केही दिन अघिको समय हो,प्रधानमन्त्री केपी ओलीले भनेका थिए,वर्तमान सरकारसंग आशा गर्नुस,भरोसा लिनुस्।सरकारमा म त्यतिकै आएको होईन।यति मात्रै होईन,उनले त भ्रष्टाचार गर्ने कोही कसैले नछाड्ने पनि दोहोर्याए । प्राधिकरणले घरानासंग विद्युत वक्यौताले माग्दा निकै जंगिएका प्रधानमन्त्री ओलीले पार्किङ शुल्क उठाउन भने उर्दी जारी गरे। सरकार गठन भएको करिब दुइ महिनातिर लाग्दै गर्दा पनि सिँहदरबार ओहोरदोहोर बाहेक अन्य केही उपलब्धि हासिल नगरेका उनी विरुद्धमा सोमबार मुर्दावादको नारा लाग्यो ।
टुँडिखेलमा पुगेर गौरा पर्वको उदघाटन गर्नै लाग्दा उनका विरुद्ध युवाहरुले मुर्दावादको नारा घन्काए । संगै रहेका उनका सत्ता दोस्ती देउवा विरुद्ध पनि उस्तै नारा उर्लियो । यद्यपि यो पहिलो घटना भने होइन । त्योृ आक्रोश, क्षणिक आवेगको पनि होइन । यो त सत्ताप्रति बढ्दो अविश्वास र रोष हो, भन्छन्, राजनीतिक विश्लेषक डाक्टर विष्णु दाहाल ।उनी भन्छन् ‘नयाँ पुस्ताले खाडीको मरुभुमिमा भएको रहरलाग्दो विकास होस् या युरोप अमेरिकाको सम्वृद्धि नै किन नहोस्, यी कुरा प्रत्यक्ष अनुभव गरेको छ, देखेको छ, महशस गरेको छ। हो, त्यही युवाले आफ्नो यति सुन्दर देश नबनेपछि आक्रोश पोखिरहेको छ। यीनै नेता पालैपालो सत्ता ओहोरदोहोर गर्ने र आफ्ना आसेपासेका लागि मात्रै स्वर्ग बनाउन थालेपछि युवा पूस्तो रुष्ट छ, यो क्रम बढ्दै जानेछ, जतिबेला यी शासकहरु भाग्न पनि पाउनेछैन। बंगलादेश, श्रीलंका र अफगानीस्तानका शासकले जति पनि सहज हुने छैन यीनीहरुलाई भाग्न ।”
हो, यस्तो प्रवृत्तिको चक्र देउवा –प्रचण्ड –ओली अनि फेरि देउवा । यस्तै यस्तै छ,सत्तामा पटक पटक दोहोरिने तेहेरिने भाग्यमानी यी नेताको । यीनीहरूको आफ्ना वफादार लम्पट कार्यकर्ताको ताली हेरेरै सत्ताको यात्रा चल्छ। देश डुबोस्,या जनता मरोस् ।सरकारलाई कुनै पीर हुदैन ।जनताको लागि सत्तामा गएको होईन्,आफना लागि मात्रै हो, सत्तारोहण ।बरू,यीजीहरुलाई पीर भनेको नै जतिबेला ढल्ने पनि ढल्न सक्ने कुर्सीको हो। जुन कुर्सी सुटुक्क ढलेको पनि थाहै हुन्न।किनकि निर्माता अदृश्य छन्,। तिनै अदृष्य दाताले छु मन्तर गरेकै भरमा ,सत्ताको कुर्सी ढल्न भने आइतबार पर्खनु पर्दैन ।यही नियति र नियतले जनता आजित छन् ।तिनै आजित जनता नेता देखेर भरोसा होईन, बरू घिनाउछन्।किनकि अधिकांश दलका नेता भ्रष्टाचारले डामिएका छन् ।फरक यत्ति हो।
कोही सत्ता दरबार छन् , कोही पार्टी दरबारमा छन ।पछिल्लो समय सत्ता दरबारमा रहेका प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवा विरूद्ध सोमबार मुर्दावादको चर्को नारा लाग्यो ।यद्यपि यस्ता नारा यश अघिका प्रधानमन्त्री प्रचण्ड विरूद्ध पनि लागेको थियोे ,कीर्तिपुर मैदानमा।क्रिकेट हेर्न पुगेका प्रचण्ड विरू्ध मात्रै नारा लागेन।कांग्रेस महामन्त्री गगन थापा विरूद्ध नाराबाजी भएको थियोे र अहिले पनि हुन्छ। विशेषगरी बाख्रा अनुदानमा विवादास्पद पात्र हुन् गगन थापा।यतिमात्र होईन,एमसीसी परियोजना संसदबाट पारित गराउन उनी सतिसाल बनेका थिए।उनलाई एमसीसीको मतियार भनेर पनि दोष लगाउने गरिन्छ, एमसीसी पारित गराउन उनले आफ्नो राजनीतिक र सामाजिक जीवन दाउमा राखेका थिए।विशेषगरी एमाले माओवादी र कांग्रेस नेता विरूद्ध जनताको आक्रोश बढी भएको देखिन्छ ।यद्यपि लोकतन्त्रमा जिन्दावाद र मुर्दावाद भन्न त पाइन्छन। सहमति र विमतीको आवाज निस्कनु कुनै नौलो पिनि होईन,किनकि हरेक नागरिकलाई चित्त नबुझे विरोध गर्ने अभव्यक्ति स्वतन्त्रता छ।जुन संविधानले नै प्रत्याभूत गरेको छ।तर, यहाँ विरोधमा सीमित छैन, युवाहरुको आक्रोश ।
खासगरी ३४ वर्षदेखि सत्ताको डाडु पन्यू समाउदै आएका मुख्य दलका नेतालाई सार्वजनिक कार्यक्रममा देख्यो,कि नयाँ पुस्ता आगो हुन्छ।तर,हरेक कार्यक्रममा बालेनको त्यहीँ नयाँ पुस्ताले जयजयकार गर्छ।राष्ट्रपति जस्तो मुलुकको सर्वोच्च पदमा पुगेको व्यक्तित्वसंग पनि आक्रोशित छ, नयाँ पुस्ता।दल र विचारप्रति कोही सहमत हुन्छन् ,कोही असहमत ।तर,यी मुख्य नेताप्रति जनताको आक्रोश निकै तेज छ।नेतृत्वप्रतिको चरम विश्वासको खडेर पर्नुमा नैतिकता हरायो, इमान जमानको दिन गए। मुलुकभित्र ३४ वर्षदेखि फस्टाएको भनेको भ्रष्टाचार र राजनीति । मुलुक राजनीतिकरुपले कुरुप छ। शासकीय रुपले भ्रष्ट छ। भ्रष्टाचार नभएको ठाउँ विरलै होला सायद।सत्ता बनाउनेदेखि भत्काउने दलाल माफिया र भ्रष्टहरु छन्, जनता केवल चुनावका बेला मत दिने भरिया जस्ता बनाइएका छन्। यी यस्ता तमाम समस्याको मुख्य कारक यीनै नेतृत्व भएकोले जनतामा आक्रोशको धुवाँ सर्वत्र छ।
जुन आक्रोश भुसको आगो सल्किदै गएको छ।त्यो आगो दन्किएको दिन कुनै पनि नेताले ऐया पनि भन्न नपाउने वातावरण र परिवेश बन्दै गएको छ,भन्छन्,राजनीतिक विश्लेषक डा राजेन्द्र चापागाँइ ।उनी भन्छन्, “राज्य नीतिमा चलेको छैन,नेता प्रधान प्रवृत्ति विकास भयो,जुन कुराले नयाँ पुस्ता आक्रोशित छ। नेतृत्वले गरेको राजनीतिक योगदानप्रति नयाँ पुस्ताले इतिहास पढ्दैन। मलुतः नेतृत्वकै खराब प्रवृत्तिले सुन्दर देश भएर पनि गरिब र कंगाल भएको देख्दा आगो ओकलेको हो, नेतृाहरुको विरुद्ध । अराजक नाराहरू लगाउनु भनेको नेतृत्व प्रति रोष हो।प्रणाली फेरियो,प्रवृत्ति फेरिएन।भारत नेपाल संगसंगै स्वतन्त्र भए पनि हामी जहाँको तँही अवस्थामा छौ । प्रजातन्त्रको स्थापनापछि नेपालमा ५७ वटा सरकार बने। जबकी भारतमा अहिले मोदीसम्म आइपुग्दा १९ वटा सरकार बने । अहिलेसम्म भारतको उहीँ संविधानले काम गरेको छ।अमेरिकालाई एउटै संविधानले काम गर्यो।दस दिनमा लेखिएको संविधानले चलेको छ,जापान।हाम्रोमा व्यवस्था फेरियो, अवस्था फेरिएन। जसको कारण युवा पुस्ता आक्रोशित छ। राज्यले नियन्त्रण गुमाएपछि युवा शक्ति पनि अराजक छ। जसले मुलुकलाई बनाउन होइन सकाउन आगोमा घ्यू थप्न सक्छ। जसको राजनीतिक नेतृत्वले विवेकपूर्णढंगल हल गर्न नसके मुलुकको भविष्य अध्याँरो छ, निकै ।”
पक्कै पनि मुलुक भित्र देखा परेका दृष्यहरु त्यत्ति सुखद् छैनन्। लामो बलिदान र संघर्षबाट स्थापित गणतन्त्र पनि अप्ठ्यारोमा पर्ने देखिन्छ। नेपाल जस्तो सामरिक हिसाबले पनि अति संवेदनशील मानिएको मुलुकमा बाह्य शक्तिले पनि खेलिरहेको छ। घरभित्रकै झगडाले हामीलाई विनाशतिर भन्दै अन्य लैजाने कुनै संकेत नदेखिएको मात्रै होइन, विद्यमान राजनीतिक नेतृत्वलाई देशैबाट धपाउने दिन नआउला भन्न कदापि सकिन्न ।