२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

राष्ट्र बैंककाे माैद्रिक नीतिकाे समीक्षा सार्वजनिक,मुद्रास्फीति ५ प्रतिशत मै !


१४ मंसिर २०८१, शुक्रबार  



नेपाल राष्ट्र बैंकले राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीतिको त्रैमासिक समिक्षा सार्वजनिक गरेको छ।

शुक्रबार सार्वजनिक गरिएको मौद्रिक नीतिको समीक्षामा नीतिगत व्यवस्थाहरु यथावत् राखिएको छ ।

मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५ प्रतिशत, ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३.०० प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको
माथिल्लो सीमाको रुपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत राखिएको राष्ट्र बैंकले जनाएको छ ।

मुद्रास्फीति ५ प्रतिशतको सीमा भित्रै रहने अनुमान गरिएको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीतिको त्रैमासिक समिक्षा सार्वजनिक गर्दै यस्तो अनुमान गरेको हो ।
त्यसै गरी,चालु आर्थिक वर्षमा वार्षिक औसत मुद्रास्फीति ५ प्रतिशतको सीमा भित्र रहने अनुमान गरिएको छ ।

पहिलो त्रयमाससम्म मुद्रास्फीति लक्षित सीमाभित्र रहेको केन्द्रिय बैंकले जनाएको छ । भारतमा पछिल्लो समय खाद्यान्न समूहको मुद्रास्फीतिमा चाप पर्न गई विगत दुई महिनादेखि समग्र मुद्रास्फीति बढेको छ ।

अधिकांश केन्द्रीय बैंकहरुले नीतिगत दर घटाउन शुरु गरेको अवस्थामा समेत मुद्रास्फीतिमा चाप कायम रहेको कारण भारतीय रिजर्भ बैंकले नीतिगत दरलाई यथावत राखेको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य स्थिर रहन गई गैर–खाद्य समूहको मूल्यमा भने थप चाप नपर्ने अनुमान गरिएको हो । त्यसकारण पनि पनि चालु आवमा वार्षिक औसत मुद्रास्फीति ५ प्रतिशतको सीमाभित्र रहने अनुमान छ ।

भारतमा खाद्य समूहको मुद्रास्फीति उच्च रहेको अवस्थामा मध्यपूर्वी एशियाली मुलुकमा विद्यमान भू–राजनीतिक तनाव तथा थप जटिल हुँदै गएको रुस युक्रेन युद्धका कारण आपूर्ति श्रृंखलामा व्यवधान पुग्नसक्ने र यसबाट उपभोक्ता मूल्यमा चाप पर्न सक्ने जोखिम भने यथावत छ ।

त्यसैगरी, अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातलाई यथावत राखिएको छ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ११ : ०७ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित