४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

घोराही उपमहानगरमा कानुन विपरीत कर्मचारीलाई एक करोड ३८ लाख बढी तलब


१२ असार २०८२, बिहिबार  


महालेखा परीक्षकको प्रतिवेदन अनुसार घोराही उपमहानगरपालिकाले दरबन्दी बेगरका कर्मचारीको नाममा करिब डेढ करोड भुक्तानी गरेको पाइएको छ। महालेखाको आर्थिक वर्ष २०८०÷८१को प्रतिवेदन अनुसार यस पालिकाले करार कर्मचारीका नाममा एक करोड ३८ लाख १७ हजार ६२६ रुपैया तलब भत्ता भुक्तानी गरेको पाइएको हो।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८३ मा स्थानयि सरकारले स्थायी प्रकृतिको कामको लागि आवस्यक पर्ने तथा सेवा करारमा लिने कर्मचारीको लागि लाग्ने खर्चको श्रोत समेत विश्लेषण गरी दरबन्दी प्रस्ताव गर्नुपर्ने र यस्तो दरबन्दीको व्यवस्थापन सर्वेक्षण गरी पालिकाको नगर सभाबाट स्वीकृत गराउनुपर्ने व्यवस्था छ।

तर, यस पालिकाले स्वीकृत बेगरका ३२ जना सामाजिक परिचालक र अन्य सहायक पदमा कर्मचारी नियुक्त गरी एक करोड ३८ लाख १७ हजार ६२६ रुपैया तलब भत्ता भुक्तानी गरेको पाइएको छ। नगर सभाबाट स्वीकृत बेगर करार कर्मचारी नियुक्त गरेर भुक्तानी गरिनु अनियमित भएको महालेखाले भनेको छ।

प्रकाशित मिति : १२ असार २०८२, बिहिबार  २ : ०५ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित