२ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025

बैकर्स संघकाे अध्यक्षमा शेरचन र काेइराला भीड्दै


२७ मंसिर २०८१, बिहिबार  



नेपाल बैकर्स संघको अध्यक्ष पदका लागि सन्ताेष काेईराला र अशाेक शेरचनबीच भीडन्त हुने भएको छ।

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ)हरुको छाता संगठन नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला र अशोक शेरचनकाे भीडन्त हुने भएको हाे।

माछापुच्छ्रे बैंकका सीईओसमेत रहेका हालका उपाध्यक्ष कोइराला र प्रभु बैंकका सीइओ शेरचनले उमेद्‌वारी दिएका छन् ।

संघको १३ वर्षदेखिको परम्परा तोड्दै अध्यक्षमा शेरचनले उम्मेद्‌वारी दिएका हुन् । लामो समयदेखि संघमा उपाध्यक्षलाई नै अध्यक्ष बनाउने परम्परा छ ।

संघको ३८औं साधारण सभा आगामी पुस ३ गते बोलाइएको छ । उक्त साधारणसभाबाट आगामी नेतृत्व चयन हुनेछ ।

हाल संघको उपाध्यक्ष रहेका कोइरालाले सोमबार र शेरचनले मंगलबार अध्यक्षमा उम्मेद्वारी दिएका हुन् ।

शशिन जोशी र अशोक राणाबीच चुनाव भएयता संघमा सहमतिमै उपाध्यक्षलाई अध्यक्ष बनाइँदै आएको थियो । सहमतिमै राजनसिंह भण्डारी, उपेन्द्र पौडेल, अनिल शाह, ज्ञानेन्द्र ढुंगाना, भुवन दहाल, अनिल उपाध्याय र सुनिल केसी अध्यक्ष बनिसकेका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहिबार  ६ : १६ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित