३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025

नेपालका लागि जापानी राजदूत मायादा तोरु र मेयर बालेन्द्र साहबीच भेटवार्ता


१८ बैशाख २०८२, बिहिबार  


काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सँग नेपालका लागि जापानका राजदूत मायादा तोरुले शिष्टाचार भेट गरेका छन्।

राजदूत ताेरू र मेय साहबीच बुधबार प्रमुख साहहको कार्यकक्षमा भेटघाट भएको हो ।

भेटमा सहरी विकास निर्माण, विकास व्यवस्थापन र सुविधा वितरणका आपसी अभ्यास र सिकाइका विषयमा कुराकानी भएको थियो । कुराकानीका क्रममा प्रमुख शाहले, काठमाडौँको सांस्कृतिक पहिचान अद्वितीय रहेको उल्लेख गरे। सांस्कृतिक मूर्त सम्पदा र मौलिक खानेकुरासँग सामाजिक तथा सांस्कृतिक जीवनको सम्बन्धका विषयमा जानकारी गराए।

राजदूत तोरुले, काठमाडौँ र जापानका सहरहरूका बिचमा सहरी आचरण सम्बन्धी आपसी ज्ञान र सिप आदानप्रदानको प्रशस्त सम्भावना रहेको उल्लेख गरे।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहिबार  १२ : ०६ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित