२१ फाल्गुन २०८२, बिहिबार | Fri Mar 6 2026

तीनकुने हिंसाको विषयमा ज्ञानेन्द्र शाहसंग बयान लिनुपर्ने सांसदहरूको माग !


२८ चैत्र २०८१, शुक्रबार  



यही चैत १५ गते दुई जनाको ज्यान गरि भएको हिंसाको विषयमा ज्ञानेन्द्र शाहसंग बयान लिनुपर्ने सांसदहरूले माग गरेका छन् ।


शुक्रबार संसदको कानुन,न्यायतथा मानव अधिकार समिति बैठकमा उनीहरूले यस्तो माग गरेका हुन्।

तीनकुने हिंसाको योजनाकार शाह भएकोले उनलाई यश विषयमा बोलाउनु पर्ने उनीहरूले माग गरेका हुन्।संसदका न्याय तथा मानव अधिकार समितिमार्फत सोधपुछ गर्नुपर्ने कांग्रेस सांसद जीवन परियारले माग गरेका हुन्।

घटना भएको करिब १५ दिन वितिसक्दा पनि ज्ञानेन्द्र शाह मौन छन् । हिंसामा परी दुई जनाको मृत्यु र १५ करोड क्षति हँदा पनि उनी मौन छन् । समय आ यो भन्दै गद्दीमा फर्किने सपना देखेका शाह यतिबेला सरकारी नजरबन्दमा छन् ।

दुर्गा प्रसाईं समूह हिंसा भड्काएको आ रोपमा पक्राउ परेपछि राजावादी समूहको आन्दोलन थप धराशायी भएको छ। फागुन २५ गतेको भीडले हौसिएको यो समूह व्यक्ति हत्या ,लुटपाट र डकैतीमा संलग्न भए पछि चौतर्फि बदनाम भएको छ।

प्रकाशित मिति : २८ चैत्र २०८१, शुक्रबार  ४ : १३ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित