९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

सुनकोशी मरिण डाइभर्सनमा बैंकले लगानी रोक्न थालेको रमण भनाइ,आयोजना प्रभावित हुन सक्ने


१ भाद्र २०८२, आइतबार  


सुनकोशी मरिन ड्राइभर्सन निर्माणमा लगानीको अभाव देखापर्न लागेको निर्माण कम्पनीका अधिकारीहरुले बताएका छन् ।

प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिले गठन गरेको उपसमितिमा आईतवार सुनकोशी मरिन ड्राइभर्सनमा भइरहेको ढिलासुस्तीबारे भएको छलफलमा रमण कन्सट्रक्सनका प्रतिनिधिहरुले सुनकोशीसहित भेरी ड्राइभसनमा लगानीको अभाव हुन थालेको बताएका छन् ।


रमण कन्सट्रक्सनका प्रतिनिधि रमण पट्टेलले बैंकहरुले आफूले गरेका परियोजनाहरुमा बैंकहरुले लगानी रोक्न थालेको भन्दै अब आयोजनाहरु अघि बढाउन समस्या पर्ने बताएका हुन्।


पट्टेलले भने– ‘सुनकोशी मरिण ड्राइभसन किन आज सुस्त गतिमा अघि बढेको भन्ने सन्दर्भमा धेरै समस्या छन् । मैले राष्ट्रिय गौरवका परियोजना लिएको छु । यो भन्दा अघि मैले ५० अर्ब भन्दा बढीको आयोजना सम्पन्न गरेको छु । आजसम्म मात्रै मैले प्रोजेक्ट फेल गरेर हात उठाएको छैन । करोडौं रुपैयाँ घाटा खाएर पनि हात उठाएको परिस्थिति छैन । घाटा नाफा हेर्दैनौं । कन्ट्रयाक्ट लिएका छौँ । लो बिल गरेरै लिएका छौं । ३२ प्रतिशत कममा ठेक्का लिएका छौं । मेरो कन्ट्रयाक्टको प्राइस र दोस्रो बिलोको प्राइज ३ अर्बको फरक थियो । अहिले बैंकहरुले फन्डिङ् रोकदिएको अवस्था छ । लगानी रोकेको अवस्थामा मेरो भेरी बबई आयोजनाको के अवस्था हुन्छ ? मेरा अन्य ३३ अर्बका प्रोजेक्टहरुको अवस्था के हुन्छ, समाधान के ? ठेक्का तोडेर समाधान हुने अवस्था त छैन ।’

सुनकोशी मरिण ड्राइभर्सनमा प्राइम कमर्सियल बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक लगायतले लगानी गरिरहेका छन् । प्रभु बैंकका प्रतिनिधि पेशल दाहालले आयोजनाका बारेमा कामको प्रगतिका बारेमा आफूहरुले हेरिरहेको बताएका छन् । आयोजनाको मोनिटरिङ गर्दै आगामी दिनका योजनाहरु समेत मागिरहेको उनले बताएका हुन् ।


दाहालले भने–‘आवश्यक परेको बेलामा हामीले आयोजनास्थलमा गएर केकस्तो प्रगति हुँदैछ, हेरिरहेका छौं । आयोजना कसरी अघि बढाउनुहुन्छ, व्यवस्थापन कसरी गरिरहनुभएको छ त्यसबारे समेत सोधखोज गर्ने गरेका छौं । चार वटा बैंकबाट ५० करोड दिने निर्णय गरिसकेको अवस्था छ । तर बैंक ग्यारेन्टी क्लेमको अवस्था आएकाले लगानी गर्न अप्ठ्यारो पर्ने अवस्था आउँदैछ ।’

उनले आलोपालो भुक्तानी बेसमा रमन कन्स्ट्रक्सनले काम गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ९ : १२ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित