सन १९५३ मे २९ मा तेन्जिङ्ग नोर्गे शेर्पा र एडमण्ड हिलारीले सर्वोच्च शिखर सगरमाथाको शीरमा पाइला टेक । पहिलो पटक सगरमाथाको शीरमा मानवले पाइला टेकेको सफलतापूर्वक आरोहणले संसारभर चर्चा पायो । त्यसैका दिनदेखि नेपालको पर्यटनको विषयले औपचारिकता पाउन थालेको हो ।

सगरमाथामा पहिलो मानव पाइला टेकेकेको विषय संसारभर सञ्चार भएदेखि नै दुनियाँका आरोहिहरुको लागि नेपाल गन्तव्य बन्न थालेको हो । नेपालको हिमाल र यहाँको जनजीवनको विषयमा जान्न र अनुभव गर्ने उटकट चाहना भएकाहरुले जीवनमा एकपल्ट नेपाल पुग्नैपर्छ भन्ने संकल्प गरे । त्यस यता नेपाल भ्रमण गर्नेहरुको संख्या बढ्दो छ। यद्यपि पर्याप्त छैन ।

नेपाल पर्वतीय पर्यटनका लागि संसारकै उत्कृष्ट गन्तव्य हो भन्दा अत्युक्ति नहोला । किनकी विश्वको सर्वोच्च शिखर सगरमाथा मात्रै नभएर। संसारभरमा रहेको चौधओटा आठ हजार मिटरभन्दा अग्ला हिमालहरूमध्ये आठओटा हिमाल नेपालमै रहेका छन् । नेपालमा भएका यी अथाह प्राकृतिक श्रोत साधन, सांस्कृतिक सम्पदाहरू, फरक भौगोलिक वनावट, रीतिरिवाज, चालचलन, सांस्कृतिक कलाशैली आदिले गर्दा नेपाल पर्यटनका लागि उत्कृष्ट गन्तव्यस्थल बन्न पुगेको छ ।

त्यसैगरी नेपालमा साँस्कृतिक पर्यटनको सम्भावना पनि उत्तिकै छ। नेपालमा पर्यटन सम्भावनाका महत्त्वपूर्ण क्षेत्रहरूमध्ये एक सांस्कृतिक विविधता हो । विश्वभरका पर्यटकहरू केवल नेपालको प्राकृतिक सौन्दर्य हेर्नका लागि आई रहेका छन् । नेपालको प्राकृतिक विविधताका जानकार विदेशी पर्यटकहरू नेपालको सांस्कृतिक विविधताका बारेमा भने अनभिज्ञ छन् ।

प्राकृतिक विविधतासँगै त्यस क्षेत्रमा विकसित पृथक् मानवीय चालचलन, संस्कार, भाषा, भेषभुषा, संस्कृतिलाई घुम्न आउने पाहुनाहरूले चासोको साथ लिनु र त्यसबाट मनोरञ्जन, आनन्द लिनु तथा खोजी गर्नुलाई सांस्कृतिक पर्यटन भनिन्छ । सांस्कृतिक पर्यटनले पर्यटकहरूलाई स्थानीय अनुष्ठान र दिनचर्यामा डुबाइदिन्छ, केवल प्राकृतिक सौन्दर्यता मात्र हैन, अनौठा नयाँ अनुभवहरूको सम्झनाहरू पनि साझेदारी गर्दछ । त्यस्ता पर्यटकीय गन्तव्यले स्थानीय समुदायहरूलाई आफ्नो संस्कृतिको महत्त्व दर्साउँछ । आर्थिक वृद्धि र विकासमा सहयोग पुग्दछ ।

सांस्कृतिक सम्पदाको मूल्य र महत्त्वको अनुभूति दिलाउँदै संस्कृतिको संरक्षण गर्न र सांस्कृतिक विविधतालाई प्रचारप्रसारमा प्रोत्साहन दिन्छ । यसले सामूहिक पहिचान र सांस्कृतिक सम्पदामा टेवा पुग्छ । पाहुनाहरूबाट संस्कृति आदान प्रदान र सिक्ने सिकाउने अवसर प्राप्त हुन्छ । फलस्वरूप पर्यटनलाई थप आकर्षण गर्दछ र आन्तरिक तथा बाह्य पर्यटकहरूको सङ्ख्या बढ्नुका साथै रोजगारीका अवसरहरू सिर्जना हुन्छन् । तसर्थ, हरेक भाषा संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न आवश्यक छ ।

हालसम्म नेपालमा पर्यटनको मुख्य आधार प्राकृतिक सौन्दर्यता र विविधतामा सीमित हरेको छ । पर्यटन क्षेत्रलाई थप आर्थिक समृद्धिको रूपमा हासिल गर्ने हो भने, यहाँको प्राकृतिक विविधता र सांस्कृतिक विविधतालाई एकै सिक्काको दुईपाटाको रूपमा विकास गर्नु जरुरी छ ।
प्रकृति र संस्कृतिको वरदानको संरक्षण एवं व्यवस्थापन, सरकारको नीति, निजी र व्यावसायीहरु बिचको समन्वय, सहकार्य र मानसिकतामा व्यापक परिवर्तन हुनु पर्दछ । सांस्कृतिक, भेषभुषा, परम्परागत विविधतालाई पर्यटन प्रवर्द्धनको अवसरको रूपमा विकास गरिनु पर्दछ ।

सरकारी, निजी तथा व्यवसायीक कम्पनीहरूमार्फत प्रबर्द्धित पर्यटन विकासमा सम्बन्धित समुदायहरूको सहभागितामा जोड दिनु पर्दछ । प्राकृतिक सौन्दर्यतासँगै सांस्कृतिक विविधताले सुनमा सुगन्ध थप्ने निश्चित छ । तसर्थ, सांस्कृतिक भेषभुषा र जनजीवनलाई समेटी पर्यटन विकास गर्न सके मात्र ‘समृद्ध नेपाल र सुखी नेपाली’को आधार, सांस्कृतिक पर्यटन सहित विकासको पूर्वाधार सम्भव हुने देखिन्छ ।

पछिल्लो समय कोरोना महामारीले नेपालको पर्यटन क्षेत्रमा ठूलो धक्का दियो । लगभग शून्य अवस्थामा पुगेको पर्यटन क्षेत्र सन २०२४ मा आइपुग्दा पुरानै लयमा फर्र्किएको छ। नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार ११ लाख ४७ हजार पाँच सय ६७ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्।यद्यपि हाम्रो क्षमताको एक तिहाइ पनि नभएको हानका अध्यक्ष विनय शाह बताउँछन्। ३५ लाख पर्यटकलाई सेवा दिन सक्ने नेपालका होटेल उद्योगहरुको क्षमता भएपनि विदेशी पर्यटकको आगामन पर्याप्त नभएको उनले बताए । यद्यपि कोरोनापछि पर्यटक आगमन पुरानै लयमा फर्किएको उनी बताउँछन्।
सन् २०१९ को अन्यतिर सुरु भएको विश्वव्यापी कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित भएको क्षेत्र पर्यटन हो । मानिसहरु एक ठाउँबाट अर्का ठाउँमा जान प्रतिबन्द भएपछि पर्यटनको विकास नहुने नै भयो । व्यापार, मनोरञ्जन, अध्ययन, अनुसन्धानका लागि पर्यटकको रुपमा घुमफिर गर्ने मानिसहरु घर तथा सिमित भूगोलमा थुनिए । जसले गर्दा विश्वभरीकै पर्यटन क्षेत्र तहसनहस बन्यो । पहिलो र दोस्रो लहरको माहामारीबाट भर्खरै तंग्रिन थालेको पर्यटन क्षेत्र तेस्रो लहर (ओमिक्रोन भेरियन्ट)को आतंकले पुनः ढल्न पुगेको थियो ।
विगत केही वर्ष यताको तथ्यांक हेर्ने हो भने अध्यागमन विभागका अनुसार सन् २०१८ मा ११ लाख ७३ हजार ७२ पर्यटक नेपाल भ्रमणमा आएको देखिएको छ । यो अघिल्लो वर्षको तुलनामा करिब २५ प्रतिशतले बढी हो । सन् २०१७ मा कुल ९ लाख ४० हजार २ सय १७ पर्यटकले नेपाल भ्रमण गरेको विभागको तथ्याङ्क छ । सन् २०१९ मा कुल ११ लाख ९७ हजार १९१ जना पर्यटक नेपालमा आएको देखिन्छ ।
त्यसपश्चात सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ नेपाल भ्रमण वर्ष मनाउने अन्तिम तयारी हुँदै गर्दा कोरोना महामारी देखा पर्यो । नेपालको पर्यटन क्षेत्र ध्वस्त भयो । त्यस वर्ष नेपालमा जम्मा दुई लाख ३० हजार पर्यटक भित्रिएको तथ्यांक छ । यो अघिल्लो बर्षको तुलनामा ८० प्रतिशतले कम हो । त्यसैगरी सन् २०२१ मा जम्मा एक लाख ५० हजार ९६२ जना पर्यटक नेपाल आएको देखिनछ । सन् २०२० को तुलनामा ३५ प्रतिशतले कम हो ।
सन २०२२ मा ६ लाख १४ हजार पर्यटक घुम्न आएका थिए।सन् २०२३ मा भने सरकारले १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो। वर्षभरिमा १० लाख १४ हजार ८७४ पर्यटक घुम्न आए ।नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार वर्ष २०२४ को जनवरीदेखि डिसेम्बर महिनासम्म ११ लाख ४७ हजार पाँच सय ६७ पर्यटक नेपाल भ्रमणमा आएका हुन् ।
बोर्डका अनुसार सन् २०२३ को तुलनामा सन् २०२४ मा १४ प्रतिशतभन्दा बढी पर्यटक आगमन बढेको छ । सन् २०२३ मा १० लाख १४ हजार आठ सय ७१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।सन् २०२५ को मार्च महिनामा एक लाख २१ हजार आठ सय विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यो सङ्ख्या हवाइमार्ग भएर आएका पर्यटकको हो ।

बोर्डको विवरणमा वर्षको पहिलो तीन महिनामा दुई लाख ९८ हजार पर्यटक नेपाल भित्रिएका थिए । जनवरीमा ७९ हजार नौ सय र फेब्रुअरीमा ९६ हजार आठ सय पर्यटक नेपाल आएका थिए ।मार्च महिनामा सबैभन्दा धेरै भारतबाट २१ हजार चार सय १२ पर्यटक नेपाल आएका थिए । यस्तै, चीनबाट ११ हजार चार सय ४३ र अमेरिकाबाट ११ हजार ९२ जना अमेरिकी आएका बोर्डको विवरणमा उल्लेख छ ।श्रीलङ्काबाट आठ हजार आठ सय ८६ र बेलायतबाट पाँच हजार नौ सय ९५ जना आएका छन् । मार्चमा दक्षिण एसियाली मुलुकका मात्रै ३५ हजार दुई सय ८७ पर्यटक आएका छन् ।
सन २०२५ देखि २०३५ लाई पर्यटन दशक वर्ष
पर्यटन आगमन वृद्धि भएसंगै सरकारले पर्यटन दशक मनाउने कार्यक्रम अघि सारेको छ। समय सापेक्ष नीति र कानुनको परिमार्जन गरी पर्यटन उद्योगलाई दीगो र सवल बनाउन सरकार लागेको हो । त्यसका लागि सरकारले पर्यटन विधेयक पनि संसदमा दर्ता गरेको छ। ४५ वर्ष पुरानो पर्यटन ऐन २०३५ हाल कार्यान्वयनमा छ। सूचना प्रविधिको विकास, मानवीय रुची र बदलिएको विश्व परिवेश अनुसार ऐन नियमहरु अनुकूल नहुँदापनि पर्यटन क्षेत्रमाथि असर परिरहेको छ। यी सबै समस्या फुकाउन सरकारले संघीय पर्यटन ऐन ल्याउने तयारी गरेको हो । सरकारले सन २०२५ देखि सन २०३५ सम्मलाई पर्यटन दशक मनाउने भएको छ। पर्यटन मन्त्री बद्री पाण्डेले सन् २०२५ देखि ०३५ लाई पर्यटन दशकको रूपमा मनाउने घोषणा यस अघि गरेका थिए ।

नेपाल पर्यटन बोर्डको २६ औँ वार्षिकोत्सव अवसरमा उनले ‘सन् १९९८ मा पहिलो पटक नेपाल पर्यटन वर्षको रूपमा मनाएकोमा अब सरकारले सन् २०२५देखि ०३५ लाई पर्यटक दशकको रूपमा मनाउने बताएका थिए ।
उनले पर्यटन बोर्डलाई सार्वजनिक निजी साझेदारी (पीपीपी)को अवधारणालाई आत्मसात् गर्दै अन्तर्राष्ट्रिय प्रवर्द्धनका कार्यक्रमलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन, डिजिटल मार्केटिङलाई जोड दिन निर्देशन दिएका थिए । ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त देश हो । यही विविधता बिचको एकता, सहिष्णुता र सद्भावलाई संरक्षण गरी पर्यटन क्षेत्रको विकास र विस्तार गर्नु आजको आवश्यकता हो । नेपालको आफ्नै मौलिक पर्यटन प्रडक्ट छ । यसलाई अन्तर्राष्ट्रिय बजारमा व्यापक प्रवर्द्धन गर्न आवश्यक भएको उनको भनाइ थियो ।
दयनीय हवाई पूर्वाधारको अवस्था
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हालसम्म पूर्णरुपम संचालनमा रहेको छ। यद्यपि सरकारले गएको कार्तिकदेखि चैत १८ गतेसम्म १० घण्टा मात्रै सञ्चालन गरेको थियो । त्यसको प्रभाव पर्दा भैरहवा र पोखरा पनि परेको थियो । यद्यपि पोखरा विमानस्थलमा दश अर्बको भ्रष्टाचार भएको प्रसगं बाहिरिएसंगै चिनियाँ ऋणले थप थला परेको छ। उपत्यका बाहिरका विमानस्थलहरुबाट पर्याप्त मात्रामा व्यवासायीक उडान नभइरहेको बेलामा यही त्रिभुवन विमानस्थलले चाप थेगेको छ। तर, यसका पनि पूर्वाधारका आवश्यक शर्तहरुमा समस्या हुने गरेका छन् । कुनै पनि विमानस्थलमा ३ वटा क्षेत्र हुन्छन् । ती हुन् पहिलो ल्यान्ड साइड, दोस्रो टर्मिनल साइड र तेस्रो एयर साइड।
विमानस्थल बाहिरको क्षेत्रलाई ल्यान्ड साइड, टर्मिनल भवन क्षेत्रलाई टर्मिनल साइड र एप्रोन, ह्याङ्गर, ट्याक्सी वे, धावनमार्ग, पेरिमिटर रोड लगायतका क्षेत्रलाई एयर साइड मानिने गर्छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)ले जारी गरेको एनेक्स १४ मा विमानस्थलभित्रका पूर्वाधार कस्तो हुनु पर्ने भन्ने उल्लेख छ ।

आइकाओले जारी गरेको एनेक्स १४ का आधारमा नेपाल नागरिक उड्डयन प्राधिकरणले सिभिल एभियस रिक्यारमेन्ट (कार) १४ जारी गरेको छ । जसमा पनि विमानस्थलका पूर्वाधार कस्तो हुनु पर्ने उल्लेख छ ।
आइकाओले जारी गरेको एनेक्स १४ र प्राधिकरण आफैँले जारी गरेको कार १४ अनुसार हुनु पर्ने न्यूनतम पूर्वाधार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छैनन् । यद्यपि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई एयरोड्रोम रेफरेन्स कोड ४ इ तहको विमानस्थल मानिने गर्छ ।
एयरोड्रोम रेफरेन्स कोड ४ इ तहको विमानस्थलमा धावनमार्गको बीच भागबाट ट्याक्सीको बीच भागको दूरी, धावनमार्गबाट पेरिमिटर सडकको दूरी, विमानस्थल भित्रको ह्याङ्गर एप्रोन तथा एप्रोन सम्बन्धी मापदण्डका निश्चित मापदण्ड तोकिएका छन् । जुन प्राय मापदण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पूरा गर्दैन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गको लम्बाइ ३ हजार ३ सय ५० मिटर र चौडाइ ४५ मिटर छ । यस्तै, दुवै तर्फ साढे ७ मिटर सोल्डर सहित धावन मार्गको कुल चौडाइ ६० मिटर र ट्याक्सीको चौडाइ २३ मिटर छ । जुन मापदण्डअनुसार छ । यद्यपि, रनवे र ट्याक्सीको दूरी, रनवेबाट पेरिमिटर सडकको दूरी, विमानस्थलको चारैतर्फ अनिवार्य पेरिमिटर सडक बन्नु पर्ने मापदण्डका बाध्यकारी व्यवस्था कार्यान्वयन भएको छैन ।
नागरिक उड्डयन प्राधिकरणले सन् २०१० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई मापदण्डअनुसार विस्तार गर्न गुरुयोजना बनाएको थियो । जुन, गुरुयोजनालाई सन् २०१६ मा अध्यवधिक गरिएको थियो । प्राधिकरणको गुरु योजनामा ल्यान्ड साइड, टर्मिनल साइड तथा एयर साइड बिस्तारको रणनीति समेटिएको छ । तर,प्राधिकरण हाल एयर साइड विस्तारको काम मात्रै गरिरहेको छ । त्यो पनि निकै सुस्त गतिमा ।
हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३ वटा चिनियाँ निर्माण व्यवसायीले काम गरिरहेका छन् । अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट छानिएका निर्माण व्यवसायीले ट्याक्सी वे र एप्रोनको काम गरिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक दीपेन्द्र श्रेष्ठ बताउँछन् । श्रेष्ठका अनुसार विमानस्थलमा एभिक इन्टरनेसनलले अन्तर्राष्ट्रिय उडान र अवतरणका लागी नयाँ एप्रोन निर्माण गरिरहेको छ ।
सन् २०२० मा करिब करिब ७ अर्ब रुपैयाँमा एप्रोन निर्माणको ठेक्का लागे पनि कोरोना महामारी लगायतका कारणले समयमा काम नभएको प्राधिकरणका अधिकारीहरू बताउँछन् । ३ वर्षमा निर्माण सम्पन्न हुने गरी लागेको ठेक्काको पछिल्लो म्याद २०२५ जुलाइमा समाप्त हुदैछ ।

तर, त्यस अवधिसम्म एप्रोन निर्माण नहुने प्राधिकरणका अधिकारीहरू बताउँछन् । २०१२ मा विमानस्थलको स्तरोन्नति परियोजना ठेक्का स्वपेनी कम्पनी कन्ट्रकटोरा सानजोसे पाए पनि निर्माण व्यवसायीसँगको विवादका कारण काम रोकिएको थियो । सन् २०२० मा सिंगापुरस्थित सिंगापुर इन्टरनेसनल आर्बिटेसन सेन्टर(एसआईएसी)ले नेपालको पक्षमा निर्णय गरे पनि मात्रै नयाँ ठेक्का लागेको थियो ।
यस्तै, केडिएन र सिसिइसी ह्याङ्गर एप्रोन निर्माण गरिरहेको छ । ४ अर्ब रुपैयाँमा यस ठेक्का २०२१ मा लागेको थियो । तर, यो काम पनि समयमै सम्पन्न हुने प्राधिकरणका अधिकारीहरू बताउँछन् ।
समानान्तर ट्याक्सी वे तथा इन र एक्जिट ट्याक्सी वे ग्रान्सु इन्जिनियरिङले निर्माण गरिरहेको छ । ४ अर्ब रूपैयाँ लागतको यो ठेक्का सन् २०२१ मा लागेको थियो । यो काम पनि निर्धारित अवधिमा सम्पन्न नहुने निश्चित छ । प्राधिकरणका अनुसार हाल भइरहेका सबै कामहरू २०२६ सेप्टेम्बर अक्टोबर सम्म सम्पन्न हुने सम्भावना छ ।‘एयर साइड विस्तारको कामलाई गति दिँदै राज्यले गरेको लगानीबाट प्रतिफल लिनेभन्दा पनि काम सुस्त गर्दै लाभ लिने समूह प्राधिकरण भित्र सक्रिय हुँदा आयोजना समयमै नसकिने प्रवृत्ति उस्तै छ।
पोखरा विमानस्थलको नियति चिनियाँ ऋणको भारीमथि दश अर्बको भ्रष्टाचार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको दुई वर्ष बितिस्क्दासमेत यसले आम्दानी गर्न नसक्दा वैदेशिक ऋण भुक्तानीमा समस्या भएको छ । यो विमानस्थल चिनियाँ ऋण सहयोगमा निर्माण भएको राष्ट्रिय गौरवको आयोजना हो ।
सरकारले चीनसँग २० अर्ब रुपैयाँ ऋण लिएर बनाएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको २ वर्षसम्म आन्तरिकमै सीमित छ । यो विमानस्थलबाट नियमित रूपमा अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन भने चार्टर उडान पनि न्यून मात्रै छ ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा सरकारले उच्च प्राथमिकता दिएर निर्माण सम्पन्न गरेको यो विमानस्थल पूर्वाधारको अहिलेसम्म न्यून आम्दानी छ । अन्तर्राष्ट्रिय विमानस्थल भए पनि आन्तरिक मात्रै सञ्चालनमा छ । अन्तर्राष्ट्रिय उडान सञ्चालन हुन नसकेको कारण यसको आम्दानीभन्दा खर्च अधिक छ ।

पोखरा आन्तरिक विमानस्थलले पछिल्लो दुई वर्षमा ७२ करोड अर्थात वार्षिक ३६ करोड रुपैयाँ मात्रै आम्दानी गरेको छ । यो अम्दानीका लागि दुई वर्षमा १९ लाख यात्रुलाई सेवा दिएको छ । आन्तरिक उडानमा यात्रु सेवा अपेक्षाअनुसार नै बढाउन सकेको भए पनि विमानस्थल सञ्चालनमा भएको अधिक खर्चले ऋण दायित्वको व्यवस्थापनमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सकस भइरहेको छ ।
उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए अनुसार पोखरा विमानस्थलको लागि हालसम्म ९४ करोड ४५ लाख रुपैयाँ मात्रै म्यानेजमेन्ट शुल्क र ३ करोड २७ लाख २९ हजारसहित वर्षको दुई दुई पटक ब्याज र प्रतिवद्धता शुल्क ५ वर्षसम्म तिरेको छ ।चिनियाँ ऋण सहयोगमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन नसक्दै अनियमितताको खाडलमा डुबेको छ । संसदको सार्वजनिक लेखा समितिको उपसमितिले तयार पारेको प्रतिवेदनअनुसार यो विमानस्थल निर्माणको प्रक्रियामा सुरुदेखि नै अनियमितता फेला परेको हो ।
विमानस्थल निर्माण गर्दा तत्कालीन आयोजना प्रमुख तथा हालका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई।प्रदीप अधिकारीसहितका कर्मचारीलाई दोषी देखाउँदै तयार पारेको प्रतिवेदन लेखा समितिले बुझेको छ ।
लेखा समितिले बुझेको उक्त प्रतिवेदन अनुसार २२ अर्ब रुपैयाँको विमानस्थल निर्माण गर्दा अनियमित ढंगले काम गरेको, कर छुट दिएको, निर्माण कम्पनीसँग मिलेमतो गरेर काम नभइ भुक्तानी दिएको, डाँडा कटानमा अनियमिता देखाएकोदेखि विविध शीर्षकमा अनियमिताता गरिएको उल्लेख गरेको छ ।
यो विमानस्थल अनियमितताको खाडलमा डुबेसँगै यसको ऋण गलपासो बन्ने भएको छ । अन्तर्राष्ट्रिय विमानस्थल बनाएर उद्घाटन भएको दुई वर्षसम्म पनि नियमित उडान हुन नसकेको पोखरामा आन्तरिक उडान मात्रै हुन्छ ।आन्तरिक उडानबाट भएको आम्दानीले यहाँ काम गर्ने कर्मचारीसमेत पाल्न नपुग्ने भएकोले यसले कमाउने र ऋण निर्ते विषय निकै परको कुरा हो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा सरकारले २० अर्ब रुपैयाँभन्दा बढी चीन सरकारबाट ऋण लिएको छ । तर, हालसम्म करिब एक अर्ब रुपैयाँ मात्रै तिरेको छ । यो विमानस्थल निर्माणमा भएको भ्रष्टाचारले राज्यको लगानी खेर मात्रै गएको छैन्, उड्ड्यन प्राधिकरणलाईसमेत डुबाउने आयोजना हुने भएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको दुई वर्ष बितिस्क्दासमेत यसले आम्दानी गर्न नसक्दा वैदेशिक ऋण भुक्तानीमा समस्या भएको हो । यो विमानस्थल चिनियाँ ऋण सहयोगमा निर्माण भएको राष्ट्रिय गौरवको आयोजना हो । पोखरा एयरपोर्टलाई चिनियाँ ऋण तिर्न समस्याछ। हरेक वर्षमा १ अर्ब किस्ता अनिवार्य तिर्नुपर्ने बाध्यता छ, भने आम्दानी ३६ करोड मात्रै रहेको छ।
पोखरा आन्तरिक विमानस्थलले पछिल्लो दुई वर्षमा ७२ करोड अर्थात वार्षिक ३६ करोड रुपैयाँ मात्रै आम्दानी गरेको छ । यो अम्दानीका लागि दुई वर्षमा १९ लाख यात्रुलाई सेवा दिएको छ । आन्तरिक उडानमा यात्रु सेवा अपेक्षाअनुसार नै बढाउन सकेको भए पनि विमानस्थल सञ्चालनमा भएको अधिक खर्चले ऋण दायित्वको व्यवस्थापनमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सकस भइरहेको छ ।
उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार पोखरा विमानस्थलको लागि हालसम्म ९४ करोड ४५ लाख रुपैयाँ मात्रै म्यानेजमेन्ट शुल्क ३ करोड २७ लाख २९ हजारसहित वर्षको दुई दुइ पटक ब्याज र प्रतिवद्धता शुल्क ५ वर्षसम्म तिरेको छ ।
प्राधिकरणका अनुसार विमानस्थलले आम्दानी गर्न नसकेका कारण ऋण तिर्न समस्या भएको छ । ऋणको दायित्व मासिक १ अर्ब रुपैयाँ भए पनि यसले गरेको आम्दानी भने निकै न्यून भएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिरकरणले आर्थिक वर्ष २०७५/७६ देखि २०७९/८० सम्म शुल्क तिरेको प्राधिकरणले बताएको छ। उसको भनाइ अनुसार २०७४ साउन २० मा एक पटक म्यानेजमेन्ट शुल्क तिरेको छ । त्यसपछि उक्त समयको विदेशी मुद्रा सटहीको दर अनुसार २०७९/८० सम्म हरेका ६ महिनामा व्याज र प्रतिवद्धता शुल्क बुझाएको छ । यस्तो शुल्क गएको आर्थिक वर्ष २०८०/८१ मा नतिरेका कारण उपलब्ध नभएको प्राधिकरणले जनाएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकारले १ खर्ब १७ करोड ९लाख ९६ हजार ३५० आरएमबी (चिनियाँ मुद्रा) अर्थात २० अर्ब १२ करोड ७५ लाख १२ हजार ३०१ रुपैयाँ ऋण लिएको छ । यो ऋणको साँवा र व्याज गरेर हरेक ६ महिनामा ५ करोड ३० लाख २८ हजार ४६१ चिनियाँ युआन २६ किस्तासम्म नियमित बुझाउनुपर्छ । यस्तो किस्ता २०७९ देखि हरेक वर्ष चैत १ र असोज १ मा विक्रम सम्वत २०९२ सम्म तिर्नुपर्ने छ ।
सरकारले सहुलियत ऋणमा चीनबाट ऋण लिएको भए पनि प्राधिकरणले भने वार्षिक ५ प्रतिशतको व्याजदरमा सरकारलाई बुझानुउपर्छ ।पोखरा विमानस्थलको आम्दानी पछिल्लो १० वर्षमा ७० करोड थियो भने पोखरा विमानस्थल भएको २ वर्षमै ७२ करोड भएको छ । पोखरा विमानस्थबाट १० वर्षमा ४९ लाख यात्रुले सेवा लिएका छन् भने अन्तर्राष्ट्रिय भए पनि बढेको सेवा सुविधाले आन्तरिक विमानस्थलबाट २ वर्षमै १९ लाख यात्रुले सेवा लिएको पनि पोखरा विमानस्थल कार्यालयको तथ्यांकमा उल्लेख छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि उडान ठप्प
गएको साल २०८१ कार्तिक महिनादेखि नियमित उडान गर्दै आइरहेका फ्लाई दुबई, थाई एयर एसिया र जजिरा एयरवेजले उडान सेवा रोकेका छन् ।भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि अन्तर्राष्ट्रिय उडान ठप्प भएको हो । अप्रिलदेखि सुरु हुने समर सिजनमा कुनै पनि वायुसेवा कम्पनीले भैरहवा उडानको सेड्युल पेस नगरेपछि तत्काललाई अन्तर्राष्ट्रिय उडान ठप्प भएको हो ।

यद्यपि रहवामा जजिरा एयरवेज, थाई एयर एसिया र फ्लाई दुबईले नियमित उडान गर्दै आइरहेका थिए । जजिरा एयरवेज र फ्लाई दुबईले गएको चैतको मध्यसम्म उडान गरेका थिए । थाई एयर एसियाले गएको चैत ११ गतेसम्म उडान गरेको थियो । नेपाल वायुसेवा निगम (नेवानि)ले काठमाडौं–भैरहवा–दुबई उडान गरे पनि भैरहवामा ‘टच डाउन’ मात्र गर्ने गरेको छ । निगमको जहाज भैरहवा अवतरण गरे पनि ढोका नै खोलिँदैन ।कतार एयरवेजले केही समय उडान गरेर पुसमै सेवा बन्द गरिसकेको छ ।
सबै वायुसेवा भैरहवा उडानका लागि तयार नभएपछि गौतम बुद्ध विमानस्थलको अन्तर्राष्ट्रिय कक्ष फेरि सुनसान हुने भएको हो । ‘भैरहवामा वायुयानले राम्रै यात्रुहरू पाइरहेका थिए, पर्यटनको सिजन पनि सुरु हुँदै छ, अहिले वायुसेवा कम्पनीले उडान रोक्नुपर्ने वेला थिएन,तर, हाम्रो व्यवस्थापनमा हुने भद्रगोलले विस्तारै उड्दै गरेको विमानस्थल फेरि सुनशान बनेको हो ।