३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

ताेरी उत्पादनमा दाङ ‘ टप फाईभ’मा, वर्षेनी ४ प्रतिशतले खेतीयोग्य जमिन मासिदै !


११ मंसिर २०८१, मंगलबार  



उर्वर माटाे र न्यानो हावापानीका कारण दाङ ताेरी उत्पादनले देशकै एक अब्बल जिल्ला मानिन्छ। गएका वर्षहरूमा दाङमा १८ हजार हजार क्षेत्रफलमा ताेरी उत्पादन हुँदै आएकाेमा गएको वर्षमा १६ हजार हेक्टरमा ताेरी खेती गरिएको छ। जसबाट करिब १७ हजार मेट्रिक टन ताेरी उत्पादनकाे गरिएको थियोे । आर्थिक वर्ष २०७८/७९ मा दाङमा ३१ हजार मेट्रिक टन ताेरी उत्पादन भएको थियोे ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेका अनुसार गएकाे वर्ष दाङमा १६ हजार चार सय १० हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएको थियो । त्यसबाट करिब १७ हजार मेट्रिक टन तोरी उत्पादन भएको हाे । यश वर्ष पनि करिब १६ हजार मेट्रिक टन ताेरी उत्पादन हुने अनुमान गरिएकाे छ। पछिल्लो समय खेतीयोग्य जमिन शहरीकरणका नाममा मासिदै गएपछि ताेरी उत्पादन पनि घटेकाे कृषि विज्ञ लामिछाने बताउँछन् ।

यद्यपि गएकाे वर्षको तुलनामा यस वर्ष उत्पादन बढ्ने अनुमान गरिएको उनको भनाइ छ । यस वर्ष १६ हजार चार सय ८७ हेक्टर क्षेत्रफलमा खेती गरिएको छ भने त्यसबाट १७ हजार आठ सय ६ मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको लामिछानेको भनाइ छ । माैसमका कारण यस वर्ष गएकाे वर्षभन्दा ५ प्रतिशतले उत्पादन बढ्ने अनुमान गरिएको छ ।

दाङ देशभरका ताेरी उत्पादन गर्ने जिल्लामा टप फाईभमा पर्दछ। सरकारी तथ्यांक अनुसार माेरङ,सुनसरी,कैलाली दाङ र नवलपरासी पर्दछन्।
दाङ जिल्लामा सबैभन्दा बढी शान्तिनगर गाउँपालिका, बबई गाउँपालिका ,गढवा र दङ्गीशरण गाउँपालिकामा तोरीको व्यावसायिक खेती गर्ने किसानको सङ्ख्या धेरै रहेको छ।


दाङमा प्रति वर्ष ४ प्रतिशतका दरले खेतीयोग्य जमिन मासिदै गएकाे छ। शहरीकरणका नाममा खेतीयोग्य जमिन मासिदै जानू र खेती परम्पराबाट विमुख हुने प्रवृत्तिलले उत्पादनमा कमी आएकाे हाे। दाङको कुल क्षेत्रफल २ लाख ९५ हजार ५ सय हेक्टर क्षेत्रफल मध्ये ७० हजार हेक्टर खेतीयोग्य जमिन रहेको छ।यश मध्ये ३८ हजार हेक्टर क्षेत्रफलमा मा धान खेती हुने गरेको छ।


नेपालमा वार्षिक २ लाख मेट्रिक टन ताेरी उत्पादन हुने गरेको छ। देशकाे कुल माग करिब ५ लाख मेट्रिक टन भएको अनुमान छ। हरेक वर्ष करिब १२ अर्बकाे ताेरी आयात हुने गरेको अनुमान छ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ६ : ०८ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित