३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

पहिलो पटक नेपालमा’स्काईवेल पाईलट समिट-२०२५’को आयोजना !


५ बैशाख २०८२, शुक्रबार  



नेपालको उड्डयन क्षेत्रको व्यवसायीक प्रवर्द्धनका लागि पहिलोपटक स्काई वेल नेपाल समिट २०२५ को आयोजना गरिएको छ।


पाईलट एशोसियन नेपालले काठमाडौको मल्ल होटेलमा समिटको आयोजना गरेको हो।विभिन्न वायुसेवा कम्पनीसँग आवद्ध रहेका नेपाली पाईलटहरु एउटै छाना मुनी संगठित हुने अभिप्रायले हालै पाईलट एसोसिएसन अफ नेपाल गठन भएको छ।

एशोसियसनमा संगठित पाईलटहरुको व्यवसायीक अभिवृद्धिसंगै तथा जनचेतना अभि माध्यमबाट नेपालको हवाई उड्ययन क्षेत्रममा सकारात्मक सन्देश प्रवाह गर्न कार्यक्रमको आयोजना गरिएको हो।


उड्डयन क्षेत्रलाई बढी विश्सनीय र भरपर्दो बनाउँदै व्यवसायीक दक्षता अभिवृद्धिलाई जोड दिन समिटको हुन लागेको आयोजकले बताएको छ। भोलि अर्थात बैशाख ६ गते शनिबार (अप्रिल १९, २०२५)का दिन मल्ल होटलमा कार्यक्रम तय भएको छ। कार्यक्रम उद्घाटन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले गर्ने भएका छन् ।

उनको प्रमुख आथित्यता यश कार्यक्रमका लागि टाईटल स्पोनसरको रुपमा स्काईवेल रहेको छ। नेपालको पहिलो रियल इभी एसयुभीले कार्यक्रमका लागि साथ दिएको हो ।

सम्झौता हस्ताक्षर समारोहमा स्काईवेल नेपालका आधिकारीक आयातकर्ता जी मोटर्स प्रालिका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले पाईलट जस्तो संवेदनशील पेशाकर्मीसँगको साथ र ऐक्यवद्धतामा समावेश हुन पाएकोमा खुशी व्यक्त गरे। उनले यात्रुको सुरक्षामा उच्चतम विन्दुको मापदण्ड अपनाउने पाईलट र स्काईवेल दुवैको उदेश्यमा मेल खाने भएकैले यो सहकार्य संभव भएको पनि चर्चा गरे।

स्काइवेल चीनमा उत्पादन भएर ६५ मुलुकमा निर्यात हुँदै आएको अग्रणी इयु प्रोडक्ट सर्टिफाईड इलेक्ट्रिक इभी हो । यसले चाईना एनक्याप सेफ्टी रेटिङमा फाईभ स्टार रेटिङ् प्राप्त गरेको छ । फाईभ स्टार एनक्याप सेफ्टी रेटिङ्को सबैभन्दा उच्चतम मापदण्ड हो । नेपालकै पहिलो पाईलट समिटको टाईटल स्पोनसरको रुपमा रहेको स्काईवेल सन् २०२५ का लागि पाईलट एसोसिएसन अफ नेपालको आधिकारीक मोविलिटी पार्टनरको रुपमा पनि चिनिनेछ ।


सम्झौतामा हस्ताक्षर गर्दै पाईलट एसोसिएसन अफ नेपालका अध्यक्ष क्याप्टेन लेखनाथ पोख्रेलले स्काईवेलले शुरुवाती चरणमै देखाएको तत्परता र विश्वासप्रति हार्दिक कृतज्ञता व्यक्त गरे। उनले भने, “यात्रुको आरामदायी सुरक्षित र भरपर्दो यात्राका लागि दुबै कम्पनीको सहकार्य अनुपम हो।”

यस समिटको अवसर पारेर पाईट एसोसिएसनको औपचारीक शुभारम्भ घोषणा समेत गरिनेछ । यसै समारोहमा सन् २०२५ भर नेपालको हवाई उड्डयनको सुरक्षा तथा संवेदनशीलताका क्षेत्रमा पाईलट एसोसिएसनले जनचेतना तथा व्यवसायीक अभिवृद्धिका लागि वार्षिक क्यालेण्डर समेत सार्वजनिक गरिने छ ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  १२ : १५ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित