सुनको पलङमा सुतेर
दान माग्दै कर्णाली
प्रकृतिको अद्भूत कला
सत्ता राजीतिबाट सधै उपेक्षा

रारा स्वर्गकी अप्सरा, तत्कालीन राजा महेन्द्रले कोरेको एउटा त्यो कविताको अंश। जुन कविताको अशंमा भनिए जस्तै ,राराको धर्ती कर्णाली साँच्चिकै अद्भूत सुन्दर छ। रारा ताल, से फोक्सोन्डो ताल, बुलबुले ताल, वीरेन्द्रनगरको देउती बज्यै,डोल्पाको त्रिपूरासुन्दरी र मुगुको छाँयानाथ आदि आदि कर्णालीको सपनाका खास आधार हुन्। जसको सुन्दरता मात्रै बेच्न सकेपनि यहाँको गरिबीलाई इतिहास बनाउन सकिन्छ।
कर्णालीको सपनामाथि घात
बहुआयामीक कर्णाली सधै पीँधमा
कर्णालीको सदियौदेकिो सपना पूरा गर्ने बाचा ग¥यो राजनीतिले । विशेष गरी संघीय गणतन्त्रपछि कर्णालीको सपना पूरा हुने धेरैको अपेक्षा थियो ।कर्णालीको प्राकृतिक र सांस्कृतिक विविधताकै बलमा विकासको उज्यालोतिर कर्णाली पुग्छ भन्ने थियो ।

त्यसका लागि कर्णालीबासीले संघीयता यता मात्रै दुइ पटक विश्वास दिए,तर, जनताको त्यो विश्वासलाई राजनीतिले फेरि उस्तै गरी छल ग¥यो । हिजोको कर्णाली र आजको कर्णालीमा प्रादेशीक नक्शा बदलियो । तर, यहाँका जनताको जिवनमा बदलिएन, जसले संघीयता कसका लागि आम प्रश्न उठ्न थालेको हो
प्राकृतिक श्रोत साधनमा कर्णाली
बहुआयामिक गरिबीको शिकारमा
गणतन्त्र संघीयता, धर्मनिरपेक्षता र समावेशी जस्ता मुल मुद्दा संविधानमा लिपिवद्ध भए, त्यसले जनतामो अधिकारसहितको चेतनामा तीब्र परिवर्तन ल्याइदियो, त्यसका लागि माओवादीले संचालन गरेको जनयुद्धले कर्णाली जस्ता सत्ताबाट क्षितिजमा लखेटिएका क्षेत्रमा राजनीतिक जागरण पनि ल्याइदियो। राजनीतिक परिवर्तनले जे जति जागरण ल्याइदियो, त्यही अनुसार यहाँको आर्थिक र सामाजिक आयामहरुमा बदलाव आएन।

मुलततः कर्णाली विकासका न्यूनतम पूर्वाधारको विकासको पीँधमा छ, १० जिल्ला रहेको कर्णाली प्रदेशमा ९ जिल्लालाई सडकले छोएपनि हुम्ला राष्ट्रिय सडक संजालबाट एक्लो छ। कर्णालीको भरोसा मौसमी हवाइ सेवा नै हो । यही मौसमी हवाइ सेवामा पनि राज्यले गम्भीरता देखाएकै छैन ।

राजनीतिक चेतनाका दृष्टिले नागरिक अलि सशक्त पनि भएपनि यहाँको बहुआयामिक गरिबी निकै भयावह छ। बहुआयामिक गरिबीका सूचकले कर्णाली पछाडि छ । यस प्रदेशको एउटा विकट जिल्ला कालिकोट बहुआयामिक गरिबीमा बाजुरापछि दोश्रो स्थानमा छ ।
आर्थिक सर्वेक्षण–२०७५ अनुसार नेपालको बहुआयामिक दर २८ प्रतिशत रहेकोमा कालीकोटको दोब्बरभन्दा बढी करिब ५८ प्रतिशत कालीकोट मानव विकास सूचकांकमा ७६ औं स्थानमा छ। नेपालमै दलित समुदायको बसोबास बढी भएको यही कर्णालीको कालिकोट हो। यस प्रदेशको शिक्षाको अवस्था पनि उस्तै छ। सरकारले कर्णालीका लागि भन्दै जे जति गीत गाएपनि धेरै बालबालिका विद्यालय बाहिर छन्।

यसैगरी ,आर्थिक सर्वेक्षण २०७४÷७५ अनुसार नेपालको बहुआयामिक गरिबी २८.६ रहेकोमा कर्णालीको दर ५१.२ छ । मानव विकास सबै सूचकहरूमा कर्णाली कमजोर देखिन्छ । सर्वेक्षणअनुसार नेपालको अपेक्षित आयु साढे ६९ रहेकोमा कर्णालीको ६७ वर्ष छ । युवा साक्षरता दर ८२ प्रतिशत छ ।

त्यस्तै नेपालमा निरपेक्ष गरिबीको रेखामुनि रहेको दर १८.७ रहेकोमा कर्णालीमा झण्डै २९ प्रतिशत छ । जहाँ आर्थिक रूपले अति पछाडि परेका जनसंख्या करिब ४५ प्रतिशत छ। ।मानव गरिबीका दृष्टिले नेपालको सबैभन्दा गरिब ५ मध्ये ३ जिल्ला कालीकोट, मुगु र हुम्ला कर्णालीमा पर्छन् ।
पूर्वाधारमा पनि
उस्तै पछाडि कर्णाली
१० जिल्ला रहेको कर्णालीका सबै जिल्लामा सडक पुगेको छैन, ७९ स्थानीय तह भएको कर्णालीका धेरै पालिका सडकको पर्खाइमा छन्, राष्ट्रिय गौरवका आयोजनाहरु मध्ये कर्णाली करिडोर हो । कर्णालीमा ग्रामीण विद्युतीकरण, साना सडक, पुल, विद्यालय, स्वास्थ्य चौकी, भवन, तटबन्ध, रैथाने कृषि बालीको विकासजस्ता परियोजनाको प्रयास नभएको पनि होइन, तर,अहिलेसम्म कर्णालीको विकास तत्कालीन आवश्यकता पूर्ति गर्नेमा मात्रै केन्द्रित छ ।
भोककै पिरलोमा
सधै कर्णाली
प्रदेश योजना आयोगका अनुसार कर्णालीमा २ लाख ९९ हजार हेक्टर खेतीयोग्य जमिन छ । तर २ लाख १६ हजार हेक्टरमा मात्रै खेती गरिएको छ ।

कर्णालीमा ३ लाख ९ हजार मेट्रिक टन खाद्यान्न उत्पादन हुन्छ भने १६ हजार मेट्रिक टन खाद्यान्न अपुग्दो छ । कर्णालीमा प्रतिव्यक्ति आय ५ सय ९७ अमेरिकी डलर अनुमान गरिएको छ,भने कुल गार्हस्थ्य उत्पादनमा यस प्रदेशको योगदान ३.४ प्रतिशत मात्रै छ ।
इतिहासमा भने,
शक्तिशाली कर्णाली

बाइसे–चौबीसे शासनकालमा कर्णाली समृद्ध थियो । खस राज्य स्थापना गर्ने राजा नागराज दूरदृष्टि राख्ने राजा भएको ऐतिहासिक तथ्य छ । जतिबेला सिंजा राज्य आर्थिक तथा राजनीतिकरुपले निकै शक्तिशाली थियो ।तर, संघीय गणतन्त्रमा करिब ३६ प्रतिशत जनसंख्या चरम गरिबीको रेखामुनि कुँजिएको छ ।