आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनको माहोल तातिरहेको बेला दाङ २ चर्चामा छ।
केपी ओली दाहिने हात मानिने एमाले महासचिव शंकर पोखरेल दाङ २ बाट चुनाव लडे जित्ने सम्भावना कति छ भनेर आँकलन हुन थालेको छ।
पटकपटक निर्वाचन हारेका उनले२०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि कांग्रेस माओवादी गठबन्धनबाट पराजित भएका थिए।
कांग्रेस र मा ओ वादी अप्राकृतिक गठबन्धनले उनलाई पराजित गर्न सकस परेको थियोे ।जतिबेला एमालेको जनमत बलियो थियोे ।
गठबन्धनप्रति मतदाता रुष्ट थिए।कांग्रेस, माओवादीलगायत दलहरूबिच त्यतिबेला बनेको चुनावी गठबन्धन पोख्रेलका लागि घातक सावित भयो। उनी झिनो एक सय ९७ मतान्तरले पराजित भएका थिए । कांग्रेसको दरिलो साथले निर्वाचित शर्माले २६ हजार आठ सय ७७ मत प्राप्त गर्दा एमालेका महासचिव पोख्रेलले २६ हजार ६ सय ८० मत प्राप्त गरे।
२०७४ को निर्वाचनमा प्रदेशसभामा भिडेका पोख्रेल २०७९ मा प्रतिनिधिसभा प्रवेश गर्न चाहन्थे। त्यसो त २०७४ कै निर्वाचनमा पनि उनी प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बन्ने आकांक्षामा थिए, तर माओवादीसँगको त्यतिबेलाको चुनावी गठबन्धनले उनलाई लुम्बिनी प्रदेशको मुख्य मन्त्री बन्ने अवसर दियाे ।
एमालेमा जबजको व्याख्याकारको रूपमा उदाएका उनी पछिल्लो समय ओली भक्तिमै तल्लीन छन् ।गएको भदौ २३ को जेनजी विद्रोहमा तत्कालीन ओली सरकारले गरेको नरसंहारको बचाउ गरेकोले उनलाई यसपटक चुनाव जित्न निकै महंगो पर्ने विश्लेषण हुन थालेको छ।
मुख्य मन्त्री र मन्त्री भइसकेका शंकरलाई परिवारवादी र गुटवादी नेताको रूपमा हेरिन्छ।राजनीतिक शक्तिको आडमा सरकार अवसर सेटिङ गर्नमा उनी माहिर छन् । आममतदातासंग सहजै नखुल्ने उनको स्वभाव छ। उनको यस्तो स्वभावले २०७० को दोश्रो संविधानसभा निर्वाचन सर्मनाक हार बेहोरेका थिए।
गएको चुनावमा गठबन्धनका कारण पराजित हुनु परेको उनका गुटका कार्यकर्ताहरूको तर्क छ।त्यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले १६ हजार बढी मत लिएर एमाले र गठबन्धनको मत काटेर तेस्रो भएका थिए।जबकि त्यतिबेला एमालेको लोकपृयता थियोे ,गठबन्धन बदनाम थियोे ।
पछिल्लो समय १५ महिना कांग्रेससंग सत्ता साझेदार गरेको एमालेमाथि नरसंहारको गम्भीर आरोप छ। कलिला युवाको हत्याको नैतिक तथा पदीय जिम्मेवारी नलिने केपी ओलीलाई बोकेकै कारण शंकरलाई दाङ २ मा मुश्किल हुने अनुमान छ।
यति मात्रै होईन, एमालेमा इश्वर पोखरेल नआ इ ओ ली दोहोरिए थप क्षति हुनेछ भने रास्वपा लगायतका नयाँ दलहरू एमाले र कांग्रेसको मुख्य प्रतिस्पर्धी हुने भए पछि शंकरलाई झनै गाह्रो हुने देखिएको हो। मतदातामा उनले गुमाएको विश्वास र पार्टी भित्रको गुटगत समस्या। अनि भर्खरैका महाधिवेशन प्रतिनिधि छनौटले उनी पार्टी भित्र र बाहिर निकै कमजोर भएका छन् ।
त्यसैमा पनि गएको १० वर्षमा ओली ६५ महिना प्रधानमन्त्री भए ।तर, दाङको विकास कन्तविजोग छ।चारलेन सडक र टरिगाउ विमानस्थल जस्ता महत्त्वपूर्ण विकासका काम अलपत्र छन् । पछिल्लो समय सरकारले चारलेन अघि बढाएको छ। यद्यपि काम हुन थालेको पछि कांग्रेस एमाले र नेकपाका वफादार कार्यकर्ता र नेताबीच हानथाप छ। सरकारमा भएको बेला सिन्को नभाँचेकाहरूले अहिले जस लिन झुठा तर्क गर्दैछन् । मतदाताले अब यी पुराना र टेस्टेडहरूलाई विदाइ गरि नयाँलाई जिताउने स्थानीय अगुवा बताउँछन् ।








