२१ फाल्गुन २०८२, बिहिबार | Fri Mar 6 2026

५८ हजारको बील तिर्न नसकेर अस्पतालमा छटपटाइरहेकी पूर्व जनमुक्ति सेना मन्जु धमला


११ चैत्र २०८१, मंगलबार  


यिनी हुन्, मन्जु धमला । गणतन्त्र ल्याउन लडाइँमा यिनी घाइते भईन्। गणतन्त्रको स्थापनाको करिब १७ वर्षमा पनि यीनले उपचार पाईनन्।

पछिल्लो समय घाउ निकै बल्झिएपछि राजधानीको किस्ट अस्पतालमा खुट्टाको अप्रेसन गराईन्।
उनको अप्रेसन गरेवापत लाग्ने अस्पतालको बील तिर्ने पैसा छैन।


खुट्टाको हड्डी कुहिएको कारण शल्यक्रिया सम्पन्न गरेर बसेकी छिन्। विपन्न परिवारकि बिरामी मन्जुसंग उपचार गराउन सक्ने पैसा छैन। यीनलाई अस्पतालमा बस्दा रू ५८ हजार बील अस्पताल प्रशासनले थमाइदिएको छ।


यश विषयमा पूर्व सचिव भीम उपाध्यायले सहयोग गर्ने बाचा दिएका छन् । गणतन्त्रका नायकले नदेखेको यो क्रन्दन एक पूर्व प्रशासकले देखेका छन् । प्रचण्ड यो देशको पटकपटक प्रधानमन्त्री भए पनि मन्जु जस्ताकाे बेहाल उस्तै छ।

प्रकाशित मिति : ११ चैत्र २०८१, मंगलबार  १२ : ०८ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित