सुन्दर देश अनि उन्नत लोकतान्त्रिक व्यवस्था । बलिदानी पूर्ण गर्विलो इतिहास । जनताको राज्य सत्ता । राजारजौटाबाट मुक्त देश ।खाँचो थियोे इमान र जमानको राजनीति । जरुरत थियो जवाफदेही, उत्तरदायी,त्यागी र निष्ठावान राजनीतिक संस्कारको ।
आइतबार कुर्न जरुरत थिएन, देश बनाउन र सजाउन । न त कुनै वाद र दर्शन चाहिएको थियोे ।मात्रै चाहिएको थियोे इमान र जमानको असल राजनीति। उच्च नैतिकता र निष्ठा अनि समर्पणको राजनीतिक सेवा भाव ।
दुर्भाग्य, सदबुद्धि फिरेन। भ्रष्ट भयो, मति । खुलेन बुद्धिको विर्को। रमाउन थालियो,माफिया र तस्करसंग। लुटियो राष्ट्रिय श्रोत र सम्पत्ति ।मस्ति गरियो,सत्ताको दुरुपयोग गर्दै । भइयो, सत्ताको गाँजाले मैमत्त अनि लठ्ठ। औला काटिए र हत्कडी लगाइए प्रश्न गर्दा जनताको । लोकतन्त्र भनियो ,लादियो मसलतन्त्र। कर र डरमा चलाइयो प्रतिशोधी र खुनी शासन। ख्याल ठट्टा गरियो,जनताको धैर्यता र सहनशीलतालाई ।
अति भए पछि खति भने झै महाविस्फोट भयो, गएको भदौ २३ र २४ मा युवा असन्तुष्टि । हेलिकप्टरबाट भाग्नपर्यो बालुवाटार छोडेर। १० दिन नजरबन्द हुँदा पनि खुलेन चेत । गएन हिजोको अहंकारी र प्रतिशोधी अनि घृणाको आदत । खोजियो, फेरि सत्तामा फर्किने दाउँ। होेस र चेत भएन सत्ता अस्थायी हो,भन्ने कुरा। भक्तहरूले जयजयकार गरेको भरमा सबै ठीक ठाक भनियो र ठानियो।
तर, भुसको आगो झै फैलिरहेको र फैलिदैछ असन्तुष्टिको डढेलो। भदौमा ज्वार भएको आगो अहिले केही कम मात्रै हो, अझै फैलिन सक्छ।तर, निभेन अहंकारको आगो । कोशीस हुदैछ, राजनीति फत्तुर। रित्तो छ, जनविश्वास ।जताततै छ,आक्रोश ।विकल्प खोजीरहेको छ, देशले । चुलिएको छ, जनआक्रोश। निर्विकल्प र निरीह छन् ,जनता । बदला लिन चाहान्छन्, जनता र देश ठग्नेहरूसंग।
यही जटिलतामा बालेन रवि मिलन, हुदैछ यही माहोल र मागसहित । राजनीतिक पूँजी बनाउँदैछन्, बालेन रवि । लोकपृयतासंगै निर्विकल्प बनेका छन् ,उनीहरू। सत्ताको प्रतिशोधको भट्टीमा खारिएका रवि र परिवर्तनको यात्रामा कत्लेआम गरिएका पात्र हुन् बालेन। सत्ताद्वारा जबर्जस्ती किनाराकृत गराइए रवि बालेन।यद्यपि राजनीतिक र कानुनी प्रश्न छन् ,रवि र बोनमाथि । यी प्रश्न दण्डित भन्दा पनि प्रतिशोधि छन् धेरै । थाहै छ, दुनियाँ लोकलाई पनि।
गएको १५ महिनाको ओली देउवा क्रूर शासनमा ।रवि सिध्याउन र बालेन खेदाउनमै विताए, समय र वर्ष । झुकाउन र झुक्याउन सकेनन्,ओली देउवाले। सत्ता स्थायी हुन्न र थिन पनि ।भदौमा सत्ताच्यूत भए, ओली देउवा। अन्तरिम सरकार आयो, तीन महिना अघि। रिहा भए, धरौटीमा रवि। देश सकाउने र जलाउने अर्कै थिए।तर,दोष लगाइएको थियोे बालेनमाथि। कोठामा थुनेर बिरालो चुट्दा घाँटीमै झम्टिन्छ ।
यही कुराको भएन ,अक्कल भ्रष्ट शासकहरूलाई । अब बालेन रवि एकाकार भए, भ्रष्टहरूकै घाँटीमा झम्टिने गरि। गएको सोमबार ,पुस ७ गते ,सात घण्टा अनि सात तलामाथिको सम्वादले हल्लियो सानेपा र गुण्डु।
यस्तो परिस्थिति बन्ने पृष्ठभूमिको मुख्य कारक हुन्,गुण्डु र सानेपाका मठाधिशहरू ।
यद्यपि पुराना दलका नेता देउवा ओलीसंग राजकाजको अनुभव र ज्ञान छ। त्यो ज्ञान र अनुभव उनीहरूले देश बनाउन होइन प्रयोग गरे देश बर्बाद पार्न। त्यसैका नतिजा हो, उनीहरूलाई घिनाउँदैछ, नयाँ पुस्ताले। विरासतको गौरवले भारी बोक्न सक्तैन भविष्यको।
दोहोरिन्न इतिहास र अवसर। ठाउँ छैन, सच्चिने अब पुग्ने हो आर्यघाट ।छैन कुनै सम्भावना चलाउने फेरि राजकाज। बाकेर भ्रष्टाचार र नरसंहारको भारी ।विश्वास गर्नेछैनन् ,अब जनताले फेरि ।
जो प्रधानमन्त्री भए पटकपटक । जति पटक प्रधानमन्त्री भए , लुटियो र चेथरियो देश त्यतिपटक। ३६ वर्षदेखि अनवरत लुटियो देश।वाक्क दिक्क थिए र छन् जनताको उनैको भ्रष्ट अनुहार देखेर ।गणतन्त्रको यो शासन व्यवस्थामा छ, देश ।बलात्कार गरिरहे नरभक्षीहरूले । विचार र वादले सकेन जनतालाई दिन दालभात। दियो,बरू भ्रष्ट र सकुनी शासन।यही पृष्ठभूमिमा बन्यो,रवि बालेनको ऐतिहासिक एकता ।
छन त छैन रवि बालेनसंग लामो राजनीतिक अनुभव ।तर,देश बनाउने छ, हुटहुटी र जिउँदो सपना।उनीहरूको अग्रसरता अब असन्तुष्टिको कारण मात्रै रहृेन, बन्यो अपरिहार्यता र निर्विकल्प ।राजनीतिको परीक्षामा फेल भएकाहरू भए अब असान्दर्भिक । असफल पात्र बोक्न र थेग्न सक्दैन देशले। भ्रष्टाचारले डामिएका र नरसंहारको रगतले लत्पतिएकाहरू जानेछन् झ्यालखानामा ।खोजेका छन् जनताले यही कुरा। जनतालाई अहिल्यै जरूर छैन, रेल र पानी जहाज । चाहिएको छ,सजिलोसँग सरकारी सेवा र सुशासन । अनि भ्रष्टहरूको समूल अन्त्य ।
यही चुनौति हुनेछ, रवि बालेनलाई। सम्भव छ, चुनौति बीच पनि लक्ष्य र उदेश्य हासिल गर्न पनि । किनकि नैतिकता र इमानमा असाधारण हुन्छ अजय र अद्भुत शक्ति ।
यद्यपि ,एउटा तर्क छ, आक्रोशको परिणाम हो, रवि र बालेनहरूको उदय । यो पनि हो सत्य तर्क ।तर, मुल सत्य अब पुरानाको विदाइ र नयाँको जरुर आगमन । नौला होईनन्, रवि बालेन। जनअनुमोदित भएका हुन् यही लोकतान्त्रिक व्यवस्थामा । सानो अवसरले स्थापित भएका हुन् लोकपृय पात्र। भारी मतले अनुमोदन गरेका हुन् जनताले ।त्यो पनि अत्यधिक मतले। यही कारण लोकपृय छन् उनीहरू ।
अपितु राजकाज चलाउने होईन,सजिलो विषय । घरेलुु राजनीतिदेखि अन्तर्राष्ट्रिय सम्बन्धका छन् ,जटिल प्रश्न । अर्थतन्त्रदेखि उत्पादन र रोजगारी छन् मुख्य चुनौति । यसको पुराना सक्षम थिए खोजिएको होईन, भन्न। उनी सिद्ध भए असफल ।त्यसैको जगमा बन्यो जटिल स्थिति । यहि जटिलता भित्रको प्रश्नको जवाफ दिने मुख्य हतियार हुन्, नैतिकता ,ईमानदारीता र जवाफदेहीता ।
पुराना भनिएका दलमा कहिल्यै देखिएन,इमानदारीता र जवाफदेहिता । भ्रष्ट आचरण र गैरजिम्मेवारीले जनतामा चुलियो असन्तुष्टि । यहि असन्तुष्टिको जगमा निर्माण भयो,रवि बालेन एकता। यही एकताले जनतामा गर्यो आशाको अंकुरण। यो आशाको दीयो भ्रष्टहरूलाई काउन्टर दिन मात्रै नहोस्, अप्नाइयोस्, पुस्ताका लागि नीति, थिति र विधि। राज्य संचालन चल्दैन भावनाले । राज्य चल्ने योजनाले हो।भ्रष्टाचार विरोधी अभियान भावना हो, कठोरता हो, यसको कार्यान्वयनको पाटो ।
व्यवस्थाप्रति छैन,विमति ।मुल समस्या हो, अवस्था ।बदल्न अवस्था चाहिन्छ राजकाजको ठोस योजना र कार्यनीति । के हो र कस्तो हुनेछन् अबको यही हो यक्ष प्रश्न । निर्वाचन जित्न साथ हुन्छ, जनताको । सिंहदरबार पुराउछन् जनताले। बल्ल शुरू हुन्छ अग्नि परीक्षा ।
किनकि निर्वाचन जितिन्छ भावना र योजनाले।तर,राजकाजमा भावना र उत्तेजनाको हुदैन काम । चाहिन्छ विवेक र विनय। खोजिन्छ, संयमता र सहनशीलता अनि दूरदर्शिता । असफल भए पुराना दल । कारण थियो ,असहिष्णु, अधैर्यता र अराजकताको कार्यशैली र प्रस्तुति । दोहोरिन दिनु हुन्न ओली प्रवृत्ति । जसले खरानी बनायो आज देश।
सुझबझ र योजनासहित जरुरी छ, रवि बालेन एकता। तय हुनुपर्छ कम्तीमा दुई दशकको गन्तव्य । विवाद नहोस्, पद र प्रतिष्ठाको । पक्का होस् वचन र व्यवहारको । ऐठनमा छ,देश। निरस छन् जनता ।
उठाउन देश र जगाउन जनता ।रवि बालेन एकतामा कतै नलागोस्,ठेस। नबनोस् पुरना र नयाँ उस्तै हुन् भन्ने भाषाभेष। शान्ति र समृद्धिको अवस्य छाउने उषाकिरण र परिवेश। लाग्नेछ, उज्यालो घाम अनि गर्नेछौं गौरवको मातृभूमि, हाम्रो देश।








