्यूनतम भाउ २२५ रुपैयाँ र राधेश्याम अग्रवालको नाममा रहेको सेयर न्यूनतम मूल्य प्रतिकित्ता २७५ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (पुस १२ गते) बाट ३५ दिनभित्र युनाइटेड अजोड इन्स्योरेन्सको प्रधान कार्यालय, सीटीसी महल काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई शिलबन्दी निवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  ९ : ०४ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित