५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

दीपशिखा माध्यमिक विद्यालय घोराही दाङद्वारा प्रधानमन्त्री राहत कोषमा तीन लाख सहयोग !


१६ भाद्र २०८३, मंगलबार  


दाङको घोराही स्थित दीपशिखा माध्यमिक विद्यालयले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा आर्थिक सहयोग गरेको छ।

विद्यालयले कार्यरत शिक्षक, कर्मचारी तथा विद्यालय परिवारको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो।

विद्यालयले अप्ठ्यारोको यो बेलामा एकअर्काको सारथी बन्नु नै मानवीय धर्म होस हाम्रो यो सानो माया र सहयोगले पीडितहरूको जीवनमा केही सहजता ल्याउनेछ भन्ने अपेक्षा गरेको छ ।

समाजमा आइपरेको यस विपद्को घडीमा आफ्नो संस्थागत एवं सामाजिक उत्तरदायित्व बहन गर्दै विद्यालय परिवारको तर्फबाट यो हातेमालो गरेको
विद्यालयको भनाइ छ।

साथै संकटको यस कठिन परिस्थितिबाट प्रभावित सम्पूर्ण नागरिकहरूमा धैर्य धारण गर्ने शक्ति मिलोस् र छिट्टै जनजीवन सामान्य बनोस् भन्ने कामना गरिएको छ।

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलबार  ७ : १९ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित