सासु बुहारीको कथामा आधारित प्रिमियम सिरिज ओ ! ‘सासुजी’ अब टेलिभिजनमा प्रसारण हुने भएको छ । हिन्दु महिलाहरुको महान पर्व तिजको पावन अवसर पारेर सिरिज भाद्र २१ गते शुक्रबारदेखि न्यूज नेपाल टेलिभिजनबाट प्रसारण हुन लागेको हो ।
ओ ! सासुजी सिरिज टेलिभिजनमा साँझ ७ः१५ बजेदेखि र ओएसआर डिजिटलको युट्युव च्यानलबाट राति ८ः१५ बजे प्रसारण हुने निर्देशक समिर जोशीले बताए । बिनभ क्रियसनको प्रस्तुति रहेको यश प्रिमियम सिरिजको निर्देशन समिर जोशी र लेखन सुरेन्द्र रानाको रहेको छ ।
विना जोशी निर्मात्री रहेको यस सिरिजमा सासु पनि आमा सरह र बुहारी पनि छोरी सरह हुन् भन्ने सामाजिक सन्देशमूलक कथा रहेको निर्देशक जाेशीले बताए ।
कथामा बुहारीलाई गरिने माया-प्रेम र बुहारीले सासुलाई गर्ने आदर- सम्मान,आत्मियता त्याग र समर्पणको कथा रहेको छ। यश प्रिमियम सिरिज हास्यव्यङ्ग्य शैलीमा आधारित रहेको छ ।
सिरिजमा अर्को पाटो हाल आर्थिक मन्दीले गर्दा विज्ञापन व्यवसायको प्रतिस्पर्धाले आफ्नो व्यवसाय कसरी बचाउने भन्ने कथा पनि रहेको छ ।
प्रिमियम सिरिज ओ ! ‘सासुजी’को छायाकंन जीवन श्रेष्ठ गरेेेका छन्भ,ने सम्पादन सुनिल श्रेष्ठ र संगीत विरेन शाक्यको रहेको छ । त्यस्तै ग्राफिक्समा दुर्गेश रंजितकार र प्रचारप्रसार निर्देशन प्रबल प्रधानकाे रहेको छ ।
विश्वराम हापुको श्रींगार रहेको उक्त प्रिमियम सिरिज ओ ! सासुजीमा कलाकारहरु बिन्दा खतिवडा, दिक्पाल कार्की, विनोद पौडेल, चिरिबाबु महर्जन,सुस्मिता बुढाथोकी, बाबुराजा मानन्धर, साङ्गे शेर्पा, राम कार्की लगायत रहेका छन् । नायीकाद्वय संगम शर्मा र युजिन श्रेष्ठले सिरिजमार्फत पर्दापन गरेका छन् । साङ्गे शेर्पा यो सिरिजको निर्माण नियन्त्रक हुन्।