२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

पूर्व प्रधानमन्त्री माधव नेपालको ३५ लाख धरौटी तिरिदिए, सम्धी पाण्डेले


१३ असार २०८२, शुक्रबार  


पतञ्जली जग्गा हिनामिनामा अख्तियारबाट मुद्दा खेपेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको विशेष अदालतको ३५ लाख धरौटी सम्धीले तिरिदिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेमा रहेको पतञ्जलि जग्गा प्रकरणमा संलग्नता रहेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेपछि पूर्व प्रधानमन्त्री नेपाल मुद्दा खेपेका छन् ।

बुधबारको थुनछेक बहसपछि अदालतले नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियोे । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले धरौटीमा छाड्न आदेश दिएपछि उनले धरौटी रकम बुझाएका थिए ।

सादगी र।सरल नेताका रूपमा परिचित नेपालको धरौटी रकमको चाँजोपाँजो उनका सम्धी पूर्वमन्त्री सोमप्रसाद पाण्डेले तिरिदिएको जानकारी आ एको छ।

पूर्व उद्योग मन्त्री समेत रहेका पाण्डे नेकपा एकीकृत समाजवादीका सचिव पनि हुन् । उनी पाल्पाको अर्गली निवासी हुन् । माधव नेपालको धरौटी रकमका लागि ग्लोबल आईएमई बैंक ग्यारेन्टी बसेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा संलग्नता रहेको भन्दै नेपालसहित ९३ जना व्यक्तिहरूमाथि सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको थियो । आयोगले अध्यक्ष नेपाल विरुद्ध १८ करोड ५८ लाख ५० हजार बिगो माग दाबी गरेको थियो । उनको सांसद पद पनि निलम्बित भएको छ ।

२०६६ सालमा नेपाल प्रधानमन्त्री हुँदा मन्त्रिपरिषदबाट निर्णय गरेर हदबन्दी छुटमा रहेको जग्गा खरिद गर्ने स्वीकृति दिइएको थियो। । तर पछि हदबन्दीभन्दा बढी कानुन विपरीत जग्गा बिक्री गरेको भन्दै उजुरी आएपछि अख्तियारले यसबारे अनुसन्धान अघि बढाएको थियो ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  १० : १७ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित