लामो समयदेखि सुनशान बनेको भैरहवास्थित गाैतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान पुनः शुरू भएको छ। आईतबारदेखि थाई एसिया एयरलाईन्सले भैरहवा–बैंकक उडान सुरु गरेको हाे।
बिहान ६ः५५ बजे थाई एसियाको विमान चालक दलका ७ सदस्य सहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।
सुरुमा परिक्षण उडानको रुपमा चालक दलका सदस्य सहित थाई एसियाको एयर बस ए ३२० गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थमा अवतरण गरेको हो । विमानस्थलका सूचना अधिकारी विनोद सिंह राउतका अनुसार यही कार्तिक २३ गतेदेखि सातामा यसको २ पटक नियमित उडानको तालिका रहेको छ ।
थाई एसियाको विमानको भैरहवामा विमानस्थलका कर्मचारी सहित सुरक्षाकर्मी, अध्यागमनका कर्मचारी र यहाँका पर्यटन व्यवसायीहरुले स्वागत गरेका थिए ।
थाइ एअर एसियाको केही दिन अघि मात्रै भैरहवा र पुन उडान काठमाडौमा पुनः उडानकाे अनुमति पाएकाे थियोे ।
भैरहवाबाट बैंकक तर्फ एकतर्फी सुरुवाती भाडादर १२ हजार रुपैयाँ रहेको जनाईको छ । एअर एसियाको यो विमान बिहान ७ः४० बजे बैंकक प्रस्थान गरीसकेको छ ।