३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

अमेरिकी राष्ट्रपतिमा डाेनाल्ड ट्रम्प निर्वाचित


२१ कार्तिक २०८१, बुधबार  



अमेरिकी राष्ट्रपतिमा डाेनाल्ड ट्रम्प विजय भएका छन् ।उनी २९७ इलेक्ट्रोल कलेजनमा विजय हासिल गरेका हुन्।

डेमोक्र्याटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस २४१ ईलेक्टाेल मतसहित पराजित भएकी हुन्। ट्रम्प अब ४ वर्षका लागि अमेरिकाको ४७ औ राष्ट्रपतिको रुपमा निर्वाचित भएका हुन्। यस अघि उनी सन् २०१६ मा चुनाव जितेर ४ वर्ष राष्ट्रपति बनेका थिए । उनी सन् २०२० मा राष्ट्रपतिको उम्मेदवार बने पनि हालका राष्ट्रपति जो बाईडेनसँग पराजित भएका थिए। अब भने उनी आगामी ४ वर्षको लागि राष्ट्रपति रहने छन् । उनको सपथ भने सन् २०२५ को जनवरीमा हुने छ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  ५ : २१ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित