३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025

सिटिजन्स माेबाइल बैंकिङ एपमार्फत सेयर आवेदन र सीआरएन नम्बर !


५ पुस २०८१, शुक्रबार  


सिटिजन्स बैंकले अब मोबाईल बैंकिङ एपमार्फत सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधाको व्यवस्था गरेको छ ।

बैंकले सिडिएस एण्ड क्लियरिङ लिमिटेडको अनुमतिमा नेपालमै पहिलो पटक सिटिजन्स बैंकले मोबाइल बैंकिङ एपमार्फत यश प्रकारकाे सेवा लिन सकिने व्यवस्था मिलाएको हो ।

सिटिजन्स मोबाइल बैंकिङ एपमार्फत ग्राहकहरूले सिधै आइपीओ/एफपीओ/राइट सेयरलगायतका लागि आवेदन दिन सक्ने भएका छन् ।

यस्तै सीआरएन नम्बरको लागि समेत आवेदन दिन सकिने बैंकले जानकारी दिएको छ । ग्राहकहरूलाई अझ सरल र प्रभावकारी सेवा प्रदान गर्न यस व्यवस्थाले ठूलो भूमिका खेल्नेछ र यसले कर्मचारीको कार्य दक्षता र ग्राहक सन्तुष्टिमा महत्वपूर्ण सुधार ल्याउन सक्ने बैंकले जानकारी दिएको छ ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  २ : १९ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित